२०८२ फाल्गुन २४ गते, आईतवार १६:०२

स्ववियु चुनाव : देउवा–गगन निकटले टिकट पाएपछि शेखर पक्षको बागी उम्मेदवारी

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा स्ववियुका उम्मेदवारबीच सहमति जुट्न नसकेपछि संस्थापनइतरका नेता डा. शेखर कोइराला पक्षले छुट्टै उम्मेदवार खडा गरेका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीबाट गठित निर्देशक समितिलाई नेविसंघका उम्मेदवार टुंगो लगाउन सहजीकरणका लागि निर्देशन दिएका थिए । सहमहामन्त्री किशोरसिंह राठोर संयोजक रहेको उक्त समितिमा केन्द्रीय सदस्यहरू प्रतिमा गौतम र राजिव ढुङ्गाना सदस्य छन् ।

संस्थापनइतरबाट कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई नेता डा.शेखर कोइरालाले खटाएका थिए । संघबाट स्ववियुका उम्मेदवार टुंगो लगाउन हिजो र आज अबेर दिउँसोसम्म बैठक बसेको थियो ।

उपत्यकाका क्याम्पसहरूमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा पक्षबाट अध्यक्षको उम्मेदवारका लागि टिकट पाएका छन् ।

काठमाडौंका क्याम्पसमा भागबण्डामा सहमति जुट्न नसक्दा नेविसंघबाट बागी उम्मेदवारी परेको हो । ‘जहाँ जुन व्यक्ति बलियो छ त्यसकै आधारमा र जित्न सक्नेलाई उम्मेदवार बनाएको’ केन्द्रीय सदस्य राजिव ढुङ्गानाले जानकारी गराए ।

त्रिभुवन विश्वविद्यालय, किर्तीपुरमा वर्तमान उपाध्यक्ष अनोज कार्की नेविसंघको आधिकारिक उम्मेदवार बनेका छन् । नेता शेखर कोइराला पक्षका विद्यार्थीले टिकट पाउन नसकेपछि स्वतन्त्र उम्मेदवारका रुपमा सनम ओलीले अध्यक्षमा मनोनयन दर्ता गरेका छन् ।

लोकतान्त्रिक दल भएकाले आदेशात्मक प्रणाली नभएको शेखर पक्षका नेता एवं कोशीका पूर्व मुख्यमन्त्री कार्कीको भनाइ छ । उनी भन्छन्, ‘आफ्नो क्षमता जाँच्छु भनेर कसैले भन्यो भने वैयक्तिक स्वतन्त्रतालाई कहाँ रोक्न सक्छौं र ?’

आरआर क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारमा अध्यक्षका लागि विनोदराज जोशीले नाम दर्ता गरेका छन् । कमर्स क्याम्पस मीनभवनमा रवीन ओली, पुल्चोक इन्जिनियररिङमा ऋिषभ गिरी उम्मेदवार बनेका छन् । जोशी र ओली पार्टीका संस्थापन पक्षधरका हुन् भने गिरीलाई सर्वसम्मत रुपमा चयन गरेर नाम पठाइएको थियो ।

वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा सफल गुरुङ उम्मेदवार बनेका छन् । आरआर क्याम्पसमा नेविसंघको बागी उम्मेदवारी परेको छ । शेखर पक्षबाट दीपेन्द्र रावतले उम्मेवारी दिएका छन् ।

नेविसंघबाट त्रिचन्द्रमा गोविन्द कोइराला र अस्कलमा राजु लामिछाने अध्यक्षको उम्मेदवार बनेका छन् । कोइराला र लामिछाने महामन्त्री गगन थापा निकट हुन् ।

त्रिचन्द्रमा आधिकारीक उम्मेदवार कोइराला बनेपछि नेता शेखर पक्षबाट सागर न्यौपानेको उम्मेदवारी परेको छ । पोखरास्थित पीएन क्याम्पसमा अध्यक्षमा सुशील न्यौपानेले उम्मेदवारी दिएका छन् । थापाथली क्याम्पसमा प्रल्हाद खड्कालाई नेविसंघले टिकट दिएको छ भने शेखर पक्षबाट शिशिर सापकोटा उम्मेदवार बनेका छन् ।

सानोठिमीमा नेविसंघ र अखिल (क्रान्तिकारी)ले चुनावी तालमेल गरेका छन् । अध्यक्ष अखिललाई दिएर नेविसंघले तालमेल गरेको हो ।

त्रिचन्द्र क्याम्पसमा नेविसंघविरुद्ध सात विद्यार्थी संगठनले चुनावी गठबन्धन गरेका छन् ।

अनेरास्ववियुबाट अध्यक्ष बनाएर सात विद्यार्थी संगठनले स्ववियुमा प्रतिस्पर्धा गर्न लागेका हुन् । छ वटा कम्युनिस्ट पार्टीधर विद्यार्थी संगठन र एउटा आदिवासी जनजाति महासंघको विद्यार्थी संगठनले चुनावी तालमेल गरेका छन् ।

प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय आजको लागि तोकिएको थियो ।

विद्यार्थी कल्याणाकारी परिषदका अनुसार दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ र नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक २९ फागुनका लागि तोकिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM