२०८२ माघ २९ गते, बिहीबार २२:२२

पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता पोखरामा सुरु




पोखरा । गण्डकी प्रदेश प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार देखि पोखरामा सुरु भएको उक्त प्रतियोगिता अन्तर्गत पहिलो दिनकै खेलमा गण्डकीले गण्डकीले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हराउँदै अन्तिम चारमा यात्रा तय गरेको हो ।

पहिलो खेलमा गण्डकीले सुदूरपश्चिमलाई ३५–१७ गोल अन्तरले पराजित गरेको हो । गण्डकीका लागि पवन छन्त्यालले सर्वाधिक ११ गोल गर्दा यस्तै सुदूरपश्चिमका लागि सरोजकुमार सिंहले ६ गोल अर्थात् डवल ह्याट्रिक पूरा गर्नु भएको हो । दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफले लुम्बिनी प्रदेश माथि ३०–९ को फराकिलो गोल अन्तरले पराजित गर्‍यो । एपिएफका लागि नितेश धिमालले ५ गोल गर्दा लुम्बिनीका लागि मनोज थारुले ५ गोल गर्नु भएको थियो । तेस्रो खेलमा गण्डकीले कर्णालीलाई ४२–१६ को अन्तरले अन्तरले पाखा लगायो । गण्डकीका लागि प्रवेश गुरुङले १२ गोल गरे । यो जितसँगै गण्डकी एक खेल अघि नै सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै चौथो खेलमा कोशी प्रदेशले सुदूरपश्चिमलाई २२–१९ ले पराजित गरेको छ । गण्डकी प्रदेश ह्यान्डबल सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्यान्डबल सङ्घको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता पोखरामा सञ्चालन भएको हो  । 

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले देशलाई चिनाउने काम खेलाडीले गर्दै आइरहेको र गण्डकी प्रदेशमा खेलकुदमा विषयमा केही नवितम योजनाहरू अघि सारिएको बताउनु भयो । खेलाडी बिमा, खेलकुदमा पदक लगायत विषयमा कार्यविधि बनाइ खेलाडी तथा खेलकर्मीको सम्मान गर्ने उद्देश्यका साथ अघि बढेको उहाँले बताउनु भयो । राज्यले खेलकुदमा बजेट विनियोजन निकै न्युन गर्दा खेलाडीको विकास हुन नसकेको उहाँको भनाई थियो । 

दक्षिण एसियाली ह्यान्डबल संघका उपाध्यक्ष तेज गुरुङले अब बिस्तारै ह्यान्डबलका गतिविधिहरू अघि बढ्ने बताउँदै विविध कारणले अहिलेसम्म नेपालमा ह्यान्डबलको गतिविधि हुन नसकेपनि अब भने त्यसको अन्त्य हुने जनाउनु भयो । प्रतियोगितामा आयोजक गण्डकी सहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको छ । लिग कम नकआउटका आधारमा प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगिताको उपाधि विजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने ह्यान्डबल संघ गण्डकीका उपाध्यक्ष गिरमान गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष केशव पाठकले बताउनु भयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM