२०८२ फाल्गुन २४ गते, आईतवार १६:२९

कुख्यात भारतीय अपराधी नेपाली राहदानी बोकेर काठमाडौंबाट फिलिपिन्स भागेको खुलासा

२७ फागुन, काठमाडौं । भारतका एक कुख्यात अपराधी नेपाली नागरिकता र राहदानी बनाएर काठमाडौं हुँदै फिलिपिन्स भागेको खुलेको छ ।

भारतमा मोस्ट वान्टेड भएपछि सन् २०१८ मा नेपाल छिरेका जोगिन्दर गेओङ उर्फ जोगा डन केही वर्ष नेपाल बसेर धनुषा जिल्लाबाट जारी राहदानीका आधारमा विदेश भागेको खुलेको हो ।

जिल्ला प्रशासन कार्यालय, धनुषाबाट कान्त गुप्ताको नाममा जारी नागरिकताको आधारमा बनेको राहदानीबाट उनी फिलिपिन्स गएको पाइएको उच्च सुरक्षा स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ ।

भारतीय प्रहरीको अनुरोधमा गेओङविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेको थियो । त्यसको आधारमा गेओङलाई फिलिपिन्सको स्थानीय प्रहरीले बाकोलोड सिटीमा पक्राउ गरेर १ फेब्रुअरीमा नयाँ दिल्ली डिपोर्ट गरेको थियो । त्यसपछि उनी बैंकक हुँदै दिल्ली पुगेका थिए ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने बित्तिकै उनलाई दिल्ली पुलिसको स्पेशल सेल र हरयाणा पुलिसको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

गिरफ्तारीपछि दिल्ली पुलिसका अधिकारीहरुले गरेको सोधपुछका क्रममा उनले आफ्नो नेपाल कनेक्सनबारे खुलाएका थिए । त्यसपछि दिल्ली पुलिसले नेपालस्थित भारतीय दूतावासलाई समेत यसबारे खोजी गरिदिन अनुरोध गरेको स्रोतको भनाइ छ । ‘काठमाडौंस्थित दूतावासले उनीबारे गृह मन्त्रालय र प्रहरीसँग चासो राखेको छ’, उच्च सुरक्षा स्रोतले भन्यो, ‘यो नेपालको राष्ट्रिय सुरक्षासँग समेत जोडिएका विषय भएकाले हामीले पनि जाँच थालेका छौं ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले चाहिँ यसबारे अनभिज्ञता जनाए । ‘गृह मन्त्रालयबाटै छानबिन भइरहेको हुनसक्छ’, उनले अनलाइनखबरसँग भने ।

गृह प्रशासनले नागरिकता र राहदानी जारी भएको फेला पारेपनि त्यसका लागि पेश गर्नुपर्ने अन्य कागजातहरु सरकारी अड्डामा फेला पार्न सकेन

अध्यागमनको रेकर्डमा भेटियो विवरण

स्रोतका अनुसार, भारतीय पक्षले चासो देखाएपछि सरकारी अधिकारीहरुले अध्यागमन विभागको रेकर्ड समेत हेरेका थिए ।

त्यस क्रममा धनुषाबाट जारी नागरिकता र राहदानीको आधारमा उनी सन् २०२० जुलाईमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिलिपिन्सको राजधानी मनिला गएको भेटिएको स्रोतको भनाइ छ ।

‘पछि २०२४ को फेब्रुअरीमा उनी फेरि काठमाडौं आएको देखिन्छ, १५ दिन बसेर उनी फर्किएका छन्’, स्रोतले अनलाइनखबरसँग भन्यो । भारतीय सुरक्षा अधिकारीहरुले नेपाल प्रहरीलाई दिएको जानकारी अनुसार, गेओङ पहिलो पटक सन् २०१८ मा नेपाल प्रवेश गरेका थिए ।

उनका दाइ सुरेन्द्र गेओङ ८ अप्रिल २०१७ मा हरियाणा प्रहरीसँगको मुठभेडमा मारिएपछि जोगिन्दर लुकिछिपी सीमा क्षेत्रमा बस्दै आएका थिए ।

दिल्ली पुलिसका अनुसार, लामो समयदेखि यी दाजुभाइ मिलेर भारतमा हत्या, अपहरण, फिरौती असुलीको धन्दा चलाउँदै आएका थिए । उनीहरुविरुद्ध कम्तिमा ३० वटा गम्भीर प्रकृतिको मुद्दा अदालतमा दर्ता थियो ।

भारतको अखबार दैनिक ट्रिब्यूनका अनुसार, सुरेन्द्र २३ मे २०१६ मा पेरोलमा छुटेपछि सम्पर्कविहीन भएका थिए, त्यही बेला उनी प्रहरी मुठभेडमा मारिएका हुन् । त्यसपछि पेरोलमा बाहिर रहेका निस्किएका जोगिन्दरले दाजुको मृत्युको बदला लिन जयदिप शर्मा नामक व्यक्तिको हत्या गरेका थिए । शर्माले दाजुको सुराकी प्रहरीलाई दिएको उनको आरोप थियो ।

दिल्लीमा स्पेशल सेलका अधिकारीहरुको नियन्त्रणमा जोगिन्दर ।

त्यसपछि उनी भागेर नेपाल प्रवेश गरेको दिल्ली पुलिसका अधिकारीहरुले काठमाडौंका सुरक्षा अधिकारीहरुलाई जानकारी दिएका छन् । स्रोतका अनुसार, एक जना अर्का फरार अपराधीको सहयोगमा जोगिन्दर पूर्वी नाकाबाट नेपाल प्रवेश गरेका थिए ।

‘त्यसपछि उनी धरानमा गएर एउटा फ्ल्याट भाडामा लिएर बसेको पाइएको छ’, एक प्रहरी अधिकृतले भने, ‘धरानमा दुई वर्ष बसेका बेला उनले नेपाली नागरिकसँग विवाह गरेको समेत भेटिएको छ ।’

सुरक्षा स्रोतका अनुसार, धरानमा जोगिन्दर कपडा व्यवसायीको आवरणमा बस्दै आएका थिए ।

‘त्यहाँ उनी आफ्नो फ्ल्याट नजिकै बस्ने एक युवतीसँग नजिकिएका थिए, पछि उनैसँग विवाह पनि गरेको पाइएको छ’, स्रोतले भन्यो, ‘सन् २०२० मा फिलिपिन्स जाँदा उनले ती युवतीलाई पनि लगेको अध्यागमन विभागको रेकर्डमा देखिन्छ ।’

स्रोतका अनुसार, त्यसबेलासम्म उनको एउटा बच्चा पनि भइसकेको थियो । पछि २०२४ मा आउँदा युवती र बच्चालाई काठमाडौंमै छाडेर उनी फर्किएको पाइएको छ ।

‘तर उनी पक्राउ पर्नुअघिसम्म पनि कान्त गुप्ता अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् भन्ने ती युवतीलाई थाहा रहेनछ’, स्रोतले थप्यो, ‘नेपालीमा सुरक्षित साथ बस्नलाई उनले यहीँ गृहस्थी गरेको जस्तो देखिन्छ ।’

अहिले ती युवती काठमाडौंको पेप्सीकोला क्षेत्रमा बस्दै आएकी छन् ।

प्रशासनका अधिकारीहरुको संलग्नता आशंका

नेपाल प्रहरी स्रोतका अनुसार, अध्यागमन विभागबाट जोगा डनको विवरण हेरेपछि राहदानी विभागसँग थप विवरण मागिएको थियो ।

त्यसक्रममा उनको नागरिकता र राहदानी मात्र फेला परेको छ भने सम्बन्धित अन्य कुनै पनि कागजात नभेटिएको स्रोतले अनलाइनखबरसँग बताएको छ ।

काठमाडौंबाट फिलिपिन्स पुगेपछि उनले त्यहीँबाट आफ्नो समूहलाई पुनः संगठित गरेर असुलीको धन्दा चलाइरहेको भेटिएको प्रहरी बताउँछ

‘प्रशासनबाट नागरिकता र राहदानी जारी भएको छ, तर अरु कुनै पनि कागजात भेटिँदैन’, एक सुरक्षा अधिकृतले भने, ‘यसमा प्रशासनका अधिकारीहरुको पनि संलग्नताको आशंका छ ।’

विदेशी नागरिकलाई नागरिकता दिइएको अरु मामलाबारे समेत जाँच गरेका एक अधिकृतको भनाइमा, जोगिन्दरले प्रयोग गरेको नागरिकता र राहदानी जारी गर्दा पेश गर्नुपर्ने विवरणहरु फेला नपर्नु अनौठो हो ।

यसपछि नेपाली सुरक्षा अधिकृतहरुले भारतीय प्रहरीसँग समेत समन्वय गरेका थिए । त्यसक्रममा दिल्ली पुलिसका अधिकृतहरुले आरोपी जोगिन्दरसँगै नेपाली नागरिकता र राहदानी कसरी बनाएको भनेर सोधपुछ गरेका थिए ।

त्यसक्रममा उनले जनकपुरमा एक जना विचौलियाले अढाइ लाख नेपाली रुपैयाँमा ती कागजात बनाइदिएको खुलाएका छन् । भारतीय पक्षले त्यसरी रकम लिने व्यक्तिको नाम समेत नेपाल प्रहरीलाई दिएका छन् ।

‘पहिले बिहार बस्ने ती व्यक्ति जनकपुर आएर भारतीय अपराधीलाई नेपाली कागजात बनाइदिने काम गर्दा रहेछन्’, स्रोतले भन्यो, ‘उनले पहिले पनि अपराधीलाई राहदानी बनाइदिएकाले त्यही कनेक्सनमार्फत जोगिन्दर ऊसम्म पुगेको रहेछ ।’

यसमा अरु को–को नेपाली अधिकारी जोडिएका छन् भन्ने विषय चाहिँ विस्तृत जाँचको विषय भएको अधिकारीहरु बताउँछन् ।

जोगा डन : जो सांसद्सँगै फिरौती माग्थे

दिल्ली पुलिसको स्पेशल सेलका एसीपी प्रमोद सिंह कुशवाहाका अनुसार, जोगिन्दर एक खुंखार डन हुन् ।

‘उनले कर्नाल, पानीपत, कैथल लगायतको क्षेत्रमा चिकित्सक, ठेकेदार, मदिरा व्यवसायी र अन्य आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुसँग जबरजस्ती रकम असुली गरेर आतंक फैलाएका थिए’, जोगिन्दर पक्राउ पर्दा जारी गरेको विज्ञप्तिमा उनले लेखेका छन्, ‘विदेशमा बसेर अपराध गरेका उनलाई सन् २००८ मा पनि उनलाई दक्षिण अफ्रिकाबाट समातेर ल्याएका थियौं ।’

जेलबाट छुटेपछि उनले फेरि गम्भीर अपराध गरेर नेपाल भागेको उनले उल्लेख गरेका छन् । ‘त्यसपछि उनी कानूनबाट बच्न २०२० मा नेपाल हुँदै फिलिपिन्स गएका थिए’, उनले भनेका छन्, ‘उनी तिनै अपराधी हुन्, जसले इण्डियन नेशनल कंग्रेसका नेता रणदीप सिंह सुरजेवालालाई ज्यान मार्ने धम्की दिएका थिए ।’

सन् २०२५ को जनवरीमा राज्यसभा सदस्य सञ्जय यादवलाई ज्यान मार्ने धम्की आएको सार्वजनिक भएको थियो, त्यसमा पनि जोगिन्दरको नाम जोडिएको दिल्ली पुलिसको स्पेशल सेलले भनेको छ । त्यसबेला यादवलाई २० करोड रुपैयाँ फिरौती मागिएको थियो ।

अधिकारीहरुका अनुसार, फिलिन्सि गएपछि पछिल्लो समय उनले त्यहीँबाट आफ्नो आपराधिक संगठन चलाउँदै आएका थिए ।

‘फिलिपिन्सबाटै आफ्नो समूहलाई पुनः संगठित गरेर उनले असुलीको धन्दा थालेको पाइएको छ’, दिल्ली पुलिसको स्पेशल सेलले भनेको छ, ‘उनी र प्रहरी मुठभेडमा मारिएका सुरेन्द्र ग्याङस्टर कौशल चौधरीका सक्रिय सहयोगी पनि थिए, जसको माध्यमबाट उनीहरु खालिस्तानी टाइगर फोर्स (केटीएफ) का आतंककारी अर्स डल्ला र लक्की पटियालसँग समेत नजिकको सम्पर्कमा थिए ।’

चौधरी भारतका चर्चित ग्याङस्टर लरेन्स विश्नोईको प्रतिष्पर्धी समूहको नेतृत्व गर्छन् । दिल्ली पुलिसले जोगिन्दरको गिरफ्तारी र यसपछि हुने अनुसन्धान अपराधी–आतंवादी नेक्ससका लागि एउटा ठूलो झट्का साबित हुने भनेको छ ।

पुरानै श्रृंखला, हुँदैन गम्भीर अनुसन्धान

अन्तर्राष्ट्रिय अपराधिक समूहका व्यक्तिले नेपाली नागरिकता र राहदानी बनाएको भेटिएको यो पहिलो पटक होइन ।

सन् २०२० को जनवरीसम्म नेपालमा लुकेर बसिरहेका अन्डरवर्ल्ड डन छोटा राजनका सहयोगी एजाज युसुफ लकडावालले चितवनबाट नेपाली नागरिकता लिएको खुलेको थियो । दिल्ली प्रहरीले नै उनलाई ट्याक गरेपछि लकडावालले लक्ष्मण चौधरीको नाममा नागरिकता लिइसकेको खुलेको थियो ।

नेपाल प्रहरीको विशेष ब्यूरो स्रोतका अनुसार, भारतीय पक्षले उनी नेपालमा लुकेर बसेको भन्दै पटक–पटक खोजी गरिदिन अनुरोध गरेको थियो । सन् १९९२ सम्म दाउद इब्राहिमको समूहमै काम गरेका इजाज मुम्बई विस्फोटपछि छोटा राजनसँगै डि–कम्पनीबाट छुट्टिएका थिए ।

सुनसरीको हरिनगरा गाउँपालिका, भुटाहा बजारमा ५ असोज २०७५ मा गोली हानी हत्या गरिएका खुर्सिद अन्सारीमाथि पनि भारतीय पक्षले ‘आतंकवादी’लाई नेपाली नागरिकता बनाइदिन सहयोग गरेको आरोप लगाउँदै आएको थियो ।

नेपाल प्रहरीको आतंकवाद मामला हेर्ने विशिष्टकृत निकाय विशेष ब्यूरोका अधिकृतहरुका अनुसार, सन् २००० मा बनारस, गोरखपुर, अहमदावाद, लखनऊ, दिल्ली लगायत स्थानमा भएको शृङ्खलाबद्ध बम विस्फोटको घटनामा संलग्न चार जनालाई नेपाली नागरिकता बनाइदिन सहयोग गरेको आरोप उनीमाथि भारतीय पक्षले लगाएको थियो ।

उनीहरुको दाबीमा, बम विष्फोट प्रकरणका आरोपी डा. सहनवाज, अबु रसिद, मोहम्मद खनिद र सलमान शेख खुर्सिदकै घरमा बसेको थिए भने पछि त्यहीँबाट जारी नागरिकता र राहदानीको आधारमा विदेश भागेका थिए ।

अपराधिक गिरोहका सदस्यले नेपाली नागरिकता र राहदानी लिएको श्रृंखला यतिमा मात्र सीमित छैन । दुई वर्षअघिको ६० सुन तस्करी प्रकरणका आरोपीदेखि नेपालमा बसेका तिब्बती नागरिकले समेत नेपाली नागरिकता बनाएको भेटिएको उदाहरणहरु छन् । यस्तोमा प्रशासनले नागरिकता र राहदानी मामलामा आउने यस्ता सूचनाहरुलाई गम्भीरताका साथ लिएर संलग्नलाई कारबाही गर्नुपर्ने जानकारहरु बताउँछन् ।

अन्डरवर्ल्ड डन बब्बु श्रीवास्तवले पनि लिएका थिए नेपाली नागरिकता, हेर्नुस् यो भिडियो

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM