२०८३ जेष्ठ १७ गते, आईतवार ०५:३५

यामाहा नेपालले सार्वजनिक गर्‍यो बहुप्रतीक्षित ‘डब्लूआर १५५आर’ बाइक

२३ फागुन, काठमाडौं । यामाहा नेपालले अन–रोड र अफ–रोड एडभेन्चरका लागि डिजाइन गरिएको बहुप्रतीक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल ‘डब्लूआर १५५आर’ सार्वजनिक गरेको छ ।

धुलिखेलको डर्ट टेम्पलमा आयोजित कार्यक्रममा एडभेन्चर उत्साही र यामाहा ग्राहकलाई विशेष डर्ट ट्र्याक एक्सपिरियन्स दिलाउँदै बाइक सार्वजनिक गरिएको यामाहाले जनाएको छ ।

कार्यक्रममा यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले डब्लूआर १५५आर खरिद गरेको ग्राहकलाई एकमुष्ट साँचो हस्तान्तरण गरे ।

राइडरहरूको अनुभव अझ बढाउन यामाहाले सबै सहभागीलाई आवश्यक अफ–रोड सवारी प्रविधिसँग सुसज्जित गर्दै डर्ट राइडिङ तालिम पनि प्रदान गर्‍यो । तालिमपछि सवारहरूले ओपन डर्ट ट्र्याकमा यो बाइकको क्षमताको पूर्णअनुभव लिँदै रियल वर्ल्ड कन्डिसनमा आफ्नो सिप परीक्षण गर्ने अवसर समेत पाएका थिए।

यस्ता छन् यामाहा डब्लूआर १५५आरका विशेषता

डब्लूआर १५५आर यामाहाको डुअल पर्पोज सेगमेन्टमा नवीनतम अफर हो । जुन रोड पर्फर्मेन्समा सम्झौता नगरी अफ–रोड सवारीको रोमाञ्च खोज्नेका लागि भनेर डिजाइन गरिएको छ ।

यो बाइकमा शक्तिशाली १५५ सीसी लिक्विड कुल्ड, भीभीए इन्जिन जडान गरिएको छ । त्यस्तै हल्का तौल र टिकाउ फ्रेम, लङ ट्राभल सस्पेन्सन, टेलिस्कोपिक फ्रन्ट फोर्क र लिंक टाइप रियर सस्पेन्सन, २ सय ४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ठूलो २१ इन्च फ्रन्ट ह्विल, उत्कृष्ट ब्रेकिङ प्रणाली लगायत विशेषता छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM