Sunday, March 23, 2025
घरसमाचारसांसदहरूको स्वास्थ्य जाँच्दै सरकार

सांसदहरूको स्वास्थ्य जाँच्दै सरकार

सांकेतिक फोटो


२७ फागुन, काठमाडौं । सांसदहरूमा नसर्ने रोग रहे/नरहेको परीक्षण गरिँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संसद सचिवालयलाई पत्र नै लेखेर परीक्षण कार्यका लागि सहजीकरण गरिदिन अनुरोध गरेको छ । पत्र अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नसर्ने रोग परीक्षण गर्न चिकित्सकको टोली खटिनेछ ।

उक्त टोलीले संघीय संसदका सदस्य, कर्मचारी र सञ्चारकर्मीहरुको नसर्ने रोगको परीक्षण गर्नेछ । जस अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात परीक्षण हुनेछ ।

परीक्षण बुधबार गरिनेछ । बिहान ११ बजेदेखि नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा स्वास्थ्य परीक्षण हुने छ । संघीय संसद सचिवालयले परीक्षणमा सहभागी हुन सांसद, कर्मचारी र सुरक्षाकर्मीहरूलाई भनिसकेको छ ।

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -