२०८२ माघ ९ गते, शुक्रबार १०:४३

नयाँपन र सिर्जनाले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ : काये

१६ फागुन, काठमाडौं । पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा नयाँपन र सिर्जनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा यस क्षेत्रका जानकारले राखेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गरेको ‘चेन्जिङ ट्रेन्ड्स : रिथिंकिङ नेपाल्स टुरिज्म’ विषयक कार्यक्रमका वक्ताले पर्यटन क्षेत्रमा सिर्जनात्मकता र नयाँपन जोड्न सके यो क्षेत्र फस्टाउने धारणा राखेका हुन् ।

कार्यक्रममा हङकङ पोलिटेक्निकल विश्वविद्यालयका प्राध्यापक काये चोन प्रमुख वक्ता थिए । उनले विश्वमा पर्यटन शैली बढ्न थालेको सन् १९५० देखि आगामी सन् २०३० सम्मको अवस्थामा केन्द्रित भएर आफ्नो प्रस्तुति चित्रण गरे ।

विश्व पर्यटनको रूपान्तरण केन्द्र युरोपबाट भएको स्मरण गर्दै उनले संसारभरि पर्यटन शैलीको सुरुवात अन्तरदेशीय ट्राभलबाट हुन थालेको उल्लेख गरे ।

पर्यटन विकासको सुरुवात विश्वमा एसिया प्यासिफिकको पर्यटन शैलीमा भएको तीव्र विकास भएको तथ्यांकले देखाएको उनको प्रस्तुतीकरणले उल्लेख गरेको छ ।

पर्यटनको महत्वपूर्ण अंग मानिने होटलको विकासमा एसिया प्यासिफकको हिस्सा सबैभन्दा बढी देखिएको छ । यो क्षेत्रमा ४८ प्रतिशत होटल निर्माण भएको देखिन्छ ।

पर्यटकीय सेवाका लागि स्थापना भएका यस्ता होटलको विकासमा अमेरिका एक्लैले विश्वको १६ प्रतिशत हिस्सा ओगटेको पनि कायेले प्रस्तुत गरेको प्रस्तुतीकरणको तथ्यांकमा उल्लेख छ ।

पर्यटन विकासमा एसिया क्षेत्रले महत्वपूर्ण योगदान गरेको पनि उनको भनाइ छ । विश्व पर्यटन विकासमा होटलसँगै उत्कृष्ट विमानस्थलमध्येका अधिकांश एसियामै रहेको छन् । पर्यटनमा एसिया क्षेत्रको उत्कृष्ट योगदान रहेको तथ्य उल्लेख गर्दै उनले एसियाको हस्पिटालिटी विश्वकै ‘बेस्ट एन्ड युनिक’ भएको पनि तर्क गरे ।

पर्यटन विकासको क्रममा ‘एसियननेस’ पर्यटनको विकास विश्वमै फरक देखिएको उल्लेख गर्दै उनले नयाँ सिर्जना गर्न सकिएको अवस्थामा पर्यटन क्षेत्रलाई थप आकर्षक बनाउन सकिने बताए ।

अहिलेसम्म निलो समुद्र नै धेरै चल्ने पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि परिचित छ । यसलाई नयाँपन र सिर्जना दिन सकिए मात्रै पर्यटकीय गन्तव्यले विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने चोनले उल्लेख गरे ।

उनले २०२४ को एक सर्वेक्षणले १ सय जनामध्ये ५९ प्रतिशतले काम छाड्ने र ४१ प्रतिशत जनशक्ति मात्रै होटल तथा आतिथ्य क्षेत्रमा क्रियाशील हुने गरेको तथ्य प्रस्तुत गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा चोनको अनुभव उल्लेख्य भएको बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM