२०८३ जेष्ठ २९ गते, शुक्रबार १३:११

अमेरिकाबाट फर्काइएकालाई आवश्यक सोधपुछपछि परिवारको जिम्मा




काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट भएका) नौ जनालाई आवश्यक सोधपुछ र जानकारी लिएर परिवारको जिम्मा लगाएको छ । 

ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मानव बेचबिखनमा परेर उनीहरू अमेरिका पुगेका हुन् या अन्य कारण छन् भन्ने विषयमा जानकारी लिएर परिवारको जिम्मामा पठाइएको जानकारी दिनुभयो । 

प्रहरीका अनुसार पीडितका रुपमा बेचिएर अमेरिका पुगेको भए त्यसरी पठाउने व्यक्तिमाथि बेचबिखनमा मुद्दा चलाउनुपर्ने भएकाले ब्युरोमा ल्याएर सोधपुछ गरिएको हो । 

आवश्यक पर्दा पुनः बोलाएर अनुसन्धान समेत गर्ने प्रहरीले जनाएको छ । आज अमेरिकाले चार्टर विमानमार्फत आठ जना र व्यावसायिक उडानमार्फत एक जना गरी नौ जनालाई नेपाल फर्काएको थियो । 

अमेरिकी अधिकारीहरुले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । त्यसपछि आजै अध्यागमन विभागले प्रहरीको मानव बेचबिखन ब्युरोमा पठाएको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

रामहरि श्रेष्ठ हत्या प्रकरण: सर्वोच्चद्वारा अघिल्लो फैसला उल्ट्याउँदै गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं। सर्वोच्च अदालतले डेढ दशकअघिको बहुचर्चित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ

रामहरि श्रेष्ठ हत्या प्रकरण: सर्वोच्चद्वारा अघिल्लो फैसला उल्ट्याउँदै गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं। सर्वोच्च अदालतले डेढ दशकअघिको बहुचर्चित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ

Live

Listen Live FM