२०८२ माघ ५ गते, सोमबार १७:१९

एनएसएल २०२५ : चार टिममा विदेशी प्रशिक्षक अनुबन्ध, नेपाली प्रशिक्षक तीनजना

नेपालको राष्ट्रिय टिमका लागि समेत प्रो लाइसेन्स प्राप्त प्रशिक्षक रोज्न हम्मे हम्मे परेको बेला एनएसएलका फ्रेन्चाइज टिमहरुले भने युइएफए प्रो लाइसेन्स भएका विदेशी प्रशिक्षक अनुबन्ध गरिरहेका छन् ।

२७ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) नेपालको एक मात्र फ्रेन्चाइज फुटबल प्रतियोगिता हो । सन् २०२१ मा सुरु भएको एनएसएलको तेस्रो संस्करण आउने चैत १६ गतेदेखि (मार्च २९) देखि सुरु हुँदैछ ।

तेस्रो सिजनका लागि मिनी अक्सन र ड्राफ्ट सम्पन्न भएपछि अहिले टोलीहरु विदेशी खेलाडी अनुबन्ध गर्ने क्रममा छन् । सबै टोलीले आफ्नो प्रशिक्षक पनि घोषणा गरिसकेका छन् । केही टिमले तयारी पनि थालिसकेका छन् भने केही टिम विदेशी खेलाडीहरु अनुबन्ध गरिरहेका छन् ।

केही टिमले अक्सनअघि नै प्रशिक्षक घोषणा गरिसकेपनि केही टिमले भने अक्सनपछि मुख्य प्रशिक्षकको नाम सार्वजनिक गरेका छन् । अक्सनपछि प्रशिक्षक सार्वजनिक गर्ने दुई टिम थिए काठमाडौं रेजर्स र धनगढी एफसी । दुवैले विदेशी प्रशिक्षक नै रोजे । त्यसमा पनि युइएफए प्रो लाइसेन्स भएका ।

नेपालको राष्ट्रिय टिमका लागि समेत प्रो लाइसेन्स प्राप्त प्रशिक्षक रोज्न हम्मे हम्मे परेको बेला एनएसएलका फ्रेन्चाइज टिमहरुले भने युइएफए प्रो लाइसेन्स भएका विदेशी प्रशिक्षक अनुबन्ध गरिरहेका छन् ।

सुरुमा साविक विजेता ललितपुर सिटी एफसीले विदेशी प्रशिक्षक अनुबन्ध गरेको घोषणा गरेको थियो । त्यसपछि बुटवल लुम्बिनी, काठमाडौं रेजर्स र धनगढी एफसीले पनि विदेशी नै अनुबन्ध गरे ।

ललितपुरले इन्डियन सुपर लिग (आईएसएल) मा समेत प्रशिक्षण सम्हालिसकेका अनुभवी इंग्लिस प्रशिक्षक साइमन ग्रेसलाई अनुबन्ध गरेको छ । यस्तै बुटवल लुम्बिनीले भुटानी क्लब पारो एफसीका मुख्य प्रशिक्षक रहिसकेका पुष्पलाल शर्मालाई अनुबन्ध गरेको छ ।

काठमाडौं रेजर्स र धनगढी एफसीले पनि यस पटक युरोपियन प्रशिक्षक नै रोजेका छन् । काठमाडौंले बेल्जियमका अनुभवी प्याट्रिक डे विल्डे र धनगढीले स्पेनका जुवान मानुएल मार्टिनेज सेजलाई प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको छ ।

विदेशी प्रशिक्षक बढ्दै

एनएसएलको पहिलो संस्करणमा ७ टिम सहभागी हुँदा एक टिमले मात्र विदेशी प्रशिक्षक अनुबन्ध गरेको थियो । विराटनगर सिटी एफसीले भारतको यान ल लाई अनुबन्ध गरेको थियो ।

दोस्रो संस्करणमा विराटनगर सिटीले खेलेन । तर तीन नयाँ टिम थपिएको थियो र ९ टिमले प्रतिस्पर्धा गर्दा तीन टिमले विदेशी प्रशिक्षक भित्र्याएको थियो ।

त्यस बेला नयाँ टोली झापा एफसीले स्पानिस कोच ओरिएल मोहेडानोलाई अनुबन्ध गरेको थियो । यस्तै ललितपुर सिटीले अष्ट्रेलियाका इयान आन्द्रे गिलियन र एफसी चितवनले भारतका मेहराजुद्दिन वाडुलाई अनुबन्ध गरेको थियो ।

इयान आन्दरे गिलियनले ललितपुरलाई दोस्रो संस्करणमा च्याम्पियन नै बनाए । विदेशी प्रशिक्षक ल्याएका झापा र चितवन भने प्लेअफमै पुग्न सकेनन् ।

अहिले तेस्रो संस्करणमा आइपुग्दा टिम संख्या घटेर फेरि ७ मै आएको छ भने विदेशी प्रशिक्षकको संख्या भने बढ्दैछ ।

७ टिम मध्ये तेस्रो संस्करणका लागि चार टिमले विदेशी प्रशिक्षक रोज्दा तीन टिममा मात्र स्वदेशी प्रशिक्षक नियुक्त गरेका छन् ।

नेपालको प्रशिक्षक ३ मात्र

एनएसएलको तेस्रो संस्करणमा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये आधा भन्दा बढीले विदेशी प्रशिक्षक भित्र्याउँदा नेपालका भने तीन प्रशिक्षक मात्र मुख्य प्रशिक्षकको भूमिकामा छन् । तिन हुन् नविन न्यौपाने, प्रवेश कटुवाल र सुमन श्रेष्ठ । तीनै प्रशिक्षक एएफसी ए लाइसेन्स प्राप्त हुन् ।

न्यौपाने एफसी चितवन, कटुवाल झापा एफसी र श्रेष्ठ पोखरा थण्डर्सको मुख्य प्रशिक्षकमा छन् । न्यौपानेले यसअघि पोखरा थण्डर्सको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् भने कटुवाल र श्रेष्ठले पहिलो पटक एनएसएल टिम हेर्न लागेका हुन् ।

कटुवाल र श्रेष्ठका लागि एनएसएल नयाँ अनुभव हुनेछ । घरेलु फुटबलमा भने यी तीनै जनाले लगातार प्रशिक्षकको भूमिकामा काम गरिरहेका छन् । न्यौपाने र कटुवालले नेपाली पुरुष राष्ट्रिय टिमको अन्तरिम मुख्य प्रशिक्षकको भूमिकामा पनि काम गरिसकेका छन् । प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक समेत थिए ।

प्रवेश कटुवाल र सुमन श्रेष्ठले ए डिभिजन लिग समेत जितेका छन् भने नविन न्यौपाने प्रशिक्षकको रुपमा लिग उपविजेता समेत बनेका छन् ।

प्रवेश कटुवालले मुख्य प्रशिक्षकको रुपमा मछिन्द्र एफसीलाई लगातार दुई सिजन ए डिभिजन लिगको च्याम्पियन बनाएका थिए । यस्तै मनाङ मर्स्याङ्दी क्लबले ए डिभजन लिग जित्दा सुमन श्रेष्ठ प्रशिक्षक थिए । त्यसबेला उनलाई विदेशी प्रशिक्षक फुजा तोपेले पनि सघाएका थिए ।

सातै टिमको प्रशिक्षक परिवर्तन

एनएसएलको तेस्रो संस्करणमा आइपुग्दा सबै ७ टिमले प्रशिक्षक परिवर्तन गरेका छन् । यसअघि पहिलो र दोस्रो संस्करणमा केही टिमले प्रशिक्षकलाई निरन्तरता दिएपनि तेस्रो संस्करणमा आइपुग्दा भने सबैले नयाँ प्रशिक्षक रोजेका हुन् ।

पहिलो सिजन काठमाडौंलाई च्याम्पियन बनाएका बालगोपाल महर्जनलाई दोस्रो संस्करणमा निरन्तरता दिएको थियो । तर दोस्रो सिजन ठिकठाक भएपछि तेस्रो सिजन काठमाडौंले विदेशी प्रशिक्षक रोज्यो । काठमाडौंले घरेलु प्रशिक्षक मेघराज केसीलाई टेक्निकल डिरेक्टर नियुक्त गरेको छ ।

यस्तै ललितपुरलाई दोस्रो सिजन च्याम्पियन बनाएका इयान गिलयनको स्थानमा तेस्रो संस्करणमा इंग्लिस प्रशिक्षक साइमन ग्रेसनलाई भित्र्याएको छ ।

युगल किशोर राईले धनगढी एफसीलाई लगातार दुई उपविजेता बनाएका थिए । उपाधि जित्न प्रतिक्षा गरिरहेको धनगढीले पनि यस पटक विदेशी प्रशिक्षक रोजेको छ । स्पानिस प्रशिक्षक जुवान मानुएलको प्रशिक्षणमा धनगढीले राम्रो नतिजा ल्याउने विश्वास राखेको छ ।

यस्तै बुटवल लुम्बिनीले पनि यस पटक विदेशी प्रशिक्षक नै राखेको छ । एएफसी प्रो लाइसेन्स प्राप्त भुटानका पुष्प लाल शर्मालाई बुटवलले नयाँ प्रशिक्षक बनाएको हो । यसअघि बुटवल लुम्बिनीको प्रशिक्षकमा विजय महर्जन थिए ।

गत सिजन एनएसएल डेब्युमै स्पानिस प्रशिक्षक ल्याएको झापा एफसीले भने यस पटक घरेलु प्रशिक्षक नै रोजेको छ । त्यसमा पनि झापाले स्थानिय प्रवेश कटुवाललाई रोजेको हो । मछिन्द्र एफसीलाई लगातार दुई पटक ए डिभिजन लिगको उपाधि जिताएका कटुवालले राष्ट्रिय टिमको कार्यवाहक र सहायक प्रशिक्षक बनेर समेत काम गरिसकेका छन् ।

यसैगरी चितवनले पनि विदेशी प्रशिक्षक छाडेर नेपाली नै रोजेको छ । दोस्रो सिजन भारतमा मेहराजुद्दिनलाई प्रशिक्षक बनाएको चितवनले यस सिजन नविन न्यौपानेलाई मुख्य प्रशिक्षक बनाएको छ । चितवनले न्यौपानेको प्रशिक्षणमा नयाँ टिम बनाएर एनएसएलमा राम्रो नतिजा ल्याउने विश्वास राखेको छ । न्यौपाने यसअघि पोखरा थण्डर्सको मुख्य प्रशिक्षक थिए ।

यस्तै पोखराले भने यसपटक नयाँ प्रशिक्षक भित्र्याएको छ सुमन श्रेष्ठ । सुमन श्रेष्ठको प्रशिक्षकको रुपमा मनाङ मर्स्याङ्दी क्लबाट ए डिभिजन लिग जितेका छन् । यस सिजन भने उनले मोफसलको गोल्डकपहरुमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडको प्रशिक्षण सम्हालिरहेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM