२०८२ मंसिर २० गते, शनिबार १८:५०

कैलाली प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा

१२ फागुन, काठमाडौं । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो एसपीए कैलाली प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको हो ।

यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका, समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको त्रिवेणी नगरपालिका समूह विजेता बन्दै सेमिफाइनल पुगेका थिए ।

लम्कीचुहाले दिएको ९७ रनको झिनो लक्ष्य भिमदत्तले १६ ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनाएर पूरा गर्यो । उस्का लागि साजन बिटालुले अविजित ३१ रनको आक्रामक इनिङ खेले । मिलन बोहराले अविजित २६ रनको पारी खेले । लम्कीचुहाका लागि डम्मर माझीले २ विकेट लिए । त्यस्तै सुरेश भण्डारी र सागर बिसीले समान एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लम्कीचुहाले १९.२ ओभरमा अलआउट हुँदै मात्र ९६ रन बनायो । लम्कीचुहाका लागि रबिन भण्डारीले सर्वाधिक २७ तथा हेमन्त चलाउनेले २४ रनको योगदान दिए । भीमदत्तका लागि अरुण ऐरीले ४, समिर बिस्टले ३ तथा सन्तोष भट्ट र मिलन बोहराले समान एक एक विकेट लिए ।

भिमदत्तलाइ सेमिफाइनलमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेका अरुण ऐरी प्लेयर अफ दि म्याच चुनिए । ४ ओभर बलिङ गरेका ऐरीले २० रन खर्चिदै ४ विकेट लिए भने ३ क्याच समेत समाते ।

तेस्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको थियो । लिग कम नकआउटमा खेलाइएको यो प्रतियोगितामा हरेक समूहको विजेता टोलीले सेमिफाइनल खेल्ने प्रावधान थियो ।

दुवै सेमिफाइनल खेलहरू मंगलबार नै हुनेछन् । पहिलो सेमिफाइनल विहान ९ बजे समूह ए बाट विजेता बनेको कैलालीको गोदावरी नगरपालिका र समूह बी बाट विजेता बनेको कञ्चनपुरको पुनर्वास बी का बीचमा हुनेछ ।

त्यस्तै दोस्रो सेमिफाइनल दिउँसो २ बजे समूह सी को विजेता बाजुराको त्रिवेणी नगरपालिका र समूह डी को विजेता टोली भिमदत्तका बीच हुनेछ । फाइनल खेल फागुन १४ गते हुनेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM