२०८३ जेष्ठ २९ गते, शुक्रबार १३:१६

नेपाल कराते महासंघको साधारण सभा चैत ९ मा हुने

२१ फागुन, काठमाडौं । नेपाल कराते महासंघको वार्षिक साधारणसभा आउँदो चैतमा हुने भएको छ । बुधबार बसेको कार्यसमिति बैठकले साधारणसभा चैत ९ मा बाराको निजगढमा गर्ने निर्णय गरेको हो ।

साधारणसभा समारोह समिति सदस्यहरू मजेन्द्र सिंह, गजेन्द्र सावद र दिलीप राजभण्डारी रहनेगरी निर्णय गरिएको छ । त्यस्तै बैठकले महासंघको विधानलाई विश्व कराते महासंको निर्देशनअनुसार संशोधन गर्ने निर्णय गरेको छ ।

अन्य निर्णयहरूमा विश्व कराते महासंघ र एसियाली कराते महासंघको शुल्क सम्बद्ध संघसंस्थाहरूको सदस्यता शुल्कबाट तिर्ने, सदस्य सञ्जय कुमार राईको राजीनामा स्वीकृत गर्नेलगायत छन् ।

नेपाल शितोर्यु कराते संघबाट सदस्य मिलन प्रसाई निलम्बित भएकाले महासंघको सदस्यता स्वतः रिक्त भएको छ ।

त्यस्तै कोषाध्यक्ष किसोर भट्टराईलाई राष्ट्रिय टिम म्यानेजर तथा राष्ट्रिय कराते एकेडेमी प्रमुखका रूपमा नियुक्त गरिएको छ भने डा. शिवराज भट्टलाई सदस्यका रूपमा नियुक्त गरिएको छ ।

नेपाल कराते महासंघको प्राविधिक समितिको प्रमुखका रूपमा सेन्सी महेश कुमार श्रेष्ठलाई अनुमोदन गरिएको छ भने रेफ्री आयोगका लागि कार्यादेश नेपाल कराते महासंघद्वारा स्वीकृत गरिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

रामहरि श्रेष्ठ हत्या प्रकरण: सर्वोच्चद्वारा अघिल्लो फैसला उल्ट्याउँदै गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं। सर्वोच्च अदालतले डेढ दशकअघिको बहुचर्चित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ

रामहरि श्रेष्ठ हत्या प्रकरण: सर्वोच्चद्वारा अघिल्लो फैसला उल्ट्याउँदै गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं। सर्वोच्च अदालतले डेढ दशकअघिको बहुचर्चित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ

Live

Listen Live FM