२०८३ बैशाख ४ गते, शुक्रबार ०४:३९

लुम्बिनीमा अन्तर्राष्ट्रिय “बुद्ध ज्ञान साइकल यात्रा” काे शुभारम्भ

रुपन्देही । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका पुरातात्त्विक बुद्ध स्थलहरूको पर्यटन प्रर्बधनका लागी आयोजित “बुद्ध ज्ञान साइकल यात्रा“ शुभारम्भ भएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा , सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले भैरहवाको बुद्धचोक स्थित लुम्बिनी गेट बाट नेपालको झण्डा फहराएर साइकल यात्राको शुभारम्भ गराउनुभएको थियो ।

दुई दिने यात्रामा सबै भन्दा कम उमेरका बालक ८ वर्षीय किस्टोफर श्रेष्ठ , बालिकामा ११ वर्षीय आस्वानी खरेल सहभागी छन् । त्यसैगरी ज्येष्ठ नागरिकमा भारत उत्तराखण्डका जोडी ७६ वर्षका कमल जित दिमन र ७१ वर्षीय बिस्हु दिमन सहभागी छन् । यात्रामा बिश्व साइकल यात्री पुस्कर शाह सहित नेपाल , भारत र जर्मनका एक सय तिस साइकल यात्री सहभागी छन् । 

साइकल सिटी भैरहवाको आयोजनामा हरेक बर्ष हुने “बुद्ध ज्ञान साइकल यात्रा“ लुम्बिनीमा पुगेर समापन हुने आयोजक संस्थाका अध्यक्ष सूर्य कुमार सारु मगरले बताउनुभयो । “बुद्ध ज्ञान साइकल यात्रा“सहभागिता जनाउन नेपाल भारत लगायत विभिन्न स्थानहरू बाट एक सय तिस साइकल यात्रीहरू बिहीबार भैरहवा आइपुगेका थिए । उनीहरूलाई भैरहवामा खादा लगाएर स्वागत गरिएको थियो । 

लुम्बिनीको पर्यटन प्रवर्द्धन, स्वास्थ्य, पर्यावरण र व्यापार व्यवसाय वृद्धिका लागी गत बर्ष देखी साइकल सिटी भैरहवाले “बुद्ध ज्ञान साइकल यात्रा“ गर्न लागेको कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले बताउनुभयो । 

आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनी बाहेकका अन्य बुद्ध सँग जोडिएका स्थान सधैँ ओझेलमा परेको हुनाले ती क्षेत्रको प्रचार प्रसारका लागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एक सय तिस जना साईकिलिष्टहरुलाई सहभागिता गराएर साइकल यात्रा गराउन लागेको हो । 

हरेक वर्ष हुने “बुद्ध ज्ञान साइकल यात्रा“ ले गौतम बुद्धसँग सम्बन्धित क्षेत्रहरूको अझ बढी प्रचार प्रसार हुने र जसको कारण भगवान् गौतम बुद्ध बारे थप जानकारी ,ज्ञान प्राप्त र लुम्बिनी बाहेक बुद्ध सँग जोडिएका स्थानहरूको प्रचारप्रसारमा पनि सहयोग पुग्ने साइकल सिटी भैरहवाका सचिव थिरेन्द्र श्रेष्ठले बताउनुभयो । 

सहभागी साईकिलिष्टहरुले पहिलो दिन करिब ८५ किलोमिटर र दोस्रो दिन ९० किलोमिटर दुरी तय गरेर बुद्धसँग सम्बन्धित विभिन्न स्थानको अवलोकन भ्रमण र जानकारी प्राप्त गर्ने छन् । 

शुक्रवार भैरहवा बाट सुरु हुने साइकल यात्राको पहिलो दिन नवलपरासीको रामग्राम, हुँदै पुनः रुपन्देहीको देबदहको पण्डितपुर , बुद्ध मावली भवानीपुर , बौद्धकालीन पाकरी रुख हुँदै तिलोत्तमा नगरपालिकाको बनबाटिका , बुटवलको जितगडी किल्ला हुँदै साँझ भैरहवा आइपुग्ने छ । 

त्यसैगरी दोस्रो दिन भैरहवाको बसडिलवा स्थित शिव मन्दिर बाट सुरु भई शुद्धोदन गाउँपालिकामा रहेको बुद्धकालिन भुवनेश्वर मन्दिर , गैडहवा गाउँपालिकाको गैडहवा ताल , यशोधरा पार्क हुँदै कपिलवस्तुको  मानव निर्मित जगदिसपुर ताल, सग्रहवा, राजा शुद्धोदनको प्राचीन दरबार तिलौराकोट , कुछन्द बुद्धले ज्ञानप्राप्त गरेको स्थान गोटिहवा , कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा,भगवान् बुद्ध र उनको छोरा पहिलो पटक भेट भएको स्थान कुदान हुँदै भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आएर समापन गरिने कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM