२०८२ माघ ९ गते, शुक्रबार ०९:५७

अनलाइनखबरको ‘४० मुनिका ४० युवा’ को मनोनयन खुला, आजैबाट फर्म भर्न सकिने

३ चैत, काठमाडौं । अनलाइनखबरले यस वर्ष पनि ‘४० मुनिका ४० युवा’ को छनोट प्रक्रिया सुरु गरेको छ। आज (आइतबार) बाट यसको मनोनयन फर्म खुला भएको छ ।

विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ४० वर्षमुनिका युवाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यले अनलाइनखबरले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

गत वर्ष अन्तर्राष्ट्रिय युवा दिवसमा झैं यस वर्ष पनि व्यवसाय, उद्यमशीलता, सामाजिक सेवा, कला, साहित्य, विज्ञान, प्रविधि, खेलकुद, राजनीतिलगायत विभिन्न क्षेत्रमा सक्रिय युवाहरूलाई छनोट गरिनेछ।

अनलाइनखबरले आफ्नो वेबसाइटमा मनोनयन फर्म उपलब्ध गराएको छ, जहाँ इच्छुक व्यक्तिहरूले आफ्नो मनोनयन दर्ता गर्न सक्नेछन्।

मनोनयन प्रक्रियामा सहभागी हुन चाहनेहरूले अनलाइनखबरको वेबसाइटमा गएर मनोनयन फारम भर्न सक्नेछन्। ४० मुनिका ४० को सूचीमा दाबी गर्न व्यक्ति स्वयं वा अरू कसैले पनि मनोनयन गर्न सक्नेछन् । मनोनयन दर्ता गर्ने अन्तिम मिति २० चैतसम्म तोकिएको छ।

पारदर्शी र समावेशी छनोटलाई सुनिश्चित गर्न छनोट प्रक्रियामा विज्ञहरूको एक निर्णायक समितिले मनोनयनहरूको मूल्याङ्कन गर्ने अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँलेले जानकारी दिए ।

मनोनयन प्रक्रिया सम्पन्न भएपछि, स्वतन्त्र जुरी समितिले प्राप्त मनोनयनहरूको मूल्यांकन गरी अन्तिम सूची तयार गर्नेछउनले भने, त्यसपछि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा छनोट भएका युवाहरूको नाम सार्वजनिक गरिनेछ र उनीहरूलाई विशेष सम्मान प्रदान गरिनेछ।

यस अभियानले युवाहरूलाई आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गर्न प्रोत्साहन मिल्ने प्रधानसम्पादक गाउँलेले बताए ।

मनोनयनका लागिः

चालीस मुनिका चालीस – छनोट मनोनयन फर्म

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM