Sunday, March 23, 2025
घरसमाचारअनुमतिविना फोहोर नउठाउन काठमाडौं महानगरले गर्‍यो सूचित, नत्र जरिबाना

अनुमतिविना फोहोर नउठाउन काठमाडौं महानगरले गर्‍यो सूचित, नत्र जरिबाना

२८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमतिविना चोक तथा सडकबाट फोहोर उठाउने र छान्ने काम नगर्न सरोकारवालालाई सूचित गरेको छ ।

महानगरले नगरजन्य फोहोरमैला अन्तर्गत अजैविक (सुक्खा) फोहोर व्यवस्थापन गर्न विभिन्न ७ क्षेत्रमा सुक्खा फोहोर रिकभरी सुविधा सञ्चालन गर्न लागेको समेत जनाएको छ ।

सोहीकारण अनुमति नलिई चोक तथा सडकबाट व्यावसायिक रूपमा फोहोर उठाउने र छान्ने काम नगर्न समेत महानगरले सूचित गरेको हो । सूचना अटेर गरी काम गरे कारबाही र जरिबाना समेत हुने महानगरले जनाएको छ ।

हेर्नुहोस् सूचना :

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -