Sunday, March 23, 2025
घरसमाचारराखेपका चार बोर्ड सदस्यको पद कायम राख्न अदालतको फैसला

राखेपका चार बोर्ड सदस्यको पद कायम राख्न अदालतको फैसला

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का चार बोर्ड सदस्यलाई पदमा कायम राख्न सर्वोच्च अदालतले फैसला गरेको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राखेपका चार सदस्यलाई हटाउने निर्णयविरूद्व सर्वोच्च अदालतले मंगलबार फैसला सुनाएको हो ।

राखेप बोर्ड सदस्यबाट हटाउने खेलकुदमन्त्रीको निर्णयविरूद्ध अन्जन धमला, प्रकाश कुसारी, जनक बर्तौला र मोहमद फाजिलले सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतले निवेदनमाथि सुनुवाई गर्दै रिट राखेपका चार बोर्ड सदस्यको पद कायम राख्न फैसला सुनाएको हो ।

युवा तथा खेलकुद मन्त्री चौधरीले मन्त्रालयको नेतृत्व सम्हालेपछि माओवादी केन्द्रको सिफारिसमा बोर्ड सदस्य भएका चार जनालाई २०८१ साल भदौ ९ गते पद रिक्त भएको भन्दै पत्र काटेर पद मुक्त गरेका थिए ।

मन्त्री चौधरीको निर्णयविरुद्ध चार बोर्ड सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि अन्तरिम सुनुवाई गर्दै अदालतले उक्त निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।

अदालतको निर्णय विरुद्ध मन्त्री चौधरी भ्याकेटमा समेत गएका थिए । उनले अन्तरिम आदेश बदरको माग सहित अदालतमा निवेदन समेत दिएका थिए ।

रिटमाथि अन्तिम सुनुवाई गर्दै न्यायाधिशद्धय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले निवेदकको माग बमोजिम रिट जारी गरिदिएको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -