२०८२ मंसिर १९ गते, शुक्रबार २३:१६

चितवनमा खेती विस्तारसँगै तोरी उत्पादनमा वृद्धि

चितवन । जिल्लामा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको छ । 

गत वर्षको तुलनामा करिब एक हजार मेट्रिकटन तोरी उत्पादन वृद्धि भएको हो ।

कृषि विकास कार्यालय चितवनका अनुसार यस वर्ष १८ हजार ५६७ दशमलब ९४ मेट्रिकटन तोरी उत्पादन भएको छ । 

कार्यालयका कृषि अर्थ विज्ञ निर्मल पौडेलका अनुसार यस वर्ष १४ हजार १७४ हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो । गत आर्थिक वर्षमा १३ हजार ६४२ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको थियो । सो वर्ष १७ हजार ५९८ दशमलव १८ मेट्रिकटन तोरी उत्पादन भएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/०८० मा १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा १९ हजार एक सय आठ मेट्रिकटन तोरी उत्पादन भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा १२ हजार दुई सय १८ मेट्रिकटन तोरी उत्पादन भएको थियो । 

आव २०७८÷०७९ मा १३ हजार दुई सय ७० क्षेत्रफलमा तोरी खेती गरिएकामा १४ हजार आठ सय ६२ मेट्रिकटन तोरी उत्पादन भएको थियो । क्रमशः तोरी उत्पादन र खेती गर्ने क्षेत्रफल विस्तार भएको हो ।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार पछिल्लो समयमा जिल्लाका किसान नगदेबालीतर्फ आकर्षित हुँदै गर्दा तोरीको क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको हो । उहाँले भन्नुभयो, “निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा जङ्गली जनावरले क्षति नपु¥याउने भएकाले पनि तोरी खेतीतर्फ किसानको आकर्षण बढेको हो ।”  तोरी बाली लगाउने क्षेत्रफल घट्नुमा रोग, किरा, जमिनको तीव्र खण्डीकरण, तेलको मूल्यमा कमीलगायत कारण थिए । कुनै समयमा चितवनको १८ हजार हेक्टरमा तोरी फल्ने क्षेत्रफल घटेर चार हजार पाँच सय हेक्टरमा झरेको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बजारमा तेलको मूल्य वृद्धि हुनु, बजारमा पाइने अरू प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले किसानलाई तोरी खेती तर्फ आकर्षित गरेको कँडेल बताउनुहुन्छ ।  

चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली, जितपुर क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ । चितवन तोरीका लागि प्रख्यात जिल्ला हो । केही वर्षअघिसम्म क्रमशः घट्दै गएको तोरी उत्पादन पुनः बढ्न थालेको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM