२०८२ माघ २९ गते, बिहीबार २२:०५

राजावादी–हिन्दूवादीको राष्ट्रिय मेलमिलाप

२५ फागुन, काठमाडौं । राजा र राष्ट्रिय एकताको जति चर्का नारा लगाए पनि राजावादी र हिन्दूवादीहरु आपसमा भने फिटिक्कै मिल्न सक्दैनथे । आइतबार भने सत्ता–विपक्षमा बाँडिएका गणतान्त्रिक दलहरूलाई सशंकित बनाउने गरी पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकहरुले राजधानीमा उल्लेख्य उपस्थितिमा प्रदर्शन गरेका छन् ।

पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न सबैजसो राजावादी–हिन्दूवादी शक्तिहरू पहिलोपटक सँगै उभिएका हुन् । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान लगायत शक्तिहरू ज्ञानेन्द्र शाहको स्वागतार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे ।

यी घटकहरु मध्ये राजतन्त्रको पक्षमा वकालत गर्ने बलियो र तुलनात्मक विश्वासिलो शक्ति राप्रपाले पूर्वनिर्धारित कार्यक्रम नै स्थगित गरेर यो स्वागतमा पार्टीपंक्ति परिचालित गर्ने निर्णय गरेको थियो । गत २१ फागुनमा बसेको राप्रपाको पदाधिकारी बैठकले ज्ञानेन्द्र शाहको सन्देशलाई स्वागत गर्न पूर्वनिर्धारित पार्टी कार्यक्रम नै स्थगित गर्ने निर्णय गरेको थियो ।

‘.. पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठमाडौं फिर्ति सवारीमा नागरिक समाजबाट हुने स्वागत ध्यानमा राख्दै यही फागुन २५ गते काठमाडौंमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टी पंक्ति र आमजनसमुदायलाई आह्वान गरिएको छ’, राप्रपाको निर्णय थियो ।

यो वर्षको प्रजातन्त्र दिवसको अवसरमा गत ६ फागुनमा पूर्वराजा ज्ञानेन्द्रले पोखराबाट भिडियो सन्देश मार्फत देशको रक्षा, प्रगति र समृद्धिका लागि नागरिक आह्वान गरेका थिए । व्यवस्था बदलिए पनि नागरिकको अवस्था झनै बिग्रिएको निष्कर्ष सहित ज्ञानेन्द्र शाहको आह्वान थियो, ‘.. अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीहरुलाई आह्वान गर्दछौं ।’

पूर्वराजा ज्ञानेन्द्रले अघिल्ला प्रजातन्त्र दिवसहरुमा पनि बक्तव्य जारी गर्ने गरेका थिए । तर यसपटकको भिडियो सन्देशमा व्यक्त सक्रियताको चाहनापछि राजावादीहरू उत्साहित बनेका छन् । ज्ञानेन्द्र शाहको सन्देशलाई स्वागत गर्न पोखरा सहित देशका अरू भूभागहरूमा पनि राजावादीहरुका गतिविधि भएका छन् ।

२१ फागुनमा राजधानी काठमाडौंमा राजावादी–हिन्दूवादीहरुको मोटरसाइकल ¥याली निस्कियो । त्यस दिनको र्‍यालीमै अलग–अलग गतिविधि गरिरहेका राजावादी–हिन्दूवादीहरू एकताबद्ध हुनसक्ने संकेत देखिएको थियो । अर्थात् ज्ञानेन्द्र शाहको भिडियो सन्देशपछि पहिलोपटक राजतन्त्र पक्षधर शक्तिहरू एकठाउँ उभिन पुगेका छन् ।

नयाँ/पुराना राजावादीहरू शक्तिहरू जुट्दा गणतन्त्र पक्षधर नेताहरू पनि एकस्वर सुनिएका छन् । २२ फागुनमा महोत्तरीमा आयोजित एक कार्यक्रमबाट प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिको रहर भए चुनाव जितेर आउन चुनौती दिएका थिए ।

‘लोकप्रिय हुनुहुन्छ भने ठीक छ, चुनाव लड्न आउनुस् न । तपाईलाई जहाँसुकै पनि चुनाव लड्न खुला छ’ प्रधानमन्त्री ओलीको चुनौती थियो । राप्रपाकै राजनीति गर्दा पनि हुने प्रधानमन्त्रीको सुझाव थियो । ओलीको चुनौतीलाई सत्ता साझेदार अरु दल र नेताहरुको पनि समर्थन छ ।

ओलीले आज आइतबार सुदुरपश्चिम प्रदेशसभामा सम्बोधन क्रममा पनि पूर्वराजा शाहलाई सोही प्रकृतिको आह्वान गरेका छन् ।

२३ फागुनमा झापा पुगेका कांग्रेस नेता डा. शेखर कोइरालाले राजतन्त्र फर्काउने कोशिस भएपनि पार नलाग्ने विश्वास व्यक्त गरेका थिए । ‘माइखोलामा धेरै पानी बगिसक्यो, यो १२/१५ वर्षमा । अब मलाई विश्वास छैन । तर कोशिस त मान्छेले गरिराखेका हुन्छन्’ राजतन्त्र नफर्कने उनको विश्वास थियो ।

डोटी पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले गत २२ फागुनमा आयोजित एक कार्यक्रमबाट राजतन्त्र स्वयं उसकै कारणले अन्त्य भएको बताए । गणतन्त्रमा राजतन्त्रको स्थान नहुने बारे प्रष्ट हुनुपर्ने देउवाको भनाइ थियो ।

सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले त आफ्नो परिवार समेत जोगाउन नसक्ने ज्ञानेन्द्र शाहले देशको रक्षा गर्न नसक्ने तर्क गरे । ‘आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, जहाँ मेरिटोक्रेसी र प्रतिस्पर्धाको कुनै गुञ्जायस हुँदैन’ मन्त्री गुरूङले २३ फागुनमा सिंहरदबारभित्रै आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘एउटा कुलमा जन्मिएको कारणले तीन करोड जनताको सबैभन्दा श्रेष्ठ ठहरिन्छ । जसको शासनमुनि हामी बस्न बाध्य पारिन्छ । त्यस्तो प्रणाली कसरी मान्ने ? राजावादी मच्चिदैमा राजा फर्किन्छ जस्तो लाग्दैन ।’

विपक्षी दलहरुको मोर्चाबन्दी गरिरहेको माओवादी केन्द्रले त राजावादी गतिविधि बढेको भन्दै जागरण अभियान नै स्थगित गरेको छ । हुलाकी राजमार्ग केन्द्रित अभियान स्थगित गरेर माओवादी नेताहरु काठमाडौं आएका छन् । नेताहरुका अनुसार गणतन्त्र पक्षधरको पनि आन्दोलन निकाल्ने तयारीमा माओवादी जुटेको छ ।

तर गणतन्त्र पक्षधर नेताहरूको चेतावनी र खबरदारीलाई चुनौती दिनेगरी राजावादीहरुले शक्ति–प्रदर्शन गरेका छन् । राजधानी उपत्यकाको ट्राफिक व्यवस्थापन नै खल्बलिनेगरी भएको स्वागत जुुलुस झिल्को मात्र भएको राप्रपा अध्यक्ष लिङदेन बताउँछन् । ‘छोटो तयारीमा राजधानी उपत्यकाभित्र रहेका जनता आज त्यहाँ सहभागी भयौं । यो त अझ बढ्दै जानेछ’, उनी भन्छन् ।

सरकारका अधिकारीहरुका अनुसार पूर्वराज्ञा ज्ञानेन्द्रको स्वागत गर्न लगभग एघार हजार मानिस सडक उत्रिएका थिए ।

थोरै थपिए, बाँकी पुरानै

राष्ट्रिय राजनीतिकै प्रमुख एजेण्डा बन्न पुगेको पूर्वराजा ज्ञानेन्द्रको भिडियो सन्देश र राजावादीहरुको शक्ति संरचनामा कुनै ठूलो परिवर्तन भने देखिदैन । गणतन्त्र पक्षधर कांग्रेस, एमाले, मोआवादी केन्द्र, एकीकृत समाजवादीदेखि नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका रास्वपा, जनमत, नाउपा लगायत शक्तिभित्र समेत राजतन्त्रको पक्षमा आवाज सुनिएको छैन । भलै कांग्रेसभित्र हिन्दूत्ववादी जनमत उल्लेख्य मात्रामा छ ।

यसपटक राजतन्त्रको पक्षमा उभिएका नयाँ अनुसार भनेका दुर्गा प्रसाई, गंगा चौधरी सत्गौवा, मनिषा कोइरालाहरू मात्र हुन् ।

बाँकी त पूर्वपञ्चहरूकै पार्टी, राप्रपाका नेता–कार्यकर्ता र समर्थकहरू हुन् । यद्यपि राप्रपा यसपटक एकताबद्ध छ । मुख्यगरी राजेन्द्र लिङदेन र कमल थापा सँगै उभिन पुगेका छन् । र, राप्रपाको उद्देश्य नै राजसंस्थालाई समर्थन जनाउनु हो ।

अर्थात् राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा नयाँ शक्ति–संरचना थपिएको छैन । बरू राजावादीहरुमा जनसमर्थन बढेको अनुमान गर्न सकिन्छ ।

सत्तारुढ नेताहरु पनि गणतान्त्रिक प्रणालीले जनतामा आशा र भरोसा दिलाउन नसक्नुको परिणाम राजावादी गतिविधि बढेको स्वीकार्छन् । ‘खाली राजाको बारेमा कुरा गरेर मात्र हुँदैन । हामीले जनतालाई कतिको खुशी पार्न सकेका छौं । गणतन्त्र ल्यायौं, गणतन्त्रमा जनतालाई आशा र भरोसा दिलाउन सक्यौं कि सकेनौं भन्ने महत्वपूर्ण हो’, कांग्रेस नेता शेखर कोइराला भन्छन् ।

निकट बिगतको घटनाक्रम हेर्दा पनि राजावादी गतिविधि बढ्नुमा गणतन्त्रवादी नेताहरूको कमजोरी मुख्य आधार देखिन्छ ।

जस्तो– २०७४ देखि ०७७ सम्म राप्रपा र राजावादी गतिविधि तुलनात्मक कमजोर थियो ।

एमाले र माओवादीबीच तालमेल भएर बनेको वाम गठबन्धनले २०७४ को चुनावमा संसदीय संसदको दुई तिहाइ सिट जित्दा राप्रपाबाट राजेन्द्र लिङदेन एक्लैले जितेका थिए । एक्लो लिङदेनले संसदमा प्रश्न उठाउन त सक्थे, तर सत्ता समीकरणको भय तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई थिएन ।

त्यस बेला आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर ५ पुस ०७७ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे । यो निर्णयसँगै एमाले र माओवादीको पार्टी एकता भंग भयो ।

उता राप्रपामा नेतृत्व परिवर्तन भयो । कमल थापालाई हराएर राजेन्द्र लिङदेन अध्यक्ष बने । लिङदेन अध्यक्ष भएर आएपछिका हरेक वर्ष राजावादीहरुको शक्ति प्रदर्शन हुने गरेको छ, र गणतन्त्र पक्षधर नेताहरूलाई सानोतिनो पीर थपिने गरेको छ ।

गत वर्ष यही सिजन (फागुन–चैतमा) पूर्वराजा ज्ञानेन्द्र शाहको देशव्यापी अभिनन्दन चलिरहेको थियो । ७ फागुन २०७९ मा झापाबाट नागरिक अभिनन्दनमा सहभागी हुन थालेका पूर्वराजा ज्ञानेन्द्रले २० वैशाख २०८० देखि सार्वजनिक भाषण पनि गरे । वीरगञ्ज पुगेर त श्रीपेचबारे बोलेका थिए ।

पूर्वराजाको आशय थियो– श्रीपेच सुरक्षित रूपले राख्न मात्र दिएको हुँ, फेरि सक्रिय हुन सक्छु ।

पूर्वराजा र राजावादीहरूका विरुद्ध गणतान्त्रिक दलहरू एकताबद्ध हुन पुगेका थिए । प्रधानमन्त्रीको हैसियत प्रचण्डले १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्ने दलहरुकै बैठक राखेका थिए । १२ बुँदे पक्षधर दलहरुको बैठक राखेर चर्को राजावादीका रुपमा गतिविधि गरिरहेका दुर्गा प्रसाईं नेतृत्वको अभियानविरुद्ध काउण्टर गतिविधि र निर्णय समेत भएको थियो ।

जबकि दुर्गा प्रसाईं तत्कालीन नेकपा (पुनर्स्था पित एमाले) कै उत्पादन हुन् । अहिले चर्को राजावादी बनेका प्रसाई र गंगा चौधरीहरु मात्र नभएर राजावादी राप्रपालाई बलियो बनाउने काम पनि गणतन्त्रवादीहरूले नै गरिरहेका छन् ।

थालनि भने २०५२ सालबाटै भयो । त्यसका मुख्य दुई शक्ति कांग्रेस र एमालेबीचको शक्ति संघर्षमा राप्रपाका लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई पालैपालो प्रधानमन्त्री बनाउनेदेखि डा.मोहम्मद मोहसिनलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनेसम्म काम भएको थियो ।

२०५१ सालको मध्यावधिमा जम्मा २० सिट जितेको राप्रपाका चन्द एमालेको समर्थनमा र थापा कांग्रेसको समर्थनमा प्रधानमन्त्री भए । कांग्रेस र एमालेकै भोट पाएर राष्ट्रिय सभामा ३ सांसद जिताउन सफल राप्रपाले एमालेको साथ पाएर राष्ट्रिय सभाकै अध्यक्ष पाएको थियो । २०५६ सालपछि त ज्ञानेन्द्र शाह आफै मन्त्रिपरिषदको अध्यक्ष बन्ने समेतको परिस्थिति सिर्जना भयो ।

तर २०६२/०६३ सालको दोस्रो संयुक्त जनआन्दोलनपछि राजावादीसँग सहकार्य टुट्यो । दश वर्षपछि राप्रपासँग फेरि सहकार्यको थालनी एमाले अध्यक्ष ओलीले गरे । ३ असोज २०७२ मा संविधान जारी भएपछि ओली पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए ।

माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले कमल थापालाई उपप्रधान एवं परराष्ट्रमन्त्री बनाए । तर यो गठबन्धन लामो समय चलेन । माओवादीले गठबन्धन तोड्दै कांग्रेससँग सहकार्य गर्‍यो, प्रचण्ड प्रधानमन्त्री भए । सरकार फेरिएसँगै कमल थापाले पनि कित्ता फेरे ।

कांग्रेस–माओवादी समीकरणको सरकारमा सहभागी हुँदा कमल थापाले २७ पुसलाई ‘राष्ट्रिय एकता दिवस’ घोषणा गराउन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई सहमत गराए । गणतन्त्र स्थापनापछि पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय उत्सवका रुपमा मनाइएको यो (२७ पुस २०७४) पहिलोपटक थियो ।

त्यसयता सरकार र राजावादीले आ–आफ्नै शैलीमा पृथ्वी जयन्ती मनाउँदै आएका छन् । तर २०७८ सालको पृथ्वीजयन्ती भिन्न देखियो । त्यो वर्षको २७ पुसमा ज्ञानेन्द्र शाहले राजाकै झल्को दिनेगरी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे ।

अर्को वर्ष २०७९ मा राप्रपाले अप्रत्यासित मत पायो । राप्रपाले प्रतिनिधि सभामा १४ सिट जितेपछि अध्यक्ष राजेन्द्र लिङदेन प्रचण्ड नेतृत्वको सरकारका उपप्रधानमन्त्री बने । उनले राप्रपाका मन्त्रीहरू रहेको मन्त्रालयमा पृथ्वीनारायण शाहको तस्वीर राखे । गणतन्त्र स्थापनापछि पहिलोपटक यस्तो दृश्य सिंहरदरबारभित्र देखिएको थियो ।

यद्यपि दुई महिना नपुग्दै सत्ता समीकरण फेरिएकाले राप्रपा सरकारबाट बाहिरियो, र ‘राजादेखि माओवादीसम्म अट्ने नवीन समझदारी’को प्रस्ताव सहित विपक्षी भूमिकामा छ । अनि तिनै राप्रपा सहित राजावादी शक्तिहरूको गतिविधि फेरि गणतन्त्र पक्षधर नेताहरूका निम्ति चुनौती देखिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM