२०८२ असार २८ गते, शनिबार २१:०६

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिति सर्वसम्मत चयन 

कञ्चनपुर । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले नरेन्द्रसिंह कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष (खुल्ला) मीन ठकुरी, उपाध्यक्ष (महिला) कल्पना बोहरा, महासचिव भानुभक्त आचार्य, कोषाध्यक्ष लक्ष्मणदत्त पन्त चयन हुनुभएको छ । सचिवहरूमा लोकेन्द्रबहादुर ओझा, अमरराज भट्टराई, दीपकराज जोशी, खेम ढुङ्गाना तथा समावेशी सचिवमा मदन विक र गीता चौधरी चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा विरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह विष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित बि.क., उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार, भरत साउद (आलोक), बहादुर साउद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड, धन बहादुर वि.क., वेदप्रकाश ओली चयन हुनुभएको छ । निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिले पद तथा गोपनीयताको सपथ गराई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत शिवराज भट्टले जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM