२०८२ माघ ५ गते, सोमबार १७:३३

किन अचानक चर्चामा आए महेश त्रिपाठी ?

फिल्म ‘लाज शरणम्’को कर्णालीको पात्रमा महेश त्रिपाठी (बायाँ) र फिल्म ‘फेरि रेशम फिलिली’को पुरुष समलिंगी चरित्रमा ।


काठमाडौं । अहिले फिल्म वृत्तमा कसैको चर्चा भैरहेको छ भने उनी महेश त्रिपाठी नै हुन् । अहिले हलमा चलिरहेका ‘फेरि रेशम फिलिली’ र ‘लाज शरणम्’सँग त्रिपाठीका सानदार किस्सा छन् ।

अहिले धेरै प्रशंसा त्रिपाठीको भैरहेको छ । यी दुवै फिल्मको प्राण भर्ने काम उनले गरेका छन् । ‘फेरि रेशम फिलिली’मा उनी पुष्पा नामक पुरुष समलिंगीको भूमिकामा छन् भने ‘लाज शरणम्’मा सन्देश नामक कर्णालीको विपन्न युवकको भूमिका निर्वाह गरेका छन् ।

यी दुई फिल्मको पर्दामा सानदार र जीवन्त चरित्र निर्वाह गरेर महेशले दर्शकको मन जितेका छन् । ३ वर्षको छोटो अभिनय करिअरमै उनले जस्ता चरित्र बाँचे, यसले समाजलाई फिल्मसँग जोड्न मात्र हैन, अभिनेतालाई पात्रप्रति इमान्दार बन्न प्रेरित पनि गरेको छ ।

डेब्यु फिल्म ‘चपली हाइट ३’, ‘प्रसाद २’, ‘हल्कारा’, ‘खजुरे ब्रो’मा महेशले निर्वाह गरेका चरित्रले उनलाई विविधता बाँच्ने अभिनेताको रुपमा स्थापित गरेको छ । छोटो समयमै कालजयी र जीवन्त चरित्र निर्वाह गर्ने लोभलाग्दो सफलता उनले प्रस्तुत गरेका छन् ।

‘फेरि रेशम फिलिली’का समलिंगी पुरुष

महेशले एकै समयमा यी दुई फिल्म छायांकन गरे । १५ दिनसम्म दिनरात मिलाएर काठमाडौं र गैंडाकोट ओहोरदोहोर गरे । राती काठमाडौंमा आएर ‘लाज शरणम्’ छायांकन गर्थे र दिउँसो गैंडाकोट पुगेर ‘फेरि रेशम फिलिली’को पुष्पा बन्थे । एक समय दुई चरित्र बाँच्ने महेशको यो अब्बलता धेरैका लागि अनुकरणीय पक्ष हो ।

बेलुकी ५ बजेसम्म ‘फेरि रेशम फिलिली’ सुट गर्थे । राती ११ बजे काठमाडौं आएर बिहान ५ बजेसम्म ‘लाज शरणम्’को सन्देश बने । यो क्रम दुई सातासम्म चल्यो ।

‘फेरि रेशम फिलिली’ निर्देकश नीरज महर्जनले महेशको ‘हल्कारा’ हेरेर उनलाई अप्रोच गरेका रहेछन् । ‘उहाँलाई हल्कारा एकदमै मनपरेको । हेरिरहँदा मसँग काम गर्ने उहाँको इच्छा पहिलादेखि भैराखेको रहेछ’ फिल्मको प्रस्तावबारे महेश सुनिए, ‘मलाई जुन पात्र प्रस्ताव गरिएको थियो त्यो जटिल र निर्दोषपूर्ण छ । हल्का र मजाकको पात्र बनाउनुपनि थिएन । अल्पसंख्यकको चरित्रलाई न्यायपूर्ण ढंगले चित्रण गर्न सकिएन भने ब्याकफायर पनि हुनसक्छ । यो चरित्रमा उहाँले मलाई अप्रोच गर्नुभयो ।’

चरित्रमा आफूले गम्भिरतासँग क्षमता प्रस्तुत गर्न पाइने देखेर अभिनय गर्न आफू तयार भएको उनले सम्झिए । ‘यो चरित्र बायस भएको भए, मैले गर्ने थिइँन । फिल्मभित्र यसलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ’ भन्छन्, ‘यसलाई गम्भीरतासाथ प्रस्तुत गर्न पाइन्छ भन्ने हिसाबले नै मैले यसलाई गर्छु भनेँ ।’

‘लाज शरणम्’को लागि २० किलो तौल घटाएका थिए उनले । संयोगवश, एकैपटक छायांकन परेका दुबै फिल्मलाई फाइदा पुग्यो । फिलिलीको पुष्पा नामक ‘गे’ पात्रको लागि दुब्लो शरिर चाहिएको थियो, यो ज्यानमा उनी पर्फेक्ट देखिएका छन् ।

अभिनय पढ्ने बेलै समलिंगीको ब्यवहारबारे उनले अध्ययन गरेका रहेछन् । उक्त चरित्र निर्वाह गर्न उनलाई त्यतिबेलाको अध्ययनले फाइदा पुग्यो । ‘पात्रलाई कसरी सरल बनाउने, मनोविज्ञान कसरी बनाउन सकिन्छ भन्ने लागेर सजिलो भयो’ उनले भने ।

‘लाज शरणम्’मा कर्णालीको विपन्न युवक

यो फिल्मको चरित्रमा डुब्नका लागि महेशले ३ महिनाभन्दा धेरै समय डोल्पामा बिताए । त्यहाँको भाषा, रहनसहन र लवज सिके । फिल्ममा यसरी प्रस्तुत भएका छन् मानौं उनी त्यहाँका रैथाने हुन् । चरित्रको गहिराइमा पुगेर उनले आफूलाई जसरी कर्णालीको सन्देश नामक विपन्न र असहाय चरित्रमा डुबुल्की मारेका छन्, घरेलु फिल्मकोे लागि यो शक्तिशाली चरित्र हो ।

फिल्ममा उनले कुपोषणले थलिएको बच्चालाई बचाउन असहाय पिताले गरेको कारुणिक संघर्षको कथामा छन् । उनको चरित्र र संवेदनामार्फत दर्शकले कर्णालीसँग जोडिने मौका पाउँछन् । यो पात्रको लागि महेशले २० किलो तौल घटाए ।

‘१० किलोसम्म तौल घटाउन कठिन भएन, त्यसपछि वेट घटाउन गाह्रो भयो । २० किलो घटाएँ’ यो फिल्मका लागि आफू शारिरकरुपमा निकै तयार भएके बताउँदै उनले भने । फिल्मको केन्द्रीय चरित्रमा महेशले जसरी आफूलाई प्रस्तुत गरेका छन्, यसले ‘लाज शरणम्’को कथ्य र चरित्र चित्रणको प्राण धान्ने काम गरेको छ ।

‘आर्ट हाउस’ र ‘मेनस्ट्रिम’बीच सन्तुलन

महेश अब आर्टहाउस र कमर्सिल भनिने मूलधारका फिल्मबीच सन्तुलन मिलाएर काम गर्ने तयारीमा छन् । ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’जस्ता फिल्मले आफूलाई वृहत्तर दर्शकमाझ चिनिन मद्दत पुर्‍याएको उनको भनाइ छ ।

‘माहोल हेर्दा चर्चा भएको छ, दर्शक र मिडियाले खोज्नुभएको छ । सोसल मिडियामा चर्चा भएको पनि रहेछ । एउटा एक्टरलाई नामले चिनोस् भनेर पनि हुन्छ । काम गर्दै जाँदा व्यक्तिगत पहिचान बनोस् भन्ने लागिरहन्छ’ उनले भने ।

नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको फिल्म ‘हल्कारा’ गर्दा प्रशंसा मिलेपनि त्यो प्रशंसा सानो सर्कलमा मात्र सीमित हुने गरेको महेशको अनुभव छ । ‘अहिलेका फिल्मबाट मिलेको अप्रिसिएसन ठूलो स्केलमा भएको पाएको छु’ उनले भने ।

उनी ठ्याक्कै यस्तै चरित्रमा देखिनुपर्छ भन्ने ‘स्टेरियोटाइप’मा छैनन् । चरित्रलाई गम्भीररुपमा भन्न खोजिएका कथा भएमा अझ राम्रो हुने उनको बुझाइ छ । ‘मलाई खास पात्र यस्तै गर्नुपर्छ भन्नेछैन । सिरियस्ली काम गर्न पाऊँ भन्ने मात्र हो’ उनले भने । महेश यतिबेला फिल्म ‘परान’को छायांकनको लागि पूर्वी नेपालमा ब्यस्त छन् । महेश यतिबेला ब्यस्त र डिमान्डेड अभिनेता समेत बनेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM