२०८२ मंसिर २२ गते, सोमबार १६:५७

‘भारतीय हस्तक्षेप भन्दै कराउनेहरुले नै आदित्यनाथको तस्वीर बोक्दै हिँड्नु उदेकलाग्दो’

पूर्व राजा ज्ञानेन्द्र शाह स्वयंको ‘फर्किने चाहना’, उनलाई सघाउन दुई राप्रपादेखि दुर्गा प्रसाईंसम्मका व्यक्तिहरुको तयारीका बीच सोमबार नवराज सुवेदीको नेतृत्वमा राजावादी आन्दोलन समिति बन्न पुग्यो । नेपालमा बढ्दो राजावादी प्रदर्शनबारे देशविदेशमा चर्चा थपिएको छ ।

छिमेकी भारतले यसलाई कसरी हेरिरहेको होला त ? पूर्वभारतीय राजदूत रन्जित रेसँग अनलाइनखबरका बसन्त बस्नेतले गरेको वार्ता :

काठमाडौं र अरु सहरहरुमा राजावादी गतिविधि बढ्दै गएका छन्, तपाईं कत्तिको जानकार हुनुहुन्छ ?

नेपालका नागरिकहरुमा सरकारहरुले डेलिभर गर्न नसकिरहेको निराशा हुन सक्छ । पछिल्लो आम चुनावमै पनि त्यसको संकेत देखिएको थियो । स्थापित दलहरुको ठाउँमा नयाँ दल र व्यक्तिहरु पनि उदाउनुका पछाडि यही नागरिक बेचैनी कारक हो भन्ने मलाई लाग्छ । यस्तै माहोलमा राजतन्त्र चाहने शक्तिहरुलाई पनि आफ्नो स्पेस बढाउन सकिन्छ भन्ने लागेको होला । किनभने बेरोजगारी, स्वदेशमा अवसरको कमी आदिका कारण नागरिकमा अधीरता बढ्दै जाँदा नै असन्तुष्टिहरुलाई राजनीतिक आकार दिन सकिने ठाउँहरु बढेका हुन् । राजावादीहरु त्यही आम निराशालाई पुँजीकृत गर्न खोजिरहेका छन् ।

जसरी शान्तिपूर्ण तवरबाट राजालाई बिदा गरियो, त्यसैगरी सडक प्रदर्शनहरुलाई निर्णायक बनाएर नेपालमा राजा फर्काउन सकिने सम्भावना देख्नुहुन्छ ?

म त्यस्तो देख्दिनँ । नेपालमा अब राजा फर्कने सम्भावना छैन । इतिहासको विषय भइसक्यो त्यो । तर पार्टीहरुले यसो भनेर ढुक्क बस्ने होइन । उनीहरुले नागरिकमा किन बेचैनी छ भनेर आत्मसमीक्षा गर्नुपर्छ । नागरिकमा अपेक्षा पहिलेभन्दा झन् बढ्ता छ भनेर थाहा पाउनुपर्छ । उनीहरु नेतृत्वमा गतिशीलता चाहन्छन् । नेपाल युवा देश हो, वृद्धहरुले चलाइरहेको ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले दिएको वक्तव्य तपाईंले सुन्नुभयो ?

मैले सुनिनँ । उहाँले के भन्नुभयो ?

उहाँले अपिल गर्दै अब मलाई साथ दिने समय आयो भन्नुभयो ।

केहीले बिर्सेका होलान्, तर धेरै जनताले बिर्सेका छैनन् । पूर्वराजाले आफू शक्तिमा भएका बेला संविधान कुल्चनुभयो, प्रजातन्त्रमाथि प्रहार गर्नुभयो । नागरिकहरुलाई बन्देज लगाउनुभयो । उहाँले त्यस बेलाका विद्रोही माओवादीसँग शान्तिवार्ता गर्छु, मलाई साथ दिनुस् भनेर जनतालाई भन्नुभएको थियो, तर त्यसलाई अघि बढाउनै सक्नुभएन । शान्ति बहाली होस् भन्ने जनचाहना सफल भएन उहाँबाट । सुशासन लगायत कुनै पनि कुरामा पनि प्रगति थिएन । यो निकट विगतकै कुरो हो, जो नेपाली जनतालाई नै राम्रोसँग थाहा छ ।

यो राजावादी रुझानलाई भारतले कसरी हेरिरहेको छ भन्ने तपाईंलाई लाग्छ ?

मेरो विचारमा भारत सरकारले भइरहेका गतिविधिलाई नजिकबाट अध्ययन अवलोकन गर्नेबाहेक केही गरेको छ भन्ने लाग्दैन । अर्को देशमा यस्तै हुनुपर्छ भन्ने कुनै स्ट्यान्ड छैन हाम्रो देशको । किनभने नयाँ संविधान अन्तर्गत नेपालमा सबै कुराहरु अघि बढिरहेका छन् । नेपालमा के गर्ने भन्ने कुरा नेपालीहरुकै मामिला हो, अन्ततः । कसैलाई व्यक्तिगत रुपमा हिन्दूराष्ट्र चाहिएको होला । वा कसैको मनमा अरु पनि विषय हुन सक्छन्, तर भारतले नेपालसँग औपचारिक र सौहार्द सम्बन्धलाई नै अघि बढाउने हो । हामी त्यहाँको घरेलु मामिलामा यस्तोउस्तो भन्दैनौं ।

एउटा ठूलै पक्षबाट संघीयता, समानुपातिकताको पनि विरोध भइरहेको छ यहाँ । यी एजेन्डालाई कतिले हिजो भारतीय दबाब र प्रभाववश स्थापित गरिएको आरोप निरन्तर लगाउँछन् । कसरी हेर्नुहुन्छ ?

इतिहास उल्टो दिशामा जानु हुँदैन । जतिसक्दो अगाडि पो जाने हो त । मलाई के लाग्छ भने कसैलाई मनमा लागे पनि पछाडि जानेबारे बहस लैजानु उचित हुँदैन

पहिले त यी एजेन्डा कसरी आएका थिए भन्ने पृष्ठभूमि हेर्नुपर्छ । नेपालमा केन्द्रिकृत शासन र एउटा सीमित वर्गभित्र पहुँच र अवसर संकुचित हुँदा विभिन्न समुदायहरु बन्चित हुँदै आएका थिए । सबैले समान पहुँच नपाएकैले संघीयता वा समानुपातिक प्रतिनिधित्व, समावेशीता आदिको बहस सुरु भएको थियो । भारतले त यसमा अरु के भन्ने र ? हाम्रो देशमा संघीयता छ, जसले प्रभावकारी रुपमा काम गरिरहेको छ । अरु प्रणालीबारे यहाँ पनि छलफल हुन्छन् ।

तर नेपालको आवश्यकताका आधारमा संघीयता वा प्रतिनिधित्वका विषय उठेका हुन् । नेपाली जनताले चाहेको कुरो नै त्यहाँ लागु हुने हो । यसमा अरु कसैलाई जोड्न आवश्यक छ र ? बरु अन्तरिम संविधान जारी हुँदा जुन अधिकारहरु जनताले पाएका थिए, त्यो पछि किन खुम्चियो भन्ने बहस पो त्यहाँ चलेको थियो । २००६, २००७, २००८ मा आएका प्रगतिशील व्यवस्थाहरु पछि किन सीमित पारिए भनेर मानिसहरुले भनेको मैले सुन्छु ।

संविधान लागु भएको एक दशक नपुग्दै किन विरोधबाजी, उसोभए ? राजावादी प्रदर्शनबारे तपाईंलाई के लाग्छ ?

कतिपय मानिसको स्मरणशक्ति नै छोटो हुन्छ । अस्तिसम्म हिंसा रक्तपात भइरहेको बिर्सन्छन् उनीहरु । शान्ति नै त्यस बेला कति मूल्यवान् कुरा थियो, बिर्सन्छन् । इतिहास उल्टो दिशामा जानु हुँदैन । जतिसक्दो अगाडि पो जाने हो त । मलाई के लाग्छ भने कसैलाई मनमा लागे पनि पछाडि जानेबारे बहस लैजानु उचित हुँदैन । जहिले पनि अगाडिको भविष्य हेर्नुपर्छ ।

तर यहाँ त उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथकै तस्बिर निकालेर मान्छे सडकमा आउन थाले नि ?

यही त उदेकलाग्दो छ । अरु बेला भारतीय हस्तक्षेप भयो भन्दै कराउनेहरु आफैं भारतीय नेतालाई जोड्दै हिँड्छन् । उनीहरुलाई हाम्रो आन्दोलनमा भारतीय नेतृत्वको पनि समर्थन छ भनी देखाउने चाहना होला । आखिर यथार्थ के हो भने भारतमा कुनै व्यक्तिको मनमा के छ भन्ने उसको आन्तरिक मामिला भयो, तर राज्यसंस्थापनले यस्तो कुरा बोकेको छैन ।

नेपालमा कुन नयाँ कुरा स्थापित गर्नुपर्छ वा अहिलेकै ठिक भन्ने रोजाई नेपालका नागरिकको हो । भारतले नेपालीहरुको स्वतन्त्र छनोटलाई छिमेकीको नाताले सद्भाव राख्छ, सघाउँछ । त्यसभन्दा बढ्ता सोच्नुपर्ने केही छ जस्तो मलाई लाग्दैन ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM