२०८३ जेष्ठ ३ गते, आईतवार ०९:५६

पोखरा महानगरका अधिकृत गिरी २५ हजार घुससहित पक्राउ

७ चैत, पोखरा । कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बिहीबार दिउँसो गिरीलाई न्युरोडबाट नियन्त्रणमा लिएको हो ।

उनलाई नगद २५ हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका उपसचिव राकेश पाण्डेले बताए ।

पोखरा महानगरपालिकामा अख्तियारसम्बन्धी उजुरीको जवाफ दिने शाखामा कार्यरत उनी आयोगले सोधेका प्रष्टीकरणसँगै प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उत्तर पठाउने काम गर्थे ।

उपसचिव पाण्डेका अनुसार यही क्रममा उनले अख्तियारमा विभिन्न व्यक्तिको नाममा कृत्रिम उजुरी तयार पारी उजुरी परेको छ भन्दै उनीहरूलाई सम्पर्क गरेर मिलाउन रकम माग्ने गरेका थिए ।

एक लाख रुपैयाँ माग गरेको सूचनाको आधारमा कारबाही गर्दा २५ हजार रुपैयाँ नगदसहित गिरीलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM