२०८२ माघ ९ गते, शुक्रबार १०:५३

प्रादेशिक अस्पताल जोमसोममा १९ महिनापछि प्रसूति शल्यक्रिया सुरु

१ चैत, हेटौंडा । गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित प्रादेशिक अस्पताल जोमसोममा १९ महिनासम्म अवरुद्ध भएको प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ ।

हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा शल्यक्रियाबाट प्रसूति गराउने एकमात्र अस्पताल जोमसोम अस्पताल हो । तर, यहाँ विगत १९ महिनादेखि प्रसूति सम्बन्धी विशेषज्ञ चिकित्सकको अभावमा शल्यक्रियाबाट प्रसूति सेवा अवरुद्ध थियो । यसबीचमा शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवती म्याग्दीको बेनी वा पोखरासम्म जानुपर्ने बाध्यता थियो ।

अस्पतालमा बुधवार २३ वर्षीया गर्भवतीको शल्यक्रिया गरी दुई किलो पाँच सय ग्राम तौलको बच्चा जन्मिएको अस्पतालका कन्सल्टेण्ट मेडिकल जेनरलिष्ट डा. विशाल सापकोटाले जानकारी दिए  ।

चिकित्सक मुखिया घलेको १९ महिनाअघि सरुवा भएपछि पाँच महिना अघि मात्रै सापकोटा अस्पताल पुगेका थिए । गण्डकी प्रदेश सरकार मातहतको जोमसोम अस्पतालमा विशेषज्ञ चिकित्सक डा. सापकोटा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ अन्तर्गत करारमा खटाइएका हुन् ।

आफू आएको ५ महिनापछि बुधवार पहिलो पटक शल्यक्रियाबाट प्रसूति गराइएको उनले बताए । ‘यहाँ चिकित्सक नभएर गर्भवतीहरु पोखरा वा म्याग्दीको बेनी अस्पतालमा जाने गर्नु भएको रहेछ । त्याहाँ कोठा भाडामा लिएर बच्चा जन्माएर मात्रै घर फर्किने गर्नु भएको रहेछ । अब त्यसो गरिराख्नु पर्दैन’ सापकोटाले अनलाइनखबरसँग भने ।

१९ महिनाभित्र करिब १५० जना भन्दा बढीले पोखरा वा म्याग्दीको बेनी अस्पतालमा गएर बच्चा जन्माउने गरेको पाइएको डा. सापकोटाले बताए । विगतमा भिडियो एक्सरे सेवासमेत अस्पतालमा नहुँदा गर्भवती महिलाहरु ९ महिनासम्मै पोखरामा बसेर सुत्केरी भएपछि मात्रै घर फर्कने गरेको पाइएको उनी बताउँछन् ।

 जोमसोम अस्पताल दुर्गम क्षेत्रमा रहेकाले चिकित्सकहरु जान मान्दैनन्, जसकारण जोमसोम अस्पताल १४ महिनासम्म विशेषज्ञ चिकित्सकविहीन बन्न पुगेको थियो ।

बुधबार भने जोमसोममै सापकोटा नेतृत्वमा डा. तेजस नेपाल (प्रदेश अस्पताल जोमसोमका मेडिकल सुपरिटेन्डेन्ट), डा बिसर्जन नेपाली, डा. मनिष कोइराला, डा. अशोक चापागाई टोलीले  शल्यक्रिया गरेको थियो। उनीहरुलाई प्रादेशिक अस्पताल कुश्माका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले सघाएका थिए ।

प्रसूति सेवा सञ्चालनका लागि तालिम प्राप्त स्टाफ नर्सको अभाव भएको डा. सापकोटाले गुनासो गरे । निर्माणाधीन भवन पुरा नहुँदा सेवा प्रवाहमा चुनौति रहेको उनको भनाइ छ । भिडियो एक्सरे सेवा पनि सुरु भएको अस्पतालमा चार वटा सोल्जर डिस लोकेशन (पाखुरामा फुस्केको गेडी ठिक ठाउँमा ल्याएर राख्ने) सेवा पनि गरिएको डा. सापकोटाले बताएका छन् ।

जान मान्दैनन् विशेषज्ञ चिकित्सक

 जोमसोम अस्पताल दुर्गम क्षेत्रमा रहेकाले चिकित्सकहरु जान मान्दैनन्, जसकारण जोमसोम अस्पताल १४ महिनासम्म विशेषज्ञ चिकित्सकविहीन बन्न पुगेको डा. सापकोटाको दाबी छ ।

‘विशेषज्ञ चिकित्सकहरु यहाँ आउन नमान्ने गरेको पाइयो । एउटा दुर्गम क्षेत्र, अर्को विशेषज्ञ चिकित्सकको सेवासुविधा पनि नभएकाले अरुचिको विषय बनेको जस्तो लाग्यो । यसकारण जोमसोमका महिलाले दुःख पाउनु परेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘अब पोखरा, म्याग्दी जाने गरेकालाई यतै रोकेर भरपर्दो सेवा दिन्छौं ।’

अस्पतालमा कार्यरत चिकित्सकहरुलाई प्रोत्साहन भत्ताका लागि मुस्ताङका पाँच वटा स्थानीय तहहरुले मासिक दरले सेवासुविधा उपलब्ध गराउने निर्णय गरेपनि कार्यान्वयनमा जान नसकेको चिकित्सकहरुले बताएका छन् ।

दरबन्दी अनुसारका चिकित्सक, स्वास्थ्यकर्मी, पूर्वाधार र उपकरणको अभाव झेलेको अस्पतालले हाइड्रोसिल, हर्निया र एपेन्डिक्सको पनि शल्यक्रिया सेवा सञ्चालन गरेको जनाइएको छ ।

जोमसोममा २०२९ सालमा स्वास्थ्य चौकी आएको थियो । त्यही स्वास्थ्य चौकी हाल २५ शय्याको प्रादेशिक अस्पताल बनेको छ । अस्पतालमा एक जना विशषेज्ञ चिकित्सक र एक जना मेडिकल अफिसरको मात्रै दरबन्दी रहेको डा. सापकोटाले जनाए ।

विशेषज्ञ चिकित्सक, ४ जना मेडिकल अफिसर, ४ जना नर्स, ४ जना हेल्थ एसिसटेन्ट, २ जना ल्याबलगायतका गरी १७ जना मात्रै प्राविधिक कर्मचारी छन् । अस्पतालमा कूल ३० जना कर्मचारी रहेका छन् ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM