२०८३ असार ३ गते, बुधबार ०१:१९

निराशा चिर्न सरकारले परिणाममुखी काम गर्न सक्नुपर्छ : महामन्त्री थापा




पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न सक्नुपर्ने बताउनुभएको छ ।

‘समाजमा देखिएको निराशाको कारण के ?’ ‘समाजमा आशालाग्दा विषय नभएका हुन् ?’ जस्ता विषय पोखरामा भइरहेको १२ औँ एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल अन्तरगत अन्तरसंवाद कार्यक्रममा महामन्त्री थापाले सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको बताउनुभयो ।

स्पिडमा काम गर्नुपर्नेमा तर आफूहरूले चाहे अनुसारको सरकारले काम अघि बढाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

निराशाकै बिचमा आशा रहेको टिच फर नेपाल फेलोसिपकी सह संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उल्लेख गर्नुभयो ।

राजनीति शास्त्रमा विद्यावारिधि गर्नु भएको सोसल साइन्स बहाःका सह–निर्देशक जीवन बानियाँले नेपालमा मात्र निराशा रहेको देश नभएको बताउँदै रोजगारी प्रमुख समस्या रहेको दाबी गर्नुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM