२०८२ माघ ४ गते, आईतवार १९:२०

काठमाडौं प्रशासकीय अधिकृतविहीन, १७ सहसचिव गृहमा थपिए

१६ फागुन, काठमाडौं । सरकारले एकैचोटि ७८ सहसचिवको सरुवा गरेको छ । तर, यति धेरै संख्यामा सहसचिवको सरुवा गर्दा पनि काठमाडौं महानगरले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउन सकेन ।

१२ फागुनमा बसेको मन्त्रिपरिषद्ले सरुवा गरेको सहसचिवको सूची बिहीबार सार्वजनिक भएको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कारबाही गरेपछि करिब २ महिनादेखि काठमाडौंले नयाँ प्रशासनिक प्रमुख पाउन सकेको छैन ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटनपटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि पनि विभागीय मन्त्री राजकुमार गुप्ताले एकहप्ताभित्र काठमाडौंमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका थिए ।

‘महानगर मेरो पनि हो, संघीय मामिला मन्त्रालयको त्यो एउटा कार्यालय हो । मेयर सा’ब को हुनुहुन्छ, त्यो पछिको कुरा हो’, सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुप्ताले भनेका थिए, ‘काठमाडौं महानगर मेरो पनि कार्यालय हो । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने काम मेरो हो ।’

तर, मन्त्रिपरिषद्को निर्णय भएर आउँदा भनेर काठमाडौं महानगरपालिकाको नाम छुटेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सहसचिव सरोज गुरागाईं बिदामा राखेपछि करिब २ महिनादेखि महागनर प्रमुख प्रशासकीय अधिकृतविहीन छ । भदौ २७ गते काठमाडौंको प्रमुख प्रशासकीय अधिकृत बनेका उनी पुस पहिलो साता कारबाहीमा परेपछि महानगरको प्रशासनिक संयन्त्र नेतृत्वविहीन छ ।

काठमाडौं भ्युटावर नक्सा पासमा अनियमितता देखिएको भन्दै गुरागाईंलाई छानबिनका लागि बिदा दिएर महानगरका वरिष्ठ अधिकारी गोविन्दप्रसाद शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो । तर, उनले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुग्यो ।

‘काठमाडौंमा कोही पनि कर्मचारी जानै तयार छैनन्। त्यहाँ मेयर सा’बसँग जुन परिस्थिति बनिरहेको छ । त्यसले जान नखोजेको देखिन्छ । तर, कर्मचारीले जान्नँ भनेर पाउँदैनन्, जानैपर्छ । हामी पठाउँछौं ।’

शर्माले पनि राजीनामा दिएपछि महानगर मेयरले २४ पुसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत पठाउन पत्र लेखेका थिए ।

मन्त्रालयले ७८ जना सहसचिव कर्मचारी सरुवा गर्दा जितपुर उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, हेटौंडा उपमहानरपालिका र जनकपुर महानगरपालिकाको प्रमुख अधिकृत फेरिएका छन् ।

संघीय राजधानी र जनसांख्यिक रुपमै सबैभन्दा ठूलो महानगरपालिकाले नै प्रमुख प्रशासकीय अधिकृत नपाउँदा मन्त्रालयले दर्जन बढी सहसचिवलाई ‘बरण्डा’मा राखेको छ ।

काठमाडौं महानगरपालिकामा मेयर बालेन शाह आइसकेयता ४ जना प्रमुख प्रशासकीय अधिकृतले काम गरिसकेका छन् । मेयर शाहको यो साढे २ वर्षको कार्यकालमा सुरुमा लोकनाथ पौडेल प्रमुख प्रशासकीय अधिकृत थिए ।

त्यसपछि वसन्त अधिकारी, प्रदीप परियार र सरोज गुरागाईंले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेका छन् । गुरागाईंसँग पनि ‘नोंकझोंक’ भएपछि अहिले उनी पाँचौं प्रमुख प्रशासकीय अधिकृतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गुहारिरहेका छन् ।

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार १२ फागुनको मन्त्रिपरिषद्‌मा काठमाडौंको नयाँ प्रमुख प्रशासकीय अधिकृतको नाम पनि लगिएको थियो । त्यसमा सैद्धान्तिक सहमति पनि जुटिसकेको थियो । तर सहसचिवहरू त्यहाँ जान रुचि देखाएनन् ।

यो तथ्य मन्त्री गुप्ता स्वयं स्वीकार्छन् । ‘काठमाडौंमा कोही पनि कर्मचारी जानै तयार छैनन्। त्यहाँ मेयर सा’बसँग जुन परिस्थिति बनिरहेको छ । त्यसले जान नखोजेको देखिन्छ’, मन्त्री गुप्ताले अनलाइनखबरसँग भने, ‘तर, कर्मचारीले जान्नँ भनेर पाउँदैनन्, जानैपर्छ । हामी पठाउँछौं ।’

मन्त्री गुप्ताले २१ गते पुन: बैठक बस्ने र त्यसबेला काठमाडौंले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउने बताए । ‘पहिलो चरणमा भएन । दोस्रो चरणमा हामी २१ गते नै फाइनल गर्छौं । त्यसपछि काठमाडौंले प्रमुख प्रशासकीय अधिकृत पाइहाल्छ’, उनले भने ।

गृहमा सहसचिव थुप्रिँदा रौतहट, ओखलढुंगा, खोटाङलगायतका कतिपय जिल्ला प्रशासन कार्यालय नै सीडीओविहीन छ । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने सहसचिवलाई बरण्डामा राखेर हाजिर गराइरहेको छ । बरण्डामा रहेका कर्मचारीले नियमित हाजिर गरे पनि कुनै भूमिका वा जिम्मेवारी भने हुँदैन । कार्यकक्षसमेत नहुने भएकाले उनीहरुलाई ‘बरण्डा कर्मचारी’ भन्ने चलन छ । उनीहरुले नियमित कामबिनै तलब पाउँछन् ।

सामान्य प्रशासन मन्त्रालयले निकालेको सूचीअनुसार १७ जना सहसचिव गृहमन्त्रालय सरुवा भएका छन् । मन्त्रालयमा यसअघि ५ जना सहसचिव जिम्मेवारविहीन रहेकै अवस्थामा फेरि १७ जना थपिएका हुन् ।

गृह मन्त्रालयबाट भने २ जना सहसचिवमात्रै सरुवा भएर गएका छन् । सूचीअनुसार मन्त्रालयमा रहेका रामबन्धु सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् भने जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएका छन् ।

कतिपय कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पनि तानिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा प्रदेश सचिव पदमा कार्यरत भूपेन्द्र थापालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ । उनलाई राष्ट्रिय सुरक्षा परिषद्मा काजमा खटाइएको मन्त्रालयले जनाएको छ ।

लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिरिषद् कार्यालयमै कार्यरत अणप्रसाद न्यौपानेलाई पनि मन्त्रालयमै तानिएको छ । उनलाई चिकित्सा शिक्षा आयोगमा काजमा पठाइएको मन्त्रालयले जारी गरेको सूचीमा उल्लेख छ ।

त्यस्तै, निर्वाचन आयोग काठमाडौंमा कार्यरत सहसचिव नारायणप्रसाद सापकोटालाई पनि अतिरिक्त समूहमै तानिएको छ । उनलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा काजमा खटाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंको महानिर्देशक राजन पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै अतिरिक्त समूहमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेकी मनिता श्रेष्ठलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा काजमा खटाइएको छ । ‘सीडीओ भएको नभएको, गएको नगएको हाम्रो जिम्मा हैन । हामीले उहाँहरूलाई कर्मचारी उपलब्ध गराउने हो । जिम्मेवारी पनि गृहमन्त्रालय नै बाँडफाँड गर्छ’, स‌ंघीय तथा सामान्य प्रशासनमन्त्री गुप्ताले भने।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM