२०८३ जेष्ठ ८ गते, शुक्रबार १९:००

राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज पनि बस्दै

५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज ११:०० बस्न लागेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यो आइतबार बसेको बैठकको निरन्तरता हो । आजको बैठकमा पार्टीको सबलीकरणका विषयमा र आन्दोलन केन्द्रित हुनेछ उनले बताए ।

राजावादीहरूले शाह वंशीय शासन फर्काउन भन्दै आन्दोलनको तयारी थालेका छन् । आन्दोलन निर्देशन समिति सदस्यमा राप्रपाका नेताहरु पनि रहेका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले भने आफूलाई जानकारी नै नदिई सदस्यमा राखिएको भन्दै प्रतिवाद गरेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM