२०८३ बैशाख ३१ गते, बिहीबार ०१:२७

सैनामैना गोल्डकपको फाइनलमा कपिलवस्तु ११ र अभिषेक रजहर भिड्ने




रुपन्देही । रुपन्देहीको सैनामैना मुर्गियामा भइरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च रजहर भिड्ने भएका छन् । 

मुर्गिया फुटबल क्लबको आयोजनामा सोमबार मुर्गिया रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा महावीर क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ गोलअन्तरले पराजित गर्दै कपिलवस्तु ११ फाइनलमा प्रवेश गरेको हो ।

पहिलो र दोस्रो हाफ बराबरी खेलका दुवै टिम अन्ततः पेनाल्टी सुट आउटमा पुगेका थिए । पेनाल्टीमा महावीरका जर्सी नम्बर ७ का खेलाडी अरुण चौधरीले प्रहार गरेको पेनाल्टी पोस्टभन्दा बाहिर गएपछि कपिलवस्तु ११ लाई फाइनल पुग्ने बाटो खुलेको हो ।

बुधबार हुने फाइनल खेल कपिलवस्तु ११ र अभिषेक चर्च रजहर नवलपुरबिच हुनेछ ।

सोमबारको खेलमा म्यान अफ दि म्याच कपिलवस्तु ११ का जर्सी नम्बर १४ का खेलाडी निमबहादुर मिदुङ भएका छन् ।  

१० टिमको सहभागिता रहेको प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM