२०८२ माघ २८ गते, बुधबार ०५:३९

रोङ गाउँपालिकामा १ सय २१ ‘गुरु किसान’ घोषणा

इलाम । रोङ गाउँपालिकाले बुधबार एक समारोहका बिच १ सय २१ जनालाई ‘गुरु किसान’ घोषणा गरेको छ । गाउँपालिका भित्रका करिव पाँच हजार किसानहरुबाट अगुवा किसान छनौट गरि ‘गुरु किसान’ घोषणा गरेको गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो (सुवास)ले बताउनु भएको छ ।

कार्यक्रममा गाउँपालिकाकाे वडा नं. ५ इरौटारमा स्थापना भएको कृषि प्रशोधन उद्योगको उद्घाटनसँगै छनौट भएका एक सय २१ गुरु किसानलाई गाउँपालिकाले मागमा आधारित सेवा प्रधान गर्ने घोषणा गरेको छ ।

कृषि तथा पशुपन्छी बिकास मन्त्री राम प्रसाद अधिकारी, तथा कोशी प्रदेश उधोग कृषि तथा सहकारी बिकास मन्त्री खगेन सिंग लिम्बू र गाउँपालिका अध्यक्षले गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको उद्घाटन गर्नु भएको हो ।

कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न र उत्पादनमा प्रतिस्पर्धा गराउन गुरु किसान छनौट गरी गुरु किसान परिचय पत्र वितरणसमेत गरिएको छ । थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्ने किसानलाई गुरु किसानका रुपमा छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।

क्रमशः गुरु कृषक थप गर्दै लैजाने गाउँपालिकाको लक्ष रहेको गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो (सुवास)ले जानकारी दिनुभयो । उहाँका अनुसार गुरु किसान ब्यवस्थापन कार्यविधि २०८० जारी भएको छ । सोही अनुरुप कार्यक्रम अगाडी बढाइएको हो । गाउँपालिकाका कम्तीमा तीन सय गुरु किसान प्रबर्द्धन गर्ने अध्यक्ष स्याङ्बोको भनाइ छ ।

कार्यविधिमा तोकिएका मापदण्ड पूरा गरेपछि मात्र किसान ‘गुरु किसान’ सूचीमा दर्ता हुनेछ्न । गुरु किसानका लागि पालिकाले वर्षमा एकपटक वा आवश्यकताअनुसार सूचना जारी फम खुलाउने छ । मापदण्ड पूरा गरेकाले मात्रै आवेदन दिन पाउनेछन । पालिकाले आवेदन अध्ययन गरी ‘गुरु किसान’ घोषणा गर्ने जनाइएको छ ।

जुन उत्पादनमा गुरु किसान हुने हो, कम्तीमा तीन वर्षदेखि त्यही खेतीमा आबद्ध भएको , वार्षिक आम्दानी, रोजगारी सिर्जना र सहकार्यलगायत दर्जनौँ मापदण्ड पूरा गर्नु पर्ने हुन्छ ।

‘उत्पादन, प्रशोधन र बजारको तीन खम्बे रणनिति लिइएको छ ।’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भन्नुभयो । प्रशोधनमा निजि क्षेत्रलाई प्रवद्धन गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ ।

गाउँपालिका भित्रका ६ वटै वडाका किसान छनौट गरेर वडास्तरीय अभिमुखीकरण समेत प्रदान गरिएको छ । पालिका छनौट भएका ‘गुरु किसान’ ले गाउँमा आइपरेका कृषिका समस्या समाधान गर्न समेत भूमिका खेल्ने पालिकाको कृषि सेवा शाखाले जनाएको छ ।

पहिलो चरणमा एक सय २१ जना किसानलाई गुरु किसान छनौट गरिएको छ । संघीय सरकार अन्तर्गत योजना आयोगको पाँच करोड बिशेष अनुदानबाट तीन वटा उद्योग स्थापना गर्न लागिएको छ । सबैभन्दा पहिला स्थापना भएको कृषि प्रशोधन उद्योगको बुधबार नै उद्घाटन गरिएको हो । अन्य दुईवटा उद्योग निर्माणाधिन अवस्थामा रहेका छन् ।

संघीय सरकारको अनुदानबाट करिव ७० लाख लागतमा कृषि प्रशोधन उद्योगको भवन निर्माण गरिएको छ । त्यस्तै करिव ४० लाख लागतमा औजार खरिद गरिएको गाउँपालिकाका लेखा अधिकृत मनिस भट्टराईले जानकारी दिनुभयो । यहाँका ब्यवसायिक र निश्चित मापदण्ड पुरा गर्ने किसानहरुबाट गुरु किसान छनौट गरिएको हो ।

कृषि पेसाबाट किसान पलायन हुन नदिन यो कार्यक्रम ल्याइएको जनाइएको छ । गाउँपालिकामा बिशेष गरेर अलैँची, चिया, कफी, अदुवा, सुपारी, बेसार, सुन्तला उत्पादन हुन्छ । गाउँपालिकाले सिस्नोको चिया समेत उत्पादन गर्दै आएको छ । गाउँपालिकाले रोङ गुन्द्रुक, रोङ मह, रोङ बेसार, रोङ तिते करेला ब्राण्डिङ गरेर बजारीकरण गरिरहेको छ । कृषिमा रोङले नमुना कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM