२०८२ माघ १ गते, बिहीबार ०४:५१

शिक्षक बन्ने सपना : घुम्दै फिर्दै रुम्जाटार

जीवनको आधार खेती र खेतीको लागि मल चाहिने हुँदा वस्तुभाउ पाल्नु अनिवार्य थियो। वस्तुभाउ विनाको घर, घर जस्तै हुँदैनथ्यो। बालबालिका दशैं–तिहार जस्ता चाडपर्वमा रमाए जत्तिकै वस्तुभाउ व्याउँदा खुशी हुन्थे। बाख्राका पाठापाठी त सँगै ओछ्यानमा सुताउन मन लाग्ने। आँगनमा बाख्राका पाठा उफ्रिंदा कम्ती रमाइलो हुन्थेन। भैंसी व्याउने दिन त झन् महिनौं अगाडि गनेर बसिन्थ्यो।

बर्खामा खेतबारी अनि खरबारीको घाँस हिउँदका लागि पराल अनि डालेघाँस। मान्छेलाई धान अनि वस्तुलाई पराल कस्तो तालमेल मानिस र वस्तुभाउको आहारको। यही खेती र घाँसपातको लागि पहाडका पाखा–पखेरा कम्ती महत्वका थिएनन्। घाँस काट्दा एकवित्ता पर वा एकमुठी बढी काटेको निहुँमा बाझाबाझ हुन्थ्यो दाजुभाइ र सँधियारहरू बीच। त्यही निहुँमा कैयौं दिन त बोलीचाली नै बन्द हुन्थ्यो। अहिले ती पाखाका घाँस कसले काटिदिने ? झगडा गरौं भने पनि कोसँग गर्ने ? के निहुँमा गर्ने ?

दशैं–तिहार चाडबाड आउँदा घाँस काट्न टाढा जान नपरोस् भनी बारीको घाँस साँचेर पर पर खेतबाट घाँस काटी ल्याइन्थ्यो। हिउँदमा भने प्रायः परालको भर हुन्थ्यो। डालेघाँस त मानिसले मिठो चोखो खाए जस्तो ! डालेघाँस काट्न रूख चढ्न जान्ने र आँटिलो मान्छे चाहिन्थ्यो। जो रूख चढ्न सक्दथ्यो उसलाई घाँसको दुःख नहुने। रूख चढ्न नसक्नेका रूखका घाँस झारीदिए बापत आधा घाँस पाइन्थ्यो। झार्नेलाई आधा र रूखधनीलाई आधा–आधा।

दशनङ्ग्रा खियाएर रोपेको बाली लहलह झुल्दा किसानको अनुहारमा झल्किने खुशीको वर्णन शब्दमा गर्न सकिन्थेन। वर्षभरि गरेको दुःख खेतमा झुलेका धानका बालाहरूले हरिहाल्थे। दिनभरि काम गरेर रुखोसुखो भरपेट खान पाउनु नै सुखको सम्पन्नताको अर्को नाम थियो। गाउँमा शारीरिक परिश्रम हुन्थ्यो मनलाई दुःख हुन्थेन। अहिले पो शरीरलाई कष्ट नभए पनि मनमा खुशी छैन।

खेतीपातीको काम नै जीवनको आधार भएकोले काम गर्न र घर धान्न किशोरावस्थामा विवाह हुनु स्वाभाविक मानिन्थ्यो। छोरा होस् या छोरी १३, १४ वर्ष पुगेपछि विवाहको चर्चा हुन थालिहाल्थ्यो। छोरीको उमेर तेह्र–चौध पुगेको छैन फुपू, दिदी, सानिमा, ठूलीआमा जो–सुकै पाहुना आए पनि लमी भएर आए जस्तै। चर्चा त उही विवाहकै हुन्थ्यो। कोही नौलो मान्छे घरमा आयो कि माग्दै आयो होला भनेर पर पर भाग्दथे किशोरीहरू। विवाहको कुरा त अहिले पनि उस्तै प्राथमिकतामा पर्दछ मात्रै उमेरमा पाँच–सात वर्ष अघि–पछि न हो।

साता–आठ कक्षा पढ्दै गर्दा र केटाहरू ८, ९ कक्षा पढ्दै गर्दा झ्याइँकुटी पारिसकेका हुन्थे। विवाह हुनु भनेको जिम्मेवारी थपिनु हो र जिम्मेवारी थपिएपछि पढाइबाट विमुख हुनु स्वाभाविक हुन्थ्यो। अनि विस्तारै स्कूलतिर पातलिने र खेतबारीतिर धेरैजसो खेतीपातीमा अल्झेर स्कूल आउन छोड्थे। स्कूल आए पनि पढाइ बिग्रँदै जान्थ्यो। पहिलो दोस्रो हुनेहरू अलि पछि पर्न थाल्थे। धेरैजसोले पढाइ छोड्थे।

चौध–पन्ध्र वर्ष पुगेपछि स्वाभाविक रूपमा एउटै कुराको चिन्ता लाग्दथ्यो र धेरैपछिसम्म पनि लागिरह्यो। त्यो भनेको ठूलो भएपछि यो घर–व्यवहार कसरी चलाउने होला ? बुबाआमाको शेषपछि यो घरबारी, खेतबारीको साँध–सिमाना कसरी जोगाउने होला ? सम्पत्ति कसरी हेरचाह, रेखदेख र संरक्षण गर्ने होला ? खेतीपातीको सरजाम कसरी जोड्ने होला? छुट्टीभिन्न हुनुपर्ला। भिन्न भएपछि घर कसरी बनाउने होला ? यिनै प्रश्नले कैयौं रात निदाउन दिंदैनथे।

मनमा धेरै ठूलो सपना त थिँदै थिएन। लाग्छ मेरो मात्र होइन धेरैको हुँदैनथ्यो होला त्यसबखत। मेरो मनले सोचेको सबैभन्दा ठूलो सपना थियो प्रा.विको शिक्षक। घरपायकको शिक्षक, गोठमा एउटा दुहुनो भैंसी र एउटा गोरु अनि खोरमा एक–दुई वटा बाख्रा। यत्ति भए पुग्छ भन्ने लाग्दथ्यो। किसानदेखि बाहेक आफूले नजिकबाट चिनेको पेशा शिक्षक नै त थियो। अर्को कुरा गाउँमा शिक्षकको रवाफ राम्रै थियो। दुईचार पैसा नगद खेलाउन सक्ने हैसियत कि त लाहुरेमा हुन्थ्यो कि त शिक्षकमा।

गाउँमा मास्टरको रवाफ अर्कै हुन्थ्यो। देश–विदेशका समाचार सुनाउनेदेखि लिएर, यसो चिठीपत्र पढ्ने र लेखिदिने, गाउँघरका लेनदेनका लिखत तयार गरिदिने, सानातिना झगडा मिलाइदिने जस्ता कामहरू शिक्षकबाटै हुने। हिलो–धुलो छुन नपर्ने, झरीमा रुझ्न पनि नपर्ने, घरदेखि त्यति टाढा जानु पनि नपर्ने त्यसैले पनि होला शिक्षण पेशामा आकर्षण भएको।

घुम्दै फिर्दै रुम्जाटार भने जस्तै एउटा शिक्षक बन्ने हुटहुटीले कलेज छिरेको किशोर प्रा.वि., मा.वि. र महाविद्यालयको शिक्षक अनि निजामतीको सहसचिव हुँदै फेरि चक–डस्टरमै रमाउन आएको छ

ऊ बखत खेतीपातीपछिको वैकल्पिक पेशा त्यो बाहेक अरू नदेखेर पनि होला शिक्षक हुने सपना देखिएको। घरपायकको शिक्षक हुन पाए जिन्दगी गजबले चल्छ, सुखसँग चल्छ भन्ने लाग्थ्यो ऊ बेला। त्यो बेला मात्र होइन घरपायकको शिक्षकको पेशा त साँच्चिकै अब्बल लाग्दछ अहिले पनि।

ऊ बेला त्योभन्दा धेरै महत्वाकांक्षी सपना देखेको भए कति रातको निद्रा विथोलिंदो हो। सपना पूरा नहुँदा हुने पीडाले कति सताउँदो हो। सपना सानै र थोरै देखेकैले आनन्द भयो।

गाउँमा शिक्षकको अर्को पाटो पनि थियो। समाजमा राजनीतिक चेतना फैलाउने काम शिक्षकबाटै हुन्थ्यो। पटक–पटकका राजनीतिक परिवर्तनमा प्रमुख भूमिका शिक्षककै रहेको देखिन्छ।

दिउँसो विद्यालय र रातिराति भूमिगत रूपमा प्रतिबन्धित राजनीतिक दलका मीटिङहरू प्रायः शिक्षकहरूका घर वा डेरामा हुन्थे। शिक्षकहरूप्रति समाजको विश्वास र सम्मान अनि नियमित रूपमा जनतासँग सम्पर्कमा रहने भएकै कारण लोकतन्त्र पक्षधर राजनीतिक शक्तिहरूले शिक्षकहरू मार्फत नै आफ्नो पकड दरिलो बनाउन लागे।

राजनीतिक कुरा गर्न भित्ताका पनि कान हुन्छन् भनी सतर्क हुनुपर्ने समयमा दिनमा शिक्षाको उज्यालो ज्योति फैलाउने शिक्षकहरू नै अन्धकार कालरात्रिका विरुद्ध चेतनाको ज्योति फैलाउने अग्रदूत दिए। त्यसैले नै त राजनीतिक परिवर्तन सम्भव बनाएको हो। तिनै शिक्षकहरू नै त हुन् समाजमा रहेको अन्धविश्वास र कुरीति विरुद्ध आवाज उठाउन सिकाउने।

त्यही ज्ञानको ज्योति फैलाउने शिक्षक आज कतिको आँखाको कसिंगर भएको छ। माथिल्लै राजनीतिक वृत्तबाट शिक्षकलाई मानमर्दन गर्ने थुप्रै अपमानजनक अभिव्यक्ति आएको देखिन्छ। शिक्षकहरूलाई राजनीतिबाट अलग गर्नुपर्छ, शिक्षकहरूलाई संगठित हुनबाट वर्जित गर्नुपर्छ भन्ने आवाज पनि उठेका छन्।

हो शिक्षकले कक्षाकोठामा राजनीति गर्नुहुँदैन। विद्यालयलाई राजनीतिक अखाडा बनाउनुहुँदैन। तर शिक्षक समाजको सबैभन्दा सचेत नागरिक हो नि! शिक्षकले सहीलाई सही र गलतलाई गलत भन्नुपर्छ भन्ने सिकाएन भने समाज कस्तो होला ? अन्यायको विरोध गर्न शिक्षकले सिकाइदिएन भने समाज कस्तो होला ?

राजनीति भनेको दलको झण्डा बोक्नु मात्र होइन। असलको समर्थन र गलत प्रवृत्तिको विरोध गर्नु पनि राजनीति नै हो। समाजलाई अँध्यारोबाट उज्यालोतर्फ डोर्‍याउनु, सभ्य बन्न सिकाउनु अनि समाजमा मिलेर बस्न सिकाउनु पनि राजनीति नै हो। राजनीति त मानिसको नशा–नशामा हुन्छ।

समाजको जिम्मेवार नागरिकलाई राजनीतिबाट पर राख्नु भनेको त शरीर र प्राणलाई छुट्याउनु सरह हो। समाजलाई अन्धकारतिर धकेल्नु हो। कसैले चाहँदैमा यो पूरा हुन पनि सक्दैन।

हिजो नजानेर शिक्षक हुने चाहना राखियो। अहिले शिक्षकहरूका यी सबै भूमिका सम्झेर बुझेरै शिक्षक हुन आइएको छ फेरि। सपना त ठिकै पो देखिएको रहेछ भन्ने लाग्छ अहिले। जीवनमा ठूला सपना नदेख्न र देखेको सपना पूरा गर्न एकचित्त भएर लाग्न सिकाउने गुरुहरूप्रति सधैं नतमस्तक छु।

घुम्दै फिर्दै रुम्जाटार भने जस्तै एउटा शिक्षक बन्ने हुटहुटीले कलेज छिरेको किशोर प्रा.वि., मा.वि. र महाविद्यालयको शिक्षक अनि निजामतीको सहसचिव हुँदै फेरि चक–डस्टरमै रमाउन आएको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM