२०८२ मंसिर २१ गते, आईतवार ००:३६

गाउँका सडक विस्तार हुँदा नागरिकलाई सुविधा

देउखुरी (दाङ) । यहाँको घोराही उपमहानगरपालिका–६ का गाउँ बस्तीका सडक विस्तार हुँदा स्थानीयलाई सुविधा भएको छ । 

चैनपुर–अघरा सडक वर्षौँदेखि ‘ग्राभेल’ मात्र थियो। अहिले पक्की नालासहितको सडक विस्तारले गाउँलेलाई हिँडडुल गर्न सजिलो भएको हो । 

सो सडकमा पक्की नाला र सडक विस्तार सकिएको छ । घोराही उपमहानगरपालिका–६ अघराका रमा घर्ती घोराही बजार पुग्न आधा घण्टा पैदल हिँडेपछि मात्र गाडी भेट्ने ठाउँमा पुग्नुहुन्थ्यो । अहिले गाउँको सडक नालीसहित विस्तार भएपछि घरमै अटोरिक्सा आउने गरेको उहाँले बताउनुभयो । स्थानीय सरकारले पूर्वाधार विकासमा जोड दिँदै गाउँलाई सडक सञ्जालमार्फत जोड्ने काम तीव्र रुपमा अघि बढाएका कारण सहज भएको उहाँले बताउनुभयो । 

सडक विस्तार भएसँगै गाउँघरको जीवनशैलीमा परिवर्तन आएको उहाँको भनाइ छ । गाउँघरमा उत्पादन भएका कृषिजन्य उत्पादन सजिलै सहरसम्म पुर्‍याउन सकिने र आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । 

अघरा–जजरागाउँ सडकमा पक्की नाला निर्माण र सडक विस्तार सकिएको छ । सडक सञ्जालको विस्तारले शिक्षा र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको स्थानीय चन्द्रिका शर्मा बताउनुहुन्छ । वर्षामा हिलो र हिउँदमा धुलो उड्ने भएकाले बालबालिकालाई विद्यालय पुग्न असजिलो थियो । हाल सडक बिस्तार भएसँगै सबैलाई सजिलो भएको उहाँले बताउनुभयो ।  गाउँमा सञ्चार, विद्युत्, खानेपानीका धारा घरघरमा पुगेका छन् । 

घोराही उपमहानगरपालिका–६ का अध्यक्ष विष्णुराम आचार्यले वडाभित्र सडक नपुगेका स्थानमा नयाँ ट्रयाक खोल्ने र भएका सडकमा स्तरोन्नति गरिरहेको बताउनुभयो । स्थानीय सरकारले स्थानीयस्तरमा आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरेको उहाँको भनाइ छ । 

त्यसैगरी आव २०७९/८० मा १० किमी र आव २०८०/८१ मा १८ दशमलव ८० किमी सडक कालोपत्रे भएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सात वर्षमा कूल दुई सय १७ दशमलव २५ किमी सडकको ग्राभेल तथा स्तरोन्नति गरिएको छ । त्यसैगरी एक सय ६८ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम गरिएको छ ।

उपमहानगरपालिकाले ७ मिटरका सडकहरूमा नालासहित कालोपत्रे गरिरहेको र नालासहित कालोपत्रे गर्दा ढल निकासमा सहयोग पुग्ने चौधरीले बताउनुभयो ।रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM