२०८२ मंसिर १९ गते, शुक्रबार २३:५९

ट्याक्सी चालक हत्या प्रकरण : भागेर भारतमै घरजम, १५ वर्षपछि समातिए

२९ फागुन, काठमाडौं । भक्तपुरमा १५ वर्षअघि ट्याक्सी चालक मेघ लामाको हत्या गरेर फरार भएका व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्यामा दोषी ठहर भएर जन्मकैदको फैसला सुनाइएका काभ्रेको साविक भुग्देउ महांकाल गाविस-७ घर भएका ३७ वर्षीय बाबु तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीले औपचारिक रूपमा झापाको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट समातिएको बताए पनि उनी भारतबाट पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार उनलाई भारतको चेन्नईबाट पक्राउ गरेर बुधबार काठमाडौं ल्याइएको हो । चेन्नई उनी पछिल्लो समय एक होस्टलमा कुकको काम गर्दै आएको एक अनुसन्धान अधिकृतले बताए ।

‘हत्या लगत्तै उनी फरार भएर भारत पुगेका थिए । पटक-पटक काम परिवर्तन गर्दै आएका उनी पछिल्लो समय भने होस्टलमा कुकको काम गर्न थालेका रहेछन्,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई भने, ‘होस्टलबाट उनलाई समातेर ल्याइएको हो ।’

विवाह समेत गरिसकेका उनी कहिले परिवारलाई भारतमै राख्ने र कहिले नेपाल पठाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

‘ट्याक्सी चालकको हत्या गर्दा २२ वर्षका बाबु तामाङ अहिले घरजम गरेर चेन्नईमा बस्न थालेको सूचना पाएपछि पक्राउ गरेका हौं,’ एक अधिकृत भन्छन् ।

तामाङलाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको र अब यो घटनाका सबै अभियुक्त कानुनी दायरामा आएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

यसअघि यही घटनामा संलग्न रहेर फरार भएका वीरमान लामालाई ९ फागुनमा पक्राउ परेर अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको थियो । उनलाई पनि प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याएको थियो । उनी पक्राउ परेका २० दिनमै बाबु तामाङ पक्राउ परेका हुन् ।

ट्याक्सी चालक मेघको हत्या घटना भएका बेला प्रहरीले काभ्रे महांकालका विनोद लामा र काभ्रे ‍र्‍यालेका श्याम तामाङलाई पक्राउ गरेको थियो । हाल पक्राउ परेका वीरमान र बाबु भने १५ वर्षसम्म फरार हुन सफल भएका थिए ।

चारै जनाविरुद्ध भक्तपुर जिल्ला अदालतले ३ भदौ २०७८ मा २० वर्ष कैदको फैसला गरेको थियो । यसअघि पक्राउ परेका वीरमानलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको थियो ।

आज सार्वजनिक बिदा परेकाले भोलि अदालत उपस्थित गराएर फैसला कार्यान्वयनका लागि कारागार पठाउने प्रहरीको तयारी छ ।

सानुबुबा नाता पर्नेबाटै लुटपाटका लागि हत्या

मेघ लामा बा १ ज ०१४ नम्बरको ट्याक्सी चालक चलाउँदै आएका थिए । चार जनाको समूहले २५ मंसिर २०६६ को राति ठमेलबाट कोटेश्वर जान भन्दै काभ्रेको महादेवटार घर भएका मेघले चलाएको ट्याक्सी बुक गरे ।

कोटेश्वर पुगेपछि लोकन्थलीसम्म पुर्‍याइदिन भन्यो । ट्याक्सीमा आफ्नै सानोबुवा नाता पर्ने विनोद लामा पनि भएकाले मेघले सहजै स्वीकारे । नरेफाँट हुँदै जडीबुटी जाने क्रममा ट्याक्सी चलाइरहेका बेला मेघको हत्या भयो ।

चालक सिटमै घाँटी र खुट्टा मफलर बाँधेर राखेको अवस्थामा उनी राति १२ बजेतिर मृत भेटिएका थिए । त्यसपछि प्रहरीले उक्त घटनाको अनुसन्धान गर्दा सानोबुवा नाता पर्ने विनोदको योजनामा लुटपाट गर्ने उदेश्यले हत्या गरेको खुलेको थियो ।

लगत्तै प्रहरीले विनोद र श्याम तामाङलाई पक्राउ गरेको थियो । उनीहरुले पनि हत्या स्वीकार्दै लुटपाटका लागि हत्या गरेको बयान दिएका थिए । ट्याक्सी चालक मेघको हत्यापछि उनको खल्तीमा रहेको २५ हजार लुटिएको थियो ।

चालकको साथमा रहेको रकम लुट्ने उदेश्य उनीहरूको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उनको साथबाट लुटिएको २५ हजार रुपैयाँ उनीहरूले बाँडफाँट गरेका थिए ।

हत्या गरिएका मेघ तीन वर्ष कतार बसेर आएका थिए । विदेशबाट कमाएर ल्याएको ठूलो रकम हुनसक्ने भन्दै उनीहरूले लुटपाटका लागि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको थियो ।

त्यसका लागि चार दिनदेखि योजना बनाएर मेघको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो । ९ फागनुमा भारतबाट पक्राउ परेका वीरमानले फोन सम्पर्क गरी मेघलाई भेट्ने चाँजोपाँजो मिलाएका थिए । उक्त फोन कलकै आधारमा अनुसन्धान गरेर प्रहरीले हत्याराको पहिचान गरेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM