२०८२ मंसिर २६ गते, शुक्रबार २२:१६

बालबालिकाका सवालमा राष्ट्रिय नागरिक सम्मेलन सम्पन्न

काठमाडौँ/नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने तयारीमा रहेको र दिगो विकासका लक्ष्यहरूलाई स्थानीय तहमा कार्यान्वयन गर्ने क्रममा बालबालिकाका विषयलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय नागरिक सम्मेलन सम्पन्न भएको छ।

बाल सहभागितासम्बन्धी संस्थाहरूको साझा समूह (कन्सोर्टियम नेपाल) र गैरसरकारी संस्था महासंघ नेपालद्वारा संयुक्त रूपमा आयोजित यो सम्मेलनमा सातवटै प्रदेशका बाल प्रतिनिधि, बाल अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा विषय विशेषज्ञसहित २०० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई “बालिका दुलही हैनन्” अभियान, सेभ द चिल्ड्रेनलगायतका संस्थाहरूले समन्वयात्मक रूपमा सहयोग गरेका थिए।

औपचारिक सत्र र प्यानल छलफल गरी दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा बाल विवाह न्यूनिकरण, बालबालिकाको अर्थपूर्ण सहभागिता, गुणस्तरीय शिक्षाजस्ता मुद्दाहरूमा सरकारी निकाय, नागरिक समाज तथा विकास साझेदार संस्थाबीच व्यापक छलफल भएको थियो।

कार्यक्रममा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति माननीय कमला देवी पन्तले नेपाल सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सन्दर्भमा बालबालिकाका सवालहरूलाई उपेक्षा गर्न नहुने धारणा व्यक्त गरिन्। उनले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न बाल अधिकारको प्रत्याभूति आवश्यक रहेको बताउँदै आफूले संसदीय समितिमा समेत यस विषयलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाइन्।

राष्ट्रिय बाल पैरवी परिषद्का सदस्य आषुतोष कार्कीले बालबालिकाका दृष्टिकोणबाट तयार गरिएको स्वेच्छिक आवधिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने “बालिका दुलही हैनन्” नेपालका प्रतिनिधि ईला केसीले बाल विवाह न्यूनिकरणका सम्बन्धमा प्रथम राष्ट्रिय सभाबाट आएका प्रमुख सुझावहरू प्रस्तुत गरिन्।

प्यानल छलफलमा सहभागी वक्ताहरूले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भइरहँदा बाल अधिकारलाई सशक्त रूपमा संस्थागत गर्नुपर्नेमा जोड दिए। नागरिक समाज, विकास साझेदार संस्था र सरकारी निकायले पारस्परिक सहकार्य गर्दै नीतिगत, कानुनी तथा सामाजिक तहमा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याइयो।

बालबालिकाका तर्फबाट प्रस्तुत आह्वानपत्र ग्रहण गर्दै गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष राम प्रसाद सुवेदीले सम्मेलनमा उठेका मुद्दाहरूलाई संस्थागत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए। उनले बालबालिकाको नागरिक स्थान सुरक्षित गर्न कन्सोर्टियम नेपाललगायतका संस्थासँग सहकार्य गर्ने र बाल विवाह रोकथामका लागि आफ्ना सदस्य संस्थामार्फत अभियान सञ्चालन गर्ने घोषणा गरे।

कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले स्वागत मन्तव्य राख्दै सम्मेलनको उद्देश्य स्पष्ट पारेका थिए भने उपाध्यक्ष प्रदीप लामिछानेले छलफलका निष्कर्षहरू संक्षेपमा प्रस्तुत गर्दै आगामी कार्यदिशाको रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM