२०८३ जेष्ठ ९ गते, शनिबार १७:५३

‘न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्नु सर्वोच्च अदालतको अर्जुन दृष्टि हुनुपर्छ’




काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गराई निष्पक्ष, छरितो, सहज एवम् सर्वसुलभ ढंगले न्याय प्रदान गरी न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्नु सर्वोच्च अदालतको अर्जुन दृष्टि हुनुपर्ने बताउनुभएको छ । 

सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले आत्मसाथ गरेको मूल्य र मान्यताको अधीनमा रही  संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाही समेटेर तयार गरिएका प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

उहाँले न्यायको पुनित उद्देश्य हासिल गर्ने अभियानलाई सार्थक तुल्याउन सर्वोच्च अदालतलगायत सबै तहका अदालत एवम् न्यायिक निकायले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताउँदै न्यायिक निष्पक्षता एवम् प्रभावकारी न्याय सम्पादनका लागि आगामी दिनमा अझ सशक्त भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM