Sunday, March 23, 2025
घरसमाचार‘बक्सियोस्’ र ‘सवारी’ शब्दबाट पूर्वराजालाई राप्रपाको सम्मान

‘बक्सियोस्’ र ‘सवारी’ शब्दबाट पूर्वराजालाई राप्रपाको सम्मान

२७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले जनताको अवस्थासँग व्यवस्था समेत जोडिने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य र विशेष समयमा बोल्दै उनीहरूले जनताको अवस्था र वर्तमान व्यवस्थाबारे संवादमा जुट्न राजनीतिक दलहरूलाई आह्वान गरे ।

यो व्यवस्था (वर्तमान व्यवस्था) परिवर्तन हुन सक्दैन भन्ने संविधानमा कतै लेखिएको छैन,’ राप्रपाका सांसद ध्रुबबहादुर प्रधानले भने । आफूहरूलाई पश्चगामी नभन्न पनि उनको आग्रह छ ।

‘हामीले पश्चगामीको कुरा, पुनरुत्थानवादीको कुरा गरिरहेका छैनौं । यही व्यवस्थामा अहिलेकै सदनबाट एउटा स्पेस अभिभावकको भूमिका निर्वाह गर्न सक्ने राजसंस्था यहाँबाट हामीले स्थापना गर्न सक्छौं,’ प्रधानले भने ।

अहिले कानुनीशासनको पालना नभइरहेको उनले बताए । ‘हामी शालीनताका साथ भनिरहेका छौं, हामी कुरा गरौं, डायलग गरौं । समझदारीमा जाऔं,’ प्रधानको दलहरूलाई आग्रह छ ।

संसद्मा जे जस्ता अभिव्यक्ति भए पनि राजाको नामले संसद् तरंगित हुनुले खुशी तुल्याएको उनले बताए । संसद्मा भएको बहसले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्मान नै गरेको भन्दै उनले बक्सियोस्, सवारी जस्ता शब्द प्रयोग गरेर सम्मान प्रकट गरे ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा ७ फागुनमा राजाबाट शुभकामना व्यक्त हुँदै आफ्नो अभिभावकीय भूमिका बिर्सिबक्सेन,’ प्रधानले भने ।

राप्रपा सांसद प्रधानले पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा काठमाडौंमा भएको र्‍याली पनि सम्झिए । ‘२५ गते पोखराबाट फिर्ती सवारी हुँदा जनता स्वागत गर्न एयरपोर्टबाट निर्मलनिवाससम्म सरिक रह्यो’ उनले भने ।

राप्रपाकी सांसद रोशन कार्कीले २५ फागुनमा काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताइन् । त्यसैगरी, अरु ७३ जिल्लाका मान्छे उत्रिए के हुन्छ भन्ने उनको प्रश्न छ । वर्तमान सरकारको नालायकीपनका कारण २५ गतेको भिड जन्मिएको उनको भनाइ छ ।

‘२५ गतेको जुन भिड थियो, यो नालायक सरकारले जन्माएको भिड हो । तपाईंहरू जति सरकारमा बस्नहुन्छ यो भिड अझै बढ्दै जान्छ,’ उनले भनिन् ।

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -