२०८२ असार ३१ गते, मंगलवार १८:१६

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ग्याल्पो ल्योसारको शुभकामना व्यक्त




काठमाडौं । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ड्रागन वर्षलाई बिदा गरी सर्प वर्षको स्वागत गर्दै ग्याल्पो ल्योसारको पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्।

समाजिक सञ्जालमार्फत् शुभकामना सन्देश प्रकट गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्प वर्षले सबैलाई सुख, स्वास्थ्य, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ।

उहाँले सन्देशमा लेख्न्नुभएकाे छ, “यस सर्प वर्षले हामी सबैलाई सुख, स्वास्थ्य, शान्ति र समृद्धि प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ।”

पूर्वराष्ट्रपतिले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई ग्याल्पो ल्योसारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै समृद्ध र सुखमय जीवनको शुभकामना दिनुभएकाे छ।

सर्प वर्षको पर्व नेपालमा विशेष रूपमा हिमाली क्षेत्रका समुदायहरूले मनाउने परम्परा रहेको छ, र यस दिनलाई पारिवारिक एकता र सांस्कृतिक उत्सवको रूपमा मनाइन्छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM