२०८२ मंसिर २१ गते, आईतवार २१:५३

प्रधानमन्त्री कप : मधेश र गण्डकी प्रदेशको जित




रुपन्देही । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र गण्डकी प्रदेशले जित निकालेका छन् । तीन ब्याटरको अर्धशतकमा मधेशले कोशी प्रदेशमाथि फराकिलो जित निकाल्यो । मङ्गलवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा मधेशले कोशी प्रदेशमाथि १ सय ६५ रनको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा तीन ब्याटरको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा २ सय ८४ रनको बलियो योगफल खडा गर्‍यो । मधेशका लागि पवन सर्राफले ८५ बल खेलेर ९२ रन जोडे । यसक्रममा उनले ११ चौका र २ छक्का प्रहार गरे । यस्तै, ओपनर तथा कप्तान अनिलकुमार साहले ७५ रन बनाए । ७५ बलको सामना गरेका उनले १० चौका प्रहार गरे । दिपेश दासले नटआउट ५६ रन बनाए । उनले ६० बलमा ७ चौका र १ छक्का प्रहार गरे । बलिङमा कोशीका विपिन महतो र प्रकाश कार्कीले समान २–२ विकेट लिए ।

२ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा १ सय १९ रन बनाउँदा अलआउट भयो । कोशीका लागि शकिब हकले २५ रन बनाए । कोशीका ओपनरद्वय चिराग साह र अंकित सुवेदी दुवै डकआउट भएका थिए । बलिङमा मधेशका रुपेश सिंहले ९ ओभरमा २९ रन खर्चिएर ५ विकेट लिए । यस्तै, राजेश यादवले ३ विकेट हात पारे । पवन सर्राफ प्लेयर अफ द म्याच बने । जारी प्रतियोगितामा कोशीको यो लगातार दोस्रो हार हो भने मधेशको पहिलो जित हो ।

यता दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ । गण्डकीले जितका लागि पाएको जम्मा ९२ रनको सामान्य लक्ष्य २९ ओभर १ बलमा ६ विकेट गुमाउँदै ९५ रन बनाई पूरा गरी जित हात पार्यो । सहज लक्ष्य पाए पनि गण्डकीको सुरुवात कमजोर रह्यो । २१ रन जोड्दा ४ विकेट गुमायो । पहिलो क्रमका ३ खेलाडी समिर कँडेल बिना कुनै रन आउट भए । अर्जुन कुमाल र वंश क्षेत्री पनि समान ६ रन जोडेर प्याभेलियन फर्किए । लगतै सुवास भण्डारी पनि ४ रनमा आउट भए । यसपछि दीपक डुम्रेले सम्हालिँदै अविजित अर्धशतक प्रहार गर्दै टिमलाई जित दिलाए । उनले ७८ बल खेल्दै ७ चौकासहित अविजित ५० रन बनाए । सुजन गौतम अविजित २२ रनमा रहे । बलिङमा दीवान पुनले ३ र दीपेन्द्र रावतले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९१ रन बनायो । विपिन शाहीले सर्वाधिक २० रन बनाए । अर्जुन घर्तीले १७, विपिन रावतले १५ र हिमांशु शाहीले १२ रन बनाए । यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन छुन सकेनन् । बलिङमा गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले समान २–२ विकेट लिए । खेलमा दीपक डुम्रे प्लेयर अफ द म्याच भए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM