२०८३ बैशाख ३१ गते, बिहीबार ०१:१५

केपी ओली कपको दोस्रो सेमिफाइनलमा केपी एफसी र मच्छिन्द्र खेल्दै

१६ फागुन, काठमाडौं । काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपअन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेल हुँदैछ।

फाइनल प्रवेशका लागि केपी ओली एफसी र मच्छिन्द्र एफसी बीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे देखि सुरु हुने छ ।

यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसी लाइ २-१ ले हराउदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरिसकेको छ ।

फाइनल खेल फागुन १९ गते सोमबार हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

फाइनल खेलअघि कुमा सागर एण्ड ख्वपा , पुर्ण राइ एण्ड दाजुभाइको प्रस्तुति रहने छ भने सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका गोलकिपर जियानलुजी बुफोन पनि फाइनल हेर्न नेपाल आउँदै छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM