२०८२ माघ १ गते, बिहीबार ०८:२२

सिंगापुर र मलेसियासँगको खेल : नतिजा भन्दा प्रदर्शनमा केन्द्रित

अष्ट्रेलियन प्रशिक्षक म्याथ्यु रोस मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।

५ चैत, काठमाडौं । नयाँ प्रशिक्षक, तीन नयाँ खेलाडी, एसियन कप छनोटको अन्तिम चरणको सुरुवात अनि साफ च्याम्पियनसिपको तयारी लक्ष्यसहित नेपाली फुटबल टोली मंगलबार सिंगापुर प्रस्थान गरेको छ ।

अष्ट्रेलियन प्रशिक्षक म्याथ्यु रोस मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । उनको प्रशिक्षणमा नेपालको पहिलो खेल यही चैत ८ गते (मार्च २१) मा सिंगापुर विरुद्ध हुनेछ ।

सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको अन्तिम चरणको छनोटको पहिलो खेलमा नेपालले चैत १२ गते (मार्च २५) मा मलेसियासँग खेल्दैछ । त्यसैको तयारी स्वरुप नेपालले सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

दुई साताअघि नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका रोसले किरण चेम्जोङको कप्तानीमा आफ्नो पहिलो टोली घोषणा गरेका थिए । जसमा उनले तीन नयाँ अनुहारलाई मौका दिएका छन् । गोलकिपर अन्जल श्रेष्ठसहित डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी पहिलो पटक सिनियर टिममा परेका हुन् ।

उत्साहित म्याट रोस

म्याट रोस पहिलो पटक कुनै पनि राष्ट्रको पुरुष राष्ट्रिय टिम सम्हाल्दै छन् । त्यसले पनि उनी निकै खुशी र उत्साहित देखिएका छन् । त्यति मात्र होइन नेपाली फुटबलको क्रेज र नेपालको फुट ट्यालेन्ट देखेर पनि उनी उत्साहित छन् ।

अब नेपालको प्रशिक्षकको रुपमा सिंगापुरविरूद्धको पहिलो खेललाई लिएर पनि उनी उत्साहित छन् । ‘म फ्राइडे नाइट (शुक्रबार रात)को प्रतिक्षामा छु’ उनले भने । आउँदो शुक्रबारको नेपाल र सिंगापुरबीचको मैत्रीपूर्ण खेलबाट प्रशिक्षक रोसले पनि आफ्नो सिभिमा नेपालको प्रशिक्षक पद थप्नेछन् । उनले यसलाई आफ्नो सपना पूरा भएको पनि बताएका छन् । ‘मेरो लागि ड्रिम कम ट्रयु हो । राष्ट्रिय टिमलाई लिड गर्दै विदेशमा गएर खेल्नु।’

पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको नेपालले अबको एक साताभित्र दुई महत्वपूर्ण खेल खेल्दैछ ।

उनले फुटबलमा नतिजा हेरिने भएकोले आफ्नो लागि दबाब पनि रहेको बताए । ‘अफ कोर्स, यो प्रेसर हो । अन्तर्राष्ट्रिय फुटबलमा रिजल्ट हेरिन्छ । शुक्रबार रातपछि फरक अवस्था हुन्छ । म उत्साहित पनि छु’ उनले भने ।

उनले यसअघि अधिकांश समय महिला टिमको प्रशिक्षण भएर काम गरेका थिए । पहिलो पटक पूर्ण राष्ट्रिय टिम हेर्न पाउँदा रोस उत्साहित छन् ।

‘म टिमलाई लिएर एकदमै उत्सहित छु । मैले नेपालको टिम सम्हाल्नुअघि धेरै कुरा सुनेको थिएँ । तर खेलाडीको एटिट्युड, कमिटमेन्ट र प्रोफेशनालिज्म उत्कृष्ट छ । कुनै अनुशासनको समस्या छैन । खेलाडी राम्रो छ । राम्रोसँग प्रशिक्षण गरे । शतप्रतिशत कमिटमेन्ट थियो । अब दुई खेल कसरी खेल्ने धन्नेमा केन्द्रित छौं’ रोसले मंगलबारै भएको बिदाइ कार्यक्रममा पत्रकारहरूसँग भने ।

उनले १३ दिन खेलाडीहरूसँग काम गरेपछि आफूले सकेसम्म राम्रो टिम छनोट गरेको बताए । ‘२३ जनाको छनोट प्रकृया कठिन थियो । केही अनुभवी खेलाडी मिस भाछन् । नेपालमा क्षमतावान खेलाडी छन् । अहिले बेस्ट २३ खेलाडी छनोट गरेको हो । एग्रेसिभ पोजिटेभ प्रदर्शनको आश छ’ उनले भने ।

प्रशिक्षक रोसले नेपालको युवा ट्यालेन्टलाई नर्चर गर्नुपर्ने बताए । उनले सबैभन्दा राम्रो पक्ष नेपालको खेलाडी टेक्निकल्ली गुड रहेको र फुटबल एजुकेसन लगायत केही कुरामा भने सुधार गर्नुपर्ने बताए ।

कप्तान किरण चेम्जोङले पनि नेपाली टिम अन्तर्राष्ट्रिय फुटबलमा फर्कँदा उत्साहित रहेको र टिम राम्रो सेपमा रहेको बताए । ‘नयाँ कोच, ३ जना नयाँ खेलाडी, छोटो समयो तयारी । तर सबै खेलाडीरू मोफसलको प्रतियोगितामा व्यस्त नै थिए । हामी एकदमै उत्साहित छौं’ कप्तान किरणको सुरुवाती प्रतिक्रिया यस्तो थियो ।

‘टिम राम्रो छ । नयाँ युवा क्षमतावान खेलाडीहरू आइराछ । रोहित पनि ब्याक भाछ । लकेन पनि आछ । बाँकी सबै खेलिरहेकै खेलाडी हुन् । म्याच फिट छन् । हामी राम्रो सेपमा छौं’ उनले भने ।

कप्तान किरणले नयाँ प्रशिक्षक भएपनि सिस्टम धेरै फरक नभएको र सबैले अडाप्ट गरिसकेको बताए । साथै उनले नयाँ प्रशिक्षकको पहिलो खेलपछि केही फरक देख्ने दाबी गरे । ‘खेलपछि तपाईंहरूले केही चेन्चेजहरू पक्कै देख्नुहुनेछ’ उनले भने ।

विदेश लिग खेलिरहेका रोहित चन्द र लकेन लिम्बुले नेपालमा आएर टिमसँग घुलमिल हुन पाए । दुवै खेलाडी मिडफिल्डमा राम्रो रहेको प्रशिक्षक रोसले बताएका छन् । उनले रोहितलाई क्लब फुटबलमा जस्तै मिडफिल्डमै खेलाउने बताएका छन् ।

नतिजा भन्दा प्रदर्शनमा जोड

पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको नेपालले अबको एक साताभित्र दुई महत्वपूर्ण खेल खेल्दैछ । नेपालले पछिल्लो पटक कात्तिकमा ताजिकिस्तान गएर घरेलु टिम र अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसयता नेपाली खेलाडीहरूले खेलेको भनेको नकआउट प्रतियोगिताहरू नै हो ।

पाँच महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा नेपालले नतिजा भन्दा पनि राम्रो प्रदर्शनमा जोड दिने भएको छ । प्रशिक्षक र कप्तान दुवैले मैदानमा सकेसम्म राम्रो खेल्ने बताएपनि नतिजाबारे भने स्पष्ट भनेनन् ।

कप्तान किरणले मलेसिया नेपालभन्दा राम्रो भएपनि भयंकर टिम नभएको बताए । ‘मलेसियासँग खेलको यो गर्छौं ऊ गर्छौं भन्न सकिन्न । होममा खेल्न पाएको भए राम्रो हुन्थ्यो होला । बलियो टिम हो तर भयंकर टिम पनि होइन । हाम्रो टिममा धेरै अनुभवी खेलाडीहरू त छैन । तर हामी हाम्रो बेस्ट दिनेछौं’ उनले भने ।

यस्तै प्रशिक्षक रोसले पनि नतिजा प्रेडिक्ट गर्न नसकिने बताए । ‘नतिजा प्रेडिक्ट गर्न कठिन हुन्छ । हामी स्ट्रोङ, एग्रेसिभ र पोजिटिभ प्रदर्शन गर्नेछौं’ कस्तो नतिजा अपेक्षा गर्न सकिन्छ भन्ने प्रश्नमा उउनले कुटनितिक पारामा जवाफ दिए ।

म्याट रोसले फुटबलमा कहिले राम्रो खेलेर पनि १-० ले हार्न सक्ने र कहिले टेरिबल (खराब) खेलेर पनि जित्न सकिने प्रतिक्रिया दिए ।

साफ च्याम्पियनसिपलाई तयारी

नेपालले आगामी जुनमा श्रीलंकामा हुने साफ च्याम्पियनसिप खेल्दैछ । अहिलेसम्म साफको उपाधि जित्न नसकेको नेपालको लागि हरेक पटक साफ खेल्दा उपाधि जित्ने सपना हुनेछ । नेपालको लागि साफ अहिले विश्वकप जित्नु जस्तै बनेको छ ।

एसियन कप छनोटको अन्तिम चरण खेल्दै गर्दा नेपालको नजर एकातर्फ एसियन कपतिर हुनेछ भने अर्कोतर्फ साफ च्याम्पियनसिपको तयारीको रूपमा पनि हुनेछ । किनकी साफका लागि यो खेलहरू नेपाललाई तयारी गर्ने अवसर बन्नेछ । नेपालले साफ अघि जुनमै एसियन कप छनोटको खेलमा लाओससँग पनि खेल्नेछ ।

कप्तान किरणले साफ आउने लागेको यो दुई खेल महत्वपूर्ण हुने बताए । ‘२०२५ मा व्यस्त खेलतालिका छ । साफ अघि लाओससँग पनि खेल छ । त्यसबाहेक साफको दुई साताअघि नेपालमै सिरिजहरू खेल्न पाए हाङ्गीलाई राम्रो हुन्छ । तयारी पनि राम्रो हुन्छ’ उनले भने ।

यस्तै किरणले सारा नेपालको सपना नै साफ जित्नु रहेको तर पछिल्लो समयमा हेरिटेज खेलाडी खेलाउँदा साफमा प्रतिस्पर्धा बढेको बताए । ‘मेरो मात्र नभएर सबै नेपालीको ड्रिम हो साफ जित्ने । तर हरेक वर्ष साफमा प्रतिस्पर्धा बढिराछ । धेरै देश (बंगलादेश, पाकिस्तान, श्रीलंका) ले हेरिटेज खेलाडी लिइराछ । हामीले पनि प्रयास गरिरहेको हो । तर हाम्रो कानुनले गर्दा अली कठिन छ । अन्य राष्ट्रमा सरकारले नै समन्वय गरिराछ’ उनले भने ।

प्रशिक्षकलाई यो दुई खेलबाट मिसन साफ सुरु भएको हो त भन्ने प्रश्नमा उनले केही सेकेण्ड रोकिएर ‘नो’ भने । तर अहिले यो दुई खेलमा केन्द्रित भएपनि पछिको लक्ष्य साफ नै रहेको उनले बताए । ‘म यो दुई खेलमा फोकस छु । सिंगापुरसँगको गेमले अन्तर्राष्ट्रिय फुटबल कहाँ छौं भनेर प्यारामिटर दिनेछ । यो दुई खेलपछि हामी नयाँ योजना बनाउनेछौं’ उनले भने ।

उनले एसिया र साउथ एसियामा खेल्न फरक रहेको पनि बताए । ‘मेरो एक आँखा आउने सातामा केन्द्रित छ भने अर्को आँखा साफदेखि पछि-पछि सम्म छ । अहिलेको यो दुई खेलमा केन्द्रित छौँ । फर्केर आएपछि साफको लागि तयारी गर्नेछौं’ उनको भनाइ थियो ।

घरेलु मैदानमा खेल्न नपाउँदा दु:ख

नेपालको पुरुष राष्ट्रिय टिमले घरेलु मैदानमा नखेलेको धेरै समय भइसकेको छ । फिफा विश्वकप र एसियन कप छनोटको दोस्रो चरणमा नेपालले यमन विरुद्ध पछिल्लो पटक ( २०८० मंसिरमा) घरेलु मैदानमा खेलेको थियो ।

त्यसपछि दशरथ रंगशालमा खेल्न नपाएको एक वर्ष भन्दा बढी समय भइसकेको छ । विश्वकप छनोटअन्तर्गत नै दोस्रो चरणमा नेपालले बहराइन र युएईविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल विदेशमा गएर खेल्नुपरेको थियो । दशरथ रंगशालाको पिचको अवस्था, सुरक्षा र फ्लड लाइटको कारणले नेपालले बाहिर गएर खेल्नुपरेको थियो ।

यस पटक पनि नेपालले मलेसियासँग पहिलो खेल घरेलु मैदानमा खेल्ने तालिका थियो । तर दशरथ रंशालाको सुरक्षा मापदण्ड पिचको अवस्था लगायत विषय ठिक नभएको भन्दै एएफसीले नेपाललमा खेल खेलाउने अनुमति दिएन ।

घरेलु मैदानमा खेल्न नपाउँदा दु:ख लागेको कप्तान किरणले बताए । ‘निश्चय पनि दु:ख लाग्छ । गत वर्ष पनि केही खेलबाहिर खेल्नुपर्‍यो’ किरणले भने । उनले यस पटक होम म्याच नेपालमै गराउनका लागि आफूले प्रधानमन्त्रीलाई समेत भेटर प्रयास गरेको पनि बताए ।

यद्यपी यस पटक भने नेपाल र मलेसियाले खेल्ने होम म्याच स्वाप भएको छ । एएफसीका अनुसार नै नेपालको होम गेम मलेसियामा खेल्ने र पछि मलेसियाको होम गेम नेपालमा गर्ने सहमति भएको छ ।

कप्तान किरणले अन्य होम म्याचहरू नेपालमा खेल्न पाउने आशा व्यक्त गरे । ठूला टिमसँग घरेलु मैदानमा खेल्दा दर्शकको साथ हुने र त्यसले खेलाडीलाई उर्जा दिने बताए ।

‘नेपालमा खेल्न पाउनु बेस्ट हो । ठूला टिमसँग खेल्दा दर्शकको साथले बुस्ट हुन्छ ।आशा छ मलेसियासँग अर्को खेल होममा हुनेछ र अन्य खेलहरू पनि घरेलु मैदानमा खेल्न पाउँछौं’ किरणले भने ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM