२०८२ माघ २६ गते, सोमबार ११:२८

महिला श्रमको निःशर्त सम्मान

श्रमको मूल्यांकन नहुने अनौपचारिक तथा घरेलु श्रमिकका रुपमा काम गरिरहेका आम श्रमिक महिलामा समर्पित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सदाझैं यस वर्ष पनि मनाइँदैछ ।

शाताब्दीऔंदेखि मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ११५औं सिलसिला ८ मार्चका दिन ‘टु अल विमेन एन्ड गर्ल्स : राइट, इक्वालिटी एन्ड इम्प्लोइमेन्ट’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘सबै महिला तथा बालवालिको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँदैछ ।

इतिहासलाई नियाल्दा विश्वमा भएका श्रमिक महिलाहरूको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्तिको लागि गरिएका महत्वपूर्ण आन्दोलनको सम्झना र सम्मानको रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको थालनी भएको हो ।

सन् १९११ देखि यस दिनलाई विश्वका विभिन्न देशमा महिला अधिकारको आन्दोलनको प्रतीकका रूपमा मनाउन थालियो । यस दिवसको ऐतिहासिकता नै श्रमिक महिलामाथि भएको असमानता, अन्याय र विभेद हो । तसर्थ नेपालमा श्रमिक महिलाको अवस्था कस्तो छ भन्नेबारे यहाँ चर्चा गर्ने प्रयास गरेको छु ।

नेपालको राष्ट्रिय जनगणना, २०७८ का अनुसार काम गर्ने उमेर समूहको जनसंख्या (१५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्या) कूल जनसंख्याको ७१.१ प्रतिशत रहेको छ । काम गर्न सक्ने उमेरको जनसंख्या महिला ५५.६ प्रतिशत र पुरुष ४४.४ प्रतिशत रहेको छ । यसरी हेर्दा काम गर्न सक्ने जनसंख्या पुरुषभन्दा महिला धैरै रहेको छ ।

नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४ का अनुसार नेपालको कूल श्रमशक्ति सहभागिता दर ३८.५ प्रतिशत रहेको छ । त्यसमा पनि पुरुषको दर ६२ प्रतिशत छ भने महिलाको दर ३८ प्रतिशत मात्र रहेको छ । श्रमशक्तिभन्दा बाहिर कूल ६१.५ प्रतिशत जनसंख्या रहेकोमा पुरुष ३३.३ प्रतिशत र महिला ६६.७ प्रतिशत रहेको छ । नेपालको श्रमशक्ति सहभागिता दर न्यून त छँदैछ, लैंङ्गिक रुपमा ठूलो अन्तर पनि छ । यसका साथै करिब दुई तिहाइ महिलाहरू श्रमशक्तिमा संलग्न छैनन् जबकि, एक तिहाइ पुरुषहरु श्रमशक्तिभन्दा बाहिर छन् ।

नेपालमा हाल रोजगारमा संलग्नमध्ये ६३.७ प्रतिशत पुरुष छन् भने ३६.३ प्रतिशत मात्र महिला छन् । तर काम गर्न सक्ने उमेरका महिलामध्ये २२.९ प्रतिशत मात्र रोजगारीमा छन् । स्वरोजगारमा संलग्नता भने महिला र पुरुष अनुपात खासै फरक छैन । स्वरोगार हुनेमा पुरुष ५०.६ प्रतिशत र महिला ४९.४ प्रतिशत रहेका छन् । रोजगारदातामा भने महिलाको अनुपात एक चौथाइ मात्र देखिन्छ । तर घरायसी काममा संलग्नता भने ५९.६ प्रतिशत महिला र ४०.४ प्रतिशत मात्र पुरुषको सहभागिता रहेको छ ।

समानता र सामाजिक न्यायसहितको समाज तब मात्र सम्भव छ, जब महिला श्रमको निःशर्त सम्मान हुने वातावरण बन्छ

नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४ का अनुसार कूल रोजगारीमा औपचारिक क्षेत्रमा १५.४ प्रतिशत मात्र रहेका छन् भने बाँकी ८४.६ प्रतिशत अनौपचारिक क्षेत्रमा रहेका छन् । अनौपचारिक क्षेत्रमा घरेलु श्रम, कृषि मजदुर, निर्माण क्षेत्र, मनोरञ्जन क्षेत्र रहेको पाइन्छ । जसले अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । रोजगारमा संलग्न महिलामध्येमा दुई तिहाइ अनौपचारिक क्षेत्रमा कार्यरत छन् ।

अनौपचारिक क्षेत्रको रोजगारमा न्यून पारिश्रमिक, रोजगारीको अस्थिरता र सामाजिक सुरक्षामा सीमित पहुँचले परिचित छ । यस क्षेत्रको चुनौती भनेको महिलाहरूलाई शोषण र आर्थिक अस्थिरताको जोखिममा पर्नु हो । अनौपचारिक क्षेत्रमा रहेका महिलाहरूले ज्याला, बिदा, सामाजिक सुरक्षा, लाभ तथा स्वास्थ्य बीमाजस्ता सुविधाबाट वञ्चित रही आर्थिक स्वतन्त्रतामा महत्त्वपूर्ण अवरोधको सामना गरिरहेका छन् ।

महिलाहरू अप्रत्यक्ष रूपमा घरायसी श्रममा अत्यधिक संलग्न छन्, जसले उनीहरूको आर्थिक स्वतन्त्रता र जीडीपी योगदानलाई सीमित पारिरहेको छ । उज्यालो नहुँदै उठेर घरको सरसफाइ गरेर खानेकुराको जोहो गरेर बालबच्चालाई स्कुल पठाउनेदेखि वस्तुभाउको हेरचाह गर्ने र खेतबारीमा मजदुरी गर्नेसम्मका महिलाले गर्ने तमाम कामहरूको कुनै ज्याला निर्धारित हुँदैन ।

महिलाहरूले गरेको कामको पारिश्रमिक पनि न्यून प्राप्त गर्छन् । नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४ का अनुसार रोजगारमा रहेका र तलब तथा ज्याला प्राप्त गर्नेहरूको औसत मासिक आम्दानी रु. १७,८०९ रहेकोमा पुरुषको औसत मासिक आम्दानी रु. १९,४६४ र महिलाको औसत मासिक आम्दानी रु. १३,६३० रहेको छ । यस अनुसार नेपाली महिलाले पुरुषको तुलनामा औसत मासिक रु. ५,८३४ (३० प्रतिशत) कम कमाउँछन् ।

समान कामको समान ज्याला सरकारी स्तरमा लागू गरिए पनि निजी र असंगठित क्षेत्रमा आज पनि ज्यालाको विभेद कायमै छ । बाल श्रममा पनि महिला नै अघि छन् । नेपालमा १५. ३ प्रतिशत बालबालिकाहरू (५ देखि १७ वर्ष) वाल श्रममा संलग्न रहेका छन् जसमा बालक १३.९ प्रतिशत र बालिका १६.८ प्रतिशत रहेका छन् ।

पछिल्लो समयमा श्रम बजारमा यौन श्रमलाई पनि समेटिनुपर्ने आवाज उठ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय यौन तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार सन् २०२४ सम्ममा नेपालमा ८६ हजार ८ सय ९ जना महिला यौन श्रमिक छन् । यति धेरै संख्यामा महिला यौन श्रमिक भए तापनि प्रचलित कानूनले सहमितमा हुने यौन कार्यलाई अपराध मानिएको छ । यौन श्रमसमेत एक प्रकारको श्रम नै भए तापनि यौन श्रमिकहरू कानुनतः व्यवस्था गरिएका हक/अधिकार र मानव अधिकारबाट वञ्चित हुन परेको छ ।

महिलालाई घरधन्दा तथा प्रजनन भूमिकामा सीमित राखिएको छ । विद्यमान श्रम ऐन र सामाजिक सुरक्षा ऐनले महिलाको श्रमलाई उनीहरुमाथि हुने हिंसासँग जोडेर सम्बोधन गर्न सकेको छैन । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको ठूलो संख्या महिलाको रहेको भए तापनि उक्त श्रमको योगदानलाई कदर गरेको अवस्था छैन । प्रत्यक्ष रूपमा आय नहुने काम महिलाको नै हो भन्ने मानसिकता व्याप्त रहेको छ हाम्रो समाजमा । जसलाई कम पारिश्रमिक दिँदा पनि हुन्छ, बढी मूल्य दिनुपर्दैन भन्ने मान्यता छ ।

जबसम्म महिलाको श्रमको पहिचान, मान्यता एवं रोजाइको काम गर्न पाउने अधिकार सुनिश्चित हुँदैन, तबसम्म महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिँदैन । यसलाई परिवार र समाजमा अनौपचारिक श्रम क्षेत्र र महिला श्रमिकको योगदानबारे जनचेतनामूलक अभियान लगायतका कार्यक्रमहरू समुदायमा सञ्चालन गर्न जरुरी छ ।

समानता र सामाजिक न्यायसहितको समाज तब मात्र सम्भव छ, जब महिलाको श्रमको निःशर्त सम्मान हुने वातावरण बन्छ । महिला श्रमिकको हक-अधिकारको पृष्ठभूमिबाट नै सुरु भई विश्वमा नै  इतिहास बोकेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ११५औं संस्करणको अवसरमा सम्पूर्ण श्रमिक महिलाहरूमा हार्दिक शुभकामना ।

(लेखक श्रेष्ठ जेन्डर मास्टर प्रशिक्षक हुन् )

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM