२०८३ असार २ गते, मंगलवार २२:४८

बालेनलक्षित एमाले महासचिवको काउन्टर प्रतिक्रिया : ‘काठमाडौंमा किन कार्यकारी जान चाहँदैनन् ?’

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन्तुष्टि जनाएको केहीबेरमै एमाले महासचिव शंकर पोखरेलले काउन्टर प्रतिक्रिया जनाएका छन् ।

बालेनको नेतृत्वमा रहेको काठमाडौं महानगरपालिकामा किन कार्यकारी अधिकृत जान चाहँदैनन् भन्ने कुरामा उनको ध्यान नगएको भन्दै पोखरेलले प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बालेनले आज सामाजिक सञ्जालमा लेखेका थिए, ‘प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिंडेको मान्छे !’

बालेनले सरकारप्रति तिखो आक्रोश र असन्तुष्टि पोखेको जनाउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौं महानगरका मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ । तर, किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन ।’

साथसाथै, महासचिव पोखरेलले सरकारले विशेष व्यवस्था गरेर भए पनि अविलम्ब कार्यकारी अधिकृत पठाउनुपर्ने बताएका छन् ।

‘कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भए पनि अविलम्ब कार्यकारी अधिकृत पठाउनुपर्दछ । कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ,’ उनले अगाडि लेखेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM