Sunday, March 23, 2025
घरसमाचारहेटौंडामा होली : ११ जना पक्राउ, ८ वटा सवारी नियन्त्रणमा

हेटौंडामा होली : ११ जना पक्राउ, ८ वटा सवारी नियन्त्रणमा

फाइल तस्वीर


२९ फागुन, हेटौंडा । हेटौंडाबाट होली खेल्ने क्रममा झगडा गर्ने ११ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

हेटौंडाको विभिन्न स्थानमा होली खेल्ने क्रममा झगडा गर्ने ११ जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

हेटौंडा बजारको स्कुलरोड, मउवा संघ चोक, संगम चोकलगायतका क्षेत्रमा सामूहिक रुपमा होली कार्यक्रम गरिएको थियो । प्रहरीले घटनास्थल र पक्राउ परेकाहरुको नाम खुलाएको छैन ।

प्रहरीले मादक पदार्थ सेवन ९मापसे० गरी चलाएको कारण ८ जना सवारीसाधन नियन्त्रणमा लिएको छ । मापसे गरी चलाएकोले एउटा कार र मोटरसाइकल ६ वटा तथा ३ जना सवार रहेको एउटा स्कुटर नियन्त्रणमा लिइएको डिएसपी अर्यालले बताए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -