Sunday, March 23, 2025
घरसमाचारसाफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक

साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक




काठमाडौँ । भारतमा आयोजना हुने  साफ यु–१९  च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन् ।

काठमाडौँको सोल्टी होटलमा आज आयोजित एक कार्यक्रम सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा भारतसँगै श्रीलङ्का छ ।

त्यस्तै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस प्रतियोगितामा  पाकिस्तान भने सहभागी हुने छैन । भारतको अञ्चल प्रदेशमा हुने उक्त प्रतियोगिता अगामी मे ९ देखि १८ तारिखसम्म हुने तय भएको छ । रासस

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -