२०८२ माघ ७ गते, बुधबार ११:४९

आरआरमा विरासत पछ्याउने र बदलाव रोज्नेबीच टक्कर

३ चैत, भृकृटीमण्डप (काठमाडौं) । देशकै ठूलामध्येका एक रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा आठ वर्षपछि स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को नेतृत्व चुन्ने अन्तिम चयारी चलिरहेको छ ।

आज बसेको उम्मेदवारहरूको सर्वदलीय बैठकले सात बुथमा मतदान गर्ने र हरेक संगठनबाट एक/एक जना प्रतिनिधि रहने निर्णय गरेको छ । साथै शान्तिपूर्ण र मर्यादित मतदानको वातावरण निर्माणमा सबै उम्मेदवार प्रतिवद्ध रहने पनि निर्णय भएको छ । कसैले पनि शक्ति प्रदर्शन नगर्ने सहमति यसअघि नै भइसकेको छ ।

त्रिभुवन विश्वविद्यालयका अरु क्याम्पसमा दुई वर्षअघि स्ववियू चुनाव भए पनि आरआरमा हुन सकेको थिएन । ‘त्यसबेला संगठनहरूको संघर्षकै कारण चुनाव हुन सकेन । यसपटक शान्तिपूर्ण बातावरण छ,’ एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रिय उपाध्यक्ष अशोक थापा भन्छन् ।

अर्थात् नेकपा एमाले फुटेर एकीकृत समाजवादी बन्नुको असर त्यसबेला आरआर क्याम्पसमा देखिएको थियो । फुटेर बनेका अखिलहरूबीचको खिचातानीले आरआरमा चुनाव हुन सकेको थिएन । यसपटक भने एमालेको अनेरास्ववियु र एकीकृत समाजवादीको अनेरास्ववियूले साझा प्यानल नै बनाएका छन् ।

‘आरआर, अस्कल, त्रिवि, त्रिचन्द्र लगायत क्याम्पसमा अनेरास्ववियूसँग संयुक्त प्यानल बनाएका छौं,’ अनेरास्ववियूका उपाध्यक्ष थापा भन्छन्, ‘आवश्यकताका आधारमा हामीले सहकार्य गरेका हौं ।’

यी दुई अखिलको प्यानलबाट लोकेश खड्का सभापति पदका उम्मेदवार छन् । खड्कासँगै नेविसंघबाट विनोदराज जोशी, स्वतन्त्र विद्यार्थी समूहबाट हर्कबहादुर बोहरा, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट रोजित महर्जन, समाजवादी विद्यार्थी युनियनबाट अनिल राई, अखिल (क्रान्तिकारी) बहुमतबाट विवेक मयाल र अखिल क्रान्तिकारीबाट संगम लामा उम्मेदवार छन् । सभापति पदमा ७ जनाको उम्मेदवारी परे पनि चुनावी प्रतिस्पर्धामा १० संगठन उत्रिएका छन् ।

विगतका नजीर हेर्दा भने आरआर क्याम्पसमा एमाले अनेरास्ववियु बलियो संगठन हो । ०३६ सालदेखि स्ववियू चुनाव हुन थालेको आरआरको ४५ वर्षे इतिहासमा अनेरास्ववियुले पराजित हुनु परेको छैन ।

तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र माओवादीको विद्यार्थी संगठनहरूबीच नै हुने अनुमान गरिएको छ । ‘स्वतन्त्र र साना संगठनहरूबाट पनि उम्मेदवारी छ । तर अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीबीच नै मुख्य प्रतिस्पर्धा हुन्छ,’ आइतबार क्याम्पस परिसरमा भेटिएका एक विद्यार्थीले भने ।

यद्यपि कसैले पनि चुनावी शक्ति प्रदर्शन नगर्ने सहमति संगठनहरूबीच जुटेकाले पूर्वामान गर्न सजिलो छैन । मतदान हुनुअघिको मौन अवधिसम्म समेत नाराजुलुस, प्रदर्शन अथवा अरु प्रकारका शक्ति प्रदर्शन यहाँ गरिएको छैन ।

‘विद्यार्थीहरूले कसलाई मतदान गर्नुपर्छ भन्ने बुझेका छन्, त्यसैले मतदानअघि शक्ति प्रदर्शन आवश्यक ठानेनौं’, अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवार रहेका संगम लामा भन्छन् । ८ हजार बढी विद्यार्थी रहेको आरआरमा यसपटक ५ हजार १ सय ४६ जनाले मतदान गर्र्दैछन् । मतदानबाट पदाधिकारी सहित ११ जना प्रत्यक्ष र १० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् ।

अनेरास्ववियुको बर्चश्व

विगतका नजीर हेर्दा भने आरआर क्याम्पसमा एमाले अनेरास्ववियु बलियो संगठन हो । ०३६ सालदेखि स्ववियू चुनाव हुन थालेको आरआरको ४५ वर्षे इतिहासमा अनेरास्ववियुले पराजित हुनु परेको छैन ।

आरआरका पूर्वसभापति जगनाथ खतिवडा अनेरास्ववियुको संगठनात्मक शक्तिको आधारमा अपराजित नतिजा आइरहेको बताउँछन् । ‘०४१ सालमा म सभापति हुँदा ६५ मतको सानो अन्तरले जितेको थिएँ । तर म पछि दामोदर अर्यालले जित्दा मतान्तर ३६५ पुग्यो,’ खतिवडा भन्छन्, ‘चुनाव जितेपछि हामीले जसरी काम गर्न थाल्यौं, त्यसले अनेरास्ववियु हार्दैन भन्ने भाष्य निर्माण हुन पुग्यो ।’

हरेक कक्षामा कमिटी निर्माण, विद्यार्थी भर्नाको राजनीति र क्याम्पसमा हुने गतिविधिका कारण अनेरास्ववियु बलियो बनिरहने आधार निर्माण भएको उनी बताउँछन् । ‘मण्डले र नेविसंघले पनि अखिलकै नेताहरूबाट काम लिनुपर्ने अवस्था बन्दा अरू संगठन बलिया हुन सकेनन्’, खतिवडा भन्छन् ।

आरआरमा अनेरास्ववियुको जग कति बलियो छ भने मूल पार्टी विभाजन भइरहँदा पनि यो क्याम्पसमा हार्नु परेको छैन । पञ्चायतका बेला अनेरास्ववियु पाँचौं र छैटौं नमिलेकै अवस्थामा पनि आरआरमा जितेर विद्यार्थीहरूमा बलियो रहेको सन्देश दिन सकेको थियो । ‘पञ्चायतका चुनावहरूमा वामपन्थीहरू मिलेर लड्ने गरेको थियो, तर पाँचौबाट मैले आरआरको सभापति जितेँ,’ खतिवडा भन्छन्, ‘त्यसपछि अनेरास्ववियुले एक्लै आरआरमा जित्न थाल्यो ।’

आरआरको स्ववियू सभापतिमा जितेका केशवबहादुर खत्री, कमलप्रसाद शर्मा, कृष्ण भट्टराई, जगनाथ खतिवडा, दामोदर अर्याल, राजेन्द्र राई, राजनकुमार बस्नेत, यज्ञराज सुनुवार, महेन्द्रकुमार राई, विनोद मञ्जन, बालगोपाल उपाध्याय, नवराज पौडेल, राजकुमार राई, तपेन्द्रबहादुर शाहीसहित सबै नेता अनेरास्ववियुकै हुन् ।

पूर्वसभापति राजेन्द्र राई आरआरमा अनेरास्ववियुले सधैं जित्ने अवस्था बन्नुमा पञ्चायतकै बेला जग निर्माण भएको बताउँछन् । ‘पञ्चायतको कठोर दमनविरुद्ध कम्युनिष्ट निकट विद्यार्थी संगठनहरू सशक्त प्रतिरोधमा उत्रने गथ्र्यो,’ राई भन्छन्, ‘त्यसले देशैभर अनेरास्ववियुको सक्रियता विद्यार्थीमाझ फैलिरहेको थियो, राजधानीमा आरआर क्याम्पस एउटा केन्द्र थियो ।’

पञ्चायती दमनको प्रतिरोधमा अनेरास्ववियुले गर्ने प्रतिरोधकै कारण आरआर क्याम्पस देशभरका कम्युनिष्ट नेताहरूबीच परिचित बनेको उनी बताउँछन् । ‘विशेषगरी पूर्वका विद्यार्थीहरू आरआरमा धेरै पढ्थे । पूर्वमा कम्युनिष्टहरूको उपस्थिति राम्रो थियो,’ राई सम्झन्छन्, ‘स्कूलमा हुँदा नै कम्युनिस्ट परिवारका विद्यार्थीले आरआरमा पढ्ने योजना बनाउन थालिसक्थे ।’

कम्युनिस्ट पृष्ठभूमिकै विद्यार्थी धेरै आउने र स्ववियू पनि अनेरास्ववियुकै कब्जामा हुँदा अरू विद्यार्थी संगठन फैलिन नसकेको उनको बुझाइ छ ।

‘अनेरास्ववियु बलियो छ भन्ने बुझाइ भएपछि अरु संगठन डराए पनि होलान्, जित्नलाई मेहनत पनि कम गरे होलान्’, राई भन्छन् ।

राजधानीका अरू क्याम्पसमा कायम कांग्रेसको गुटगत समस्या आरआरमा समाधान गरिसक्नुलाई पनि नेविसंघले बलियो पक्ष मानेको छ ।

कुनै एउटा संगठनले स्ववियु जित्न थालेपछि अर्को संगठनको पडक त्यहाँ हत्तपत्त स्थापित नहुने प्रवृत्ति आम रुपमै देखिन्छ । राजधानी उपत्यकाका ठूला क्याम्पसहरूकै कुरा गर्दा पनि विद्यार्थी संगठनहरूको विरासत जबर्जस्त (यद्यपि विरासत तोडिएका क्याम्पसहरू पनि उल्लेख्य छन्) देखिने गर्छ ।

आरआरका पूर्वसभापति राजेन्द्र राई विद्यार्थीहरूको संरक्षणका कारणले पनि विरासतको साशन चल्ने गरेको अनुमान गर्छन् । ‘उच्च शिक्षाका लागि काठमाडौं आउँदा अभिभावकले आफ्ना छोराछोरीको सुरक्षालाई पनि हेर्ने भयो । र उनीहरुले राजनीतिक कनेक्सनका आधारमा क्याम्पस रोजे,’ उनी भन्छन्, ‘आरआरमा एमाले नेताहरूले छोराछोरी पठाए । स्ववियुले उनीहरूको संरक्षण गर्ने भयो ।’

विशेषगरी एमाले पकड रहेको पूर्वी नेपालका विद्यार्थी धेरै आउने भएकाले पनि आरआरमा अनेरास्ववियुको बिरासत तोडिन नसकेको राईको अनुमान छ ।

विरासत कायमै रहँदा विद्यार्थीबीच तिनै संगठन स्थापित हुन थप बलियो पुग्ने नेताहरू बताउँछन् ।

‘अहिले पनि छात्रवृत्तिको विषय आउँछ, क्याम्पसमा गतिविधि गर्ने कुरा हुन्छ अथवा विद्यार्थीका लागि आइपर्ने अरु समस्या हुन्छन्,’ एक जना विद्यार्थी नेता भन्छन्, ‘स्ववियु जसको नेतृत्वमा छ, उसैले त्यो कुराहरू गर्ने भए, उसैको मत बढ्ने भयो ।’

आरआरका निवर्तमान सभापति एवं एमाले नेता तपेन्द्रजंग शाही विरासतको संरचनात्मक लाभ आफ्ना उम्मेदवारले स्वभाविक रुपमा पाउने स्वीकार्छन् । ‘आजसम्म आरआरमा अनेरास्ववियुले एउटा सदस्य पनि हार्नु परेको छैन । यसपटक पनि त्यो विरासत जोगिनेमा ढुक्क छौं,’ उनी भन्छन् ।

इतिहास उल्ट्याउने प्रयास

नेविसंघका नेता जगतजंग विष्ट भने आरआरमा यसपटक नेविसंघले इतिहास निर्माण गर्ने दाबी गर्छन् ।

‘आरआर क्याम्पसको परिवर्तन गर्न पनि यसपटक नेविसंघले जित्नुपर्नेछ’ उनी भन्छन्, ‘विद्यार्थी साथीहरूले परिवर्तन रोजेको हामीले बुझेका छौं, त्यसैले हाम्रो उम्मेदवारहरूले जित्दैछन् ।’

नेविसंघबाट सभापति पदका उम्मेदवार विनोदराज जोशीले जित्नेमा एक भन्दा बढी आधार रहेको उनीहरू बताउँछन् । ‘अखिलले नियमित जित्दै आयो, तर उनीहरूले क्याम्पसमा परिवर्तन ल्याउन सकेनन् । विद्यार्थीहरूमा अनेरास्ववियुप्रति भरोसा गुमेको छ,’ विष्ट भन्छन्, ‘भरोसा गुमेको संगठनलाई मत दिने कुरा हुँदैन ।’

उनका अनुसार नेविसंघले जित्ने अर्को आधार आफ्नो उम्मेदवारको आकर्षण हो । विद्यार्थीबीच लोकप्रिय उम्मेदवार नेविसंघले उठाएको विष्ट बताउँछन् । र, तेस्रो आधार परिवर्तनको एजेण्डा नै हो ।

राजधानीका अरू क्याम्पसमा कायम कांग्रेसको गुटगत समस्या आरआरमा समाधान गरिसक्नुलाई पनि नेविसंघले बलियो पक्ष मानेको छ ।

आरआरमा सभापतिका उम्मेदवार रहेका जोशी संस्थापन पक्षका हुन् । यहाँ नेविसंघबाटै दीपेन्द्र खड्काले सभापतिमा उम्मेद्वारी दर्ता गराएका थिए । तर खड्काले उम्मेदवारी फिर्ता लिएर जोशीलाई समर्थन गरे ।

नेविसंघका संस्थापन इतर नेता शिव भट्टराई आरआर क्याम्पसमा आफ्नो संगठन एकताबद्ध रहेको बताउँछन् । ‘आरआरमा कुनै समस्या छैन, मिलेरै अघि बढेका छौं’, नेविसंघका केन्द्रीय सदस्य भट्टराई भन्छन्, ‘मिलेर बढ्दा हाम्रो उम्मेदवारी थप बलियो बनेको छ ।’

नेविसंघकै जस्तो तर्क अखिल क्रान्तिकारीका नेताहरूले पनि गरिरहेका छन् । उनीहरू पनि आरआरमा यसपटक नेतृत्व परिवर्तन आवश्यकता रहेको बताउँछन् ।

‘१५ वटा चुनाव हुँदा एउटै संगठनले जित्यो र लाल किल्ला बनायो,’ अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार संगम लामा भन्छन्, ‘आम विद्यार्थीले अनुभव गर्नेगरी कुनै परिवर्तन हुन सकेन ।’

यसपटक विद्यार्थी र क्याम्पसले परिवर्तन खोजेको उनी बताउँछन् ।

माओवादी घटकहरू मिलेकाले पनि लामाले जित्ने विश्वास उनीहरू गर्छन् । आरआरमा अखिल क्रान्तिकारी, अखिल समाजवादी (विप्लव निकट), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन (आहुति निकट), अखिल (क्रान्तिकारी) वैद्य समूहले साझा उम्मेदवारी दिएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM