२०८३ जेष्ठ ८ गते, शुक्रबार २३:५१

‘उद्योग मैत्री कानुन निर्माणका लागि सरकारले काम गरिरहेको छ’




बारा । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसीयाले उद्योग मैत्री कानुन निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । 

बाराको सिमरामा आइतबार उद्योग वाणिज्य संघ मधेश प्रदेशको छैटौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री चौरसीयाले नेपालका उद्योगीले झेल्नुपर्ने कानुनी समस्यासँग आफू परिचित रहेको बताउनुभयो । 

उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको घोषणा भए पनि कार्यान्वयन हुन नसकेकाले कानुन बनाएर उक्त घोषणालाई मूर्तरूप दिन सरकारलाई आग्रह गर्नुभयो । 

अत्यावश्यक सरकारी कार्यालयको सेवा वीरगञ्जमा स्थापना गर्ने सम्बन्धमा सरकारले चासो नदेखाएको भन्दै अध्यक्ष टेमानीले उद्योगीका लागि अत्यावश्यक राजश्व न्याधिकरणको कार्यालय, कम्पनी राजिष्टारको कार्यालय, ठुला करदाताको कार्यालय र श्रम अदालत जस्ता कार्यालय स्थापनामा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले उधारो उठाउन नसक्दा उद्योगी पलायन हुनुपर्ने अवस्था आएको भन्दै सो सम्बन्धमा कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

कार्यक्रममा भारतीय वाणिज्य दूत सतिश पटापु, प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, मधेशका पूर्व मुख्य मन्त्री लालबाबु राउत गद्दी, मधेश प्रदेश उद्योग विभागका महानिर्देशक रिमा साह, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, वीरगञ्ज भन्सारका प्रमुख दिपक लामिछाने लगायतले हालको आर्थिक अवस्था तथा उद्योगीका समस्या बारेमा आफ्नो धारणा राख्नुभएको थियो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM