२०८३ असार २ गते, मंगलवार २२:४८

आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा रविन्द्रलाई स्वर्ण

१६ फागुन, काठमाडौं । नेपाल आर्मीका रविन्द्र थिङले २४औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा प्रथम यु–१५ राष्ट्रिय विद्यालय तेक्वान्दो प्रतियोगिताको सिनियर पुरुष प्याटर्नको ग्रिन बेल्टमा शुक्रबार पहिलो भएका छन् ।

कर्णाली प्रदेशका निशान रोका दोश्रो तथा एपीएफका सुजन तामाङ र गण्डकी प्रदेशका ओम गुरुङ तेश्रो भए ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटिएफ) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको सिनियर पुरुष ब्लु बेल्टमा आर्मीका खेमबहादुर थापा पहिलो, एपीएफका सन्जेश कुँवर दोस्रो तथा कर्णालीका कौशल पाण्डे र लुम्बिनी प्रदेशका विजय बुढा तेस्रो भए ।

रेड बेल्टमा एपीएफका सुमन राना मगरले स्वर्ण, आर्मीका विनोद रानाभाटले रजत तथा गण्डकीका प्रतिक राई र लुम्बिनीका रियान श्रेष्ठले कांस्य जिते ।

पहिलो डान ब्ल्याक बेल्टमा आर्मीका भीमबहादुर तामाङ पहिलो, एपीएफका योगेन्द्र धिमाल दोस्रो तथा बागमती प्रदेशका सौरव विक र कर्णालीका विराज सुवाल तेस्रो स्थानमा रहे ।

दोस्रो डान ब्ल्याक बेल्टमा आर्मीका पूर्णबहादुर मगर प्रथम, गण्डकीका मनीष रेस्मी द्वितीय तथा लुम्बिनीका विश्व सूर्यवंशी र बागमतीका निपु शर्मा तृतीय भए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM