२०८२ माघ ७ गते, बुधबार १३:०७

सीमान्तकृत खुना समुदायको अस्तित्व सङ्कटमा




बाँके। बाँके जिल्लाको राप्तिसोनारी गाउँपालिका अन्तर्गत पर्ने भम्का गाउँमा करिब २०० घरधुरी खुना समुदायको बसोबास छ। परम्परागत रूपमा बालुवा चालेर सुन निकाल्ने र माछा मार्ने पेसामा आश्रित यो समुदाय पुस्तौँदेखि यहाँ रहँदै आए पनि उनीहरूले आफ्नै भोग चलनमा रहेको जमिनको कानुनी स्वामित्व पाउन सकेका छैनन्।

स्थानीय अगुवा नेत्रप्रसाद खुना भन्नुहुन्छ खुना समुदायले वर्षौंदेखि खेतीपाती तथा नदीजन्य व्यवसाय गर्दै आए पनि उनीहरूको नाममा लालपुर्जा नहुँदा सरकारी सुविधा तथा हक प्राप्त गर्न सकिएको छैन। ‘हामी पुस्तौँदेखि यहीँ बस्दै आएका छौँ, खेती गर्दै आएका छौँ। तर, लालपुर्जाविहीन भएका कारण सरकारी निकायबाट कुनै सेवा सुविधा पाउन सकिरहेका छैनौँ ।’

भम्का गाउँ र कुसुम बजारबिच राप्ती नदी पर्ने भएकाले यातायातको असुविधा खुना समुदायका लागि अर्को ठूलो चुनौती बनेको छ। अहिले उनीहरू झोलुङ्गे पुल प्रयोग गरेर ओहोरदोहोर गर्छन्। 

नेपालको नयाँ संविधानले अधिकतम सीमान्तकृत र अल्पसङ्ख्यक समुदायहरूलाई सूचीकृत गरी उनीहरूका लागि विशेष सेवा र सुविधा उपलब्ध गराएको छ। तर, खुना समुदाय सूचीकृत अल्पसङ्ख्यक समुदायको सूचीमा नपरेका कारण सरकारी राहत तथा अन्य सुविधाबाट वञ्चित छन्।

खुना समुदायको मुख्य जीविकोपार्जन नदीसँगै जोडिएको छ। बर्खायाममा राप्ती नदीमा आउने बाढीपछि बालुवा चालेर सुन निकाल्ने र माछा मार्ने परम्परागत पेसामा उनीहरू निर्भर छन्। तर, बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि यो पेसा सङ्कटमा परेको छ।

जग्गाको कानुनी स्वामित्व नहुनु, यातायातको अभाव, सरकारी सेवामा पहुँच नहुनु र परम्परागत पेसा सङ्कटमा पर्नु जस्ता कारणले खुना समुदाय झन् सीमान्तकृत बन्दै गएको छ। उनीहरूको पहिचान, आर्थिक अवस्था र जीविकोपार्जनको माध्यम जोगाउन सरकारको ध्यान आवश्यक देखिन्छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM