२०८२ माघ २९ गते, बिहीबार २१:२९

तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

६ चैत, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका—३ मा रहेको गोरखनाथ सामुदायिक वनमा लागेको आगो फैलँदै चिसापानी सामुदायिक वन हुँदै गजराम पर्वत मुनि पुगेको छ ।

आइतबार रातिदेखि लागेको आगो बुधबार बेथानचोक गाउँपालिकाको ३ र ५ नं वडाको सिमानामा रहेको पर्यटकीय क्षेत्र गजराम पर्वत मुनि पुगेको छ । आगो नियन्त्रण्ममा नआउँदा तल्ला भेगमा रहेका हर्क भन्ज्याङ र थली डाँडाका बस्ती जोखिममा परेका छन् ।

आइतबार रातिको समयमा डढेलो लागेको कारण तत्कालै सम्भव नभएपछि सोमबार बिहानबाट नियन्त्रणको प्रयास गरिए पनि बुधबार रातिसम्म पनि नियन्त्रणमा नआई आगो झन् धेरै फैलँदै गएको छ ।

सोमबारदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी लगायत स्थानीयको सक्रियतामा डढेलो नियन्त्रणको प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको बेथानचोक गाउँपालिका–३ का अध्यक्ष कुबेर ढकालले जानकारी दिए ।

नेपाली सेना, बेथानचोकमा रहेको प्रहरी टोली, सशस्त्र प्रहरीको टोलीले स्थानीयसँग मिलेर हुर्का भञ्ज्याङको मानवबस्तीलाई डढेलोबाट जोगाउन एन्टिफायरिङ गराएर फर्किएको थियो । एन्टी फायरिङ गरिए पनि बस्तीसम्म आगो आउन सक्ने वडाध्यक्ष ढकालले जानकारी दिए ।

हावाहुरीका कारण पूर्ण नियन्त्रणमा लिनसक्ने अवस्था नरहेकोले सचेत र सावधानी अपनाएर बस्न स्थानीयबासीलाई आग्रह गरिएको छ । डढेलो लागेको ठाउँमा निकै सुक्खा र पानीको अभाव रहेकाले आगो निभाउन कठिन भएको छ ।

करिब १ सय ९३ हेक्टर क्षेत्रफल रहेको गोरखानाथ सामुदायिक वनको करिब ९ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्‍याएको अनुमान गरिएको छ । बोल्देबाट फैलिएको डढेलो सोमबार हर्कभञ्ज्याङसम्म पुगेको र हाल गजराम पर्वतमुनि आगलागी भैरहेको स्थानीय कमल नेपालले जानकारी दिए ।

हावाहुरीका कारण डढेलो फैलिँदै थलीडाँडा, च्याल्टी तथा यसअघि आगलागी भएको नारायणस्थानको वनमा समेत पुग्ने जोखिम देखिएको छ । थलीडाँडा र हर्कभञ्ज्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको छ भने डढेलो च्याल्टीतर्फ फैलिँदै गयो भने मानवबस्ती जोखिममा पर्छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले केही स्थानमा फायरलाइन बनाए पनि आगोको जोखिम बढ्दै गइरहेको छ । मंगलबार सेना र प्रहरीले च्याल्टीको चिसापानी सामदायिक वनको सिमाना, थलीडाँडा र हर्कभञ्ज्याङमा फायरलान बनाएका छन् ।

त्यस्तै, स्थानीयले पर्यटन विभागको सहयोगमा बनेको बास बस्न मिल्ने, उड्न हाउसको संरक्षणको लागि फायर लाइन बनाइएको थियो ।

डढेलोका कारण वरपरको क्षेत्रमा धुवाँ र तुवाँलोले वातावरण प्रदूषित हुँदै गएको स्थानीयबासीको भनाइ छ । डढेलोको कारण जनजीवन प्रभावित सँगै बस्ती समेत धुवाँले भरिएको र श्वास फेर्न र आँखा चिलाउने समस्या बढेको स्थानीयको गुनासो छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM