२०८३ जेष्ठ ९ गते, शनिबार १०:०४

बर्दियामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु




बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-२ बलातीमा जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको छ।

गए राति करिब ११ बजे घर छेउको खेतमा हात्तीले गहुँ खाइरहेको थाहा पाएपछि धपाउन निस्किएका थारूलाई हात्तीले आक्रमण गरेको थियो। टर्च बाल्नेबित्तिकै हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन्। आक्रमणबाट थारूको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि अधिकारीले बताउनु भयो ।

घर छेउमै आएर हात्तीले आक्रमण गरी मारेपछि स्थानीय आक्रोशित भएका छन्। हात्ती बस्तीमा पसेको सूचना निकुञ्जले समयमै नदिएको उनीहरूको आरोप छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM