काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र शुक्र हाउस अफ डाइग्नोस्टिक्स एन्ड वेलनेस सेन्टरबीच एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई विशेष छुट दिने सम्झौता भएको छ ।
एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले यस्तो छुट पाउन आफ्नो एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकले त्यसरी पीओएस मार्फत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २० प्रतिशत, इन हाउस स्पेसलाइजेसन टेस्टमा १५, आउटसोर्स टेस्टमा ५ प्रतिशत तथा एक्सरे, यूएसजी, ईसीजी र इको गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
यसका साथै एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई काठमाडौं उपत्यकाभित्र घरमै बसिबसी हुने चिकित्सक परामर्श सेवामा ५ प्रतिशत, नर्सिङ केयर सेवामा ५ प्रतिशत र नेपालभरि नै टेलिमेडिसिन सेवामा ५ प्रतिशत छुट दिइने छ भने काठमाडौं उपत्यकाभित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा पाइने छ ।