२०८२ मंसिर २० गते, शनिबार १७:४६

नरैनापुरलाई २०८३ भित्रै बालमैत्री वडा घोषणा गरिने

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाहरूका लागि सामाजिक विकास मञ्चले आयोजना गरेको दुई दिवसीय बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज मङ्गलवार सम्पन्न भएको छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा कार्यक्रममा लैङ्गिक हिंसाको न्युनिकरण, बालबालिकामा लगानीको आवश्यकता, बालबालिकामैत्री वित्त व्यवस्थापन, स्थानीय नीति निर्माण प्रक्रिया, किशोरी सशक्तिकरण कार्यक्रम, बाल संरक्षण र बाल अधिकार लगायतका विषयहरूमा छलफल भएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले कार्यक्रम एकदमै महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले बाल सुधार र बाल संरक्षणका सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हुनाले यसको विशेषता फरक भएको बताउनु भयो । शाहले भन्नुभयो, ‘आजको बालबालिकाहरूको संरक्षण गर्ने, उनीहरूलाई सुरक्षा दिने, व्यवस्थापन गर्ने कुरा एउटा पालिकाका लागि मात्रै नभई संसारकै लागि महत्त्वपूर्ण कुरा हो ।’ अध्यक्ष शाहले नरैनापुरको वडा नं ४ र ६ बाट उक्त अभियान सुरु गर्ने बताउनु भयो । उहाँले नरैनापुर गाउँपालिकाले बालबालिकालाई व्यवस्थापन गर्ने सवालमा गम्भीर रहेको बताउँदै उहाँले नरैनापुरलाई २०८३ भित्रै बाल मैत्री पालिका घोषणा गरिने बताउँदै भन्नुभयो, स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति अविलम्ब निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

नरैनापुर कि उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले आगामी दिनहरूमा बजेट छुट्याएर प्रतिफल आउने किसिमले बालबालिकालाई सुरक्षित भएको आभास दिलाउने काम गर्ने जिकिर गर्नु भयो । उहाँले विश्वको नै सर्वमान्य आवश्यकता भएकाले बालबालिकासम्बन्धीका सवालहरूलाई विशेष महत्वका साथ अग्रपंतीमा राखेर आफूले काम गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रमका अन्य सहभागीहरूले पनि आफ्नो पालिकालाई बालमैत्री पालिका बनाउने विषयमा ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रममा सहजिकरण गरिरहेका बाल मैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक अशोक खनालले बालबालिका र विशेष गरी महिलाहरूको समग्र वृद्धि विकासका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले योजना निर्माणको समय भएकाले बालबालिकाका क्षेत्रमा र महिलाका क्षेत्रमा हुनुपर्ने कार्यहरूका बारेमा स्थानीय पालिकाका प्रतिनिधिहरूसँग छलफल गरिएको जानकारी दिनु भयो । पालिकाबाट सहभागिता राम्रो भएकाले कार्यक्रम प्रभावकारी भएको अनुभव सुनाउँदै भन्नुभयो, ‘नरैनापुर बाल मैत्री स्थानीय शासन निर्माणको प्रक्रियामा जाने बाटो निर्माण भएको छ ।’

बाल अधिकारकर्मी साहिल अन्सारीले बाल मैत्री पालिका बाँकेको कुनै पालिका घोषणा हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै नरैनापुरले २०८३ भित्रै बाल मैत्री स्थानीय शासन घोषणा गर्ने गरेको प्रतिबद्धताको प्रशंसा गर्नुभयो । 

कार्यक्रममा वर्ल्ड भिजनका जिल्ला प्रमुख तिलक केसी, सञ्चार अधिकृत मुकेश पन्त, सामाजिक विकास मञ्चका घनश्याम उपाध्याय, विवेक मलासी, बृजेन्द्र यादव, राम कुमार मिश्रा लगायतले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा नरैनापुरका जनप्रतिनिधि कर्मचारी, बाल क्लबका प्रतिनिधि र महिला स्वयंसेविका गरि ४७ जनाको सहभागिता रहेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM