२०८२ माघ २६ गते, सोमबार १०:४४

राजावादीको प्रतिवादमा एमालेका चार योजना, देशैभरि जनपरिचालन निर्देशन

७ चैत, काठमाडौं । राजावादी गतिविधि बढेपछि सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले पनि प्रतिवाद–शक्ति प्रदर्शनमा उत्रने भएको छ ।

गत ४ चैतको सचिवालय बैठकले गणतन्त्रको पक्षमा शक्ति–प्रदर्शनको निर्णय गरेको थियो । सोही बमोजिम केन्द्रीय कार्यालयले प्रतिवादका मूलतः चार कार्यक्रम तय गरेको छ ।

जसअनुसार जनप्रदर्शनबारे निर्णय आज सार्वजनिक गरिएको छ । महासचिव शंकर पोखरेलले जिल्ला अध्यक्ष र इन्चार्ज एवं प्रदेश अध्यक्ष र इन्चार्जहरूको भर्चुअल बैठक राखेर जनपरिचालनबारे निर्णय सार्वजनिक गरेका हुन् ।

जनपरिचालन

सार्वजनिक कार्यक्रम अनुसार ११ चैतमा देशभरका सबै वडामा जनप्रदर्शन हुनेछ । महासचिव पोखरेलले पार्टीको जरा अभियानलाई जनपरिचालनमा रुपान्तरण गर्न निर्देशन दिएका छन् । ‘जरा अभियानका कार्यक्रमहरू अब परिचालनतिर केन्द्रित हुनेछ’, महासचिव पोखरेलले भनेका छन् ।

१८ चैतमा जिल्ला–जिल्लामा जनप्रदर्शन हुनेछ । काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रूपन्देही, पर्सा र झापामा भने त्यसदिन मोटरसाइकल र्‍याली निकालेछ ।

जनपरिचालनको तेस्रो कार्यक्रम प्रदेश स्तरीय हुनेछ । २४ देखि ३० चैतसम्म धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभा हुनेछ । राजधानी उपत्यकामा पनि सभा हुने, तर मितिपछि तोकिने निर्णय सार्वजनिक गरिएको छ ।

खोटाङ एमालेका अध्यक्ष देवविक्रम राईका अनुसार महासचिव पोखरेलले प्रतिवाद अभियानका क्रममा लोकतान्त्रिक गणतन्त्रले ल्याएको परिवर्तनका तथ्यहरू प्रस्तुत गर्न निर्देशन दिएका छन् ।

‘पञ्चायतका बेला र अहिलेको नेपालका तथ्यहरू जनतासम्म लैजानुहोला । मानव विकास र भौतिक पूर्वाधारमा भएको परिवर्तनबारे बताउनुहोला’, महासचिव पोखरेलको निर्देशन थियो ।

अग्नि खरेललाई प्रधानमन्त्रीको विज्ञ सल्लाहकार नियुक्त गर्नुको उद्देश्य नै गणतन्त्र पक्षधर शक्तिहरूबीचको सम्बन्ध नजिक राख्न समेत रहेको नेताहरू बताउँछन् ।

जनतासम्म लैजान भनेर केही तथ्यहरू समेत महासचिव पोखरेलले नेताहरूसँग शेयर गरेका थिए । जस्तो– पञ्चायत रहँदासम्म जीडीपी ३ खर्ब ३३ अर्ब थियो भने अहिले ५३ खर्ब पुगेको छ ।

०४६ सालसम्म प्रतिव्यक्ति आय १८५ डलर थियो भने अहिले १४१० पुगेको छ । निरपेक्ष गरिबीको रेखा मुनि रहेका जनता ४९ प्रतिशत रहेकोमा अहिले १५.६ प्रतिशतमा झरेको छ । ०४६ सालमा ७ हजार ३२० किमी सडक रहेकोमा अहिले १ लाख किमी नाघिसक्यो ।

गणतन्त्र पक्षधरबीच सहकार्य

राजावादी गतिविधिको प्रतिवादमा एमालेले गणतन्त्र पक्षधरको ध्रुवीकरण–एकतालाई दोस्रो कार्यक्रमका रूपमा अगाडि बढाउने भएको छ । नेताहरूका अनुसार विपक्षीमा रहेका नेताहरूसँग सम्वाद गरेर गणतन्त्र पक्षधरको कित्ता निर्माणको प्रयास हुनेछ ।

एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधर नेताहरूको बैठक राख्न खोजिरहेका छन् । ‘प्रधानमन्त्रीले प्रचण्डसँग संवाद गर्ने प्रयास गरिररहनुभएको छ, संवादपछि गणतन्त्र पक्षधरबीच एउटा साझा बुझाइ निर्माण हुन्छ’, ती नेता भन्छन् । टीआरसीबारे छलफल थालेरै प्रमुख प्रतिपक्षी माओवादीसँग सम्बन्ध नजिक हुने बुझाइका साथ प्रधानमन्त्रीले यस्तो प्रयत्न गरिरहेका हुन् ।

अग्नि खरेललाई प्रधानमन्त्रीको विज्ञ सल्लाहकार नियुक्त गर्नुको उद्देश्य नै गणतन्त्र पक्षधर शक्तिहरूबीचको सम्बन्ध नजिक राख्न समेत रहेको नेताहरू बताउँछन् ।

विपक्षी सभालाई समर्थन

राजावादी गतिविधिविरुद्ध प्रतिवादको तेस्रो योजनामा एमालेले समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शनलाई बल पुर्‍याउने नीति लिएको छ । माओवादी नेतृत्वको समाजवादी मोर्चाले १५ चैतमा राजधानी उपत्यकामा सभा आयोजना गरेको छ ।

उक्त सभालाई बल पुग्नेगरी एमाले शक्ति परिचालित हुने नेताहरू बताउँछन् । ‘त्यो सभा विपक्षीहरूले गर्ने हो, तर हामीले त्यसलाई एकप्रकारले सहयोग नै गरेर जानेछौं’, स्थायी कमिटीका एक सदस्य भन्छन् । यस्तै प्रकृतिको मेलमिलाप दलहरूबीच अघिल्लो वर्ष पनि देखिएको थियो ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले १२ बुँदे पक्षधर दलहरूको बैठक राखेर अघोषित सहकार्यमा एमालेले जनप्रदर्शन गरेको थियो । राजतन्त्र फर्काउने भनेर ७ मंसिर २०८० मा दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौंमा प्रदर्शन गरेको थियो । त्यसैदिन प्रतिवादमा एमालेको प्रदर्शन भयो, र यसमा तत्कालीन सत्तारुढको सहमति थियो ।

अन्तरक्रिया–वकालत

एमालेको चौथौ कार्यक्रम भने बुद्धिजिवी र नागरिक समाजसँग अन्तर–सम्वाद हुनेछ । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा माहोल बनाउन नागरिक समाजसँग केन्द्र र जिल्ला स्तरमा अन्तर सम्वाद गर्न एमालेले पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

‘समाजका सचेत पंक्तिसँग हुने बहसले गणतन्त्रको पक्षमा माहोल बन्छ । त्यसै अनुसार पार्टीले ल्याएको कार्यक्रम हामीले मातहतको कमिटी मार्फत कार्यान्वयनमा लैजादैछौं,’ एमाले बागमती प्रदेश उपसचिव भक्तकुमारी लामा भन्छन् ।

सडकसँगै संसद्‍मा पनि गणतन्त्रको पक्षमा नेताहरूले वकालत गर्ने योजना एमालेले बनाएको छ । जसअनुसार संसद्‍मा सत्ता साझेदार नेपाली कांग्रेस सहित दलका नेताहरूले सम्बोधन गर्ने सहमति जुटेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM