२०८२ माघ २६ गते, सोमबार १२:१७

पुरूषोत्तम न्यौपाने पोखरामा हुने एकल सांगीतिक साँझमा गुञ्जिने

काठमाडौं । वरिष्ठ लोक तथा दोहोरी गायक पुरूषोत्तम न्यौपाने एकल सांगीतिक साँझमा गुञ्जिने भएका छन् । चैत २२ गते पोखरामा आयोजना हुने ‘पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ’मा उनले प्रस्तुति दिनेछन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा न्यौपानेले आफ्ना चर्चित गीतलाई लाइभ बाजामा प्रस्तुत गर्नेछन् ।

अपरान्ह ३ बजेदेखि सुरू हुने कार्यक्रममा न्यौपानेसँग सहकार्य गरेका केही चर्चित गायिकाले समेत प्रस्तुतिमा साथ दिनेछन् । कार्यक्रमको लागि आयोजक दोहोरीगीत प्रतिष्ठान तयारीमा जुटेको अध्यक्ष रीता थापा मगरले बताइन् ।

प्रतिष्ठानले गत वर्षदेखि एकजना अग्रज लोकदोहोरी कलाकारको सांगीतिक साँझ आयोजना गर्न सुरू गरेको हो । पहिलो कार्यक्रम काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको सांगीतिक साँझ आयोजना गरिएको थियो ।

प्रतिष्ठानकी अध्यक्ष मगरले संस्थाको नारा नै ‘अग्रजलाई सम्मान, नयाँ-प्रतिभालाई प्रोत्साहन’ रहेको बताउँदै अग्रजको सम्मानका लागि यसरी सांगीतिक साँझ कार्यक्रम गरिएको बताइन् ।

‘गत वर्षको कार्यक्रममार्फत हामीले केही हदसम्म सम्मान दिन सक्यौं जस्तो लाग्छ,’ उनले भनिन्, ‘यसपालिको कार्यक्रम पनि त्यस्तै भव्य हुने विश्वास छ ।’ गायक न्यौपाने ३ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् ।

हजारभन्दा बढी गीतमा स्वर दिएका उनका ‘घामजस्तो चम्किलो जुन हुँदैन, सररर पानीघट्टामा, रून्छ नि मन किन रूँदैन, मिर्मीमुनी काली थुनेको, ढुंगेधारामा, झिलझिल सितारा, देउरालीमा धजा’ आदि गीत चर्चित छन् ।

गायक न्यौपाने पोखरा बसेर सांगीतिक यात्रालाई अगाडि बढाइरहेका छन् । सोही कारण पनि यसपालि काठमाडौंमा नभएर पोखरामा सांगीतिक साँझको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । न्यौपाने दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्षसमेत हुन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM